करोडौं राशीको रियालिटि शो को लागि नेपालगञ्जमा अडिसन तयारी

१८ फागुन नेपालगञ्ज/ नेपालकै सर्बाधिक पुरुस्कार राषी भएको रियालिटि सो मेरो डान्स युनिभर्स र मेरो भ्वाईस युनिभर्स सिजन- २ को नेपालगञ्जमा हुने अडिसनको तैयारी अन्तिम चरणमा पुगेको आयोजक ब्यवस्थापन पक्षले जनाएको छ ।

यहि फाल्गुण २० र २१ गते नेपालगञ्जको कारकाँदो स्थित सगरमाथा ईङ्गिलस बोर्डिङ्ग स्कुल परिसरमा हुने अडिसनको तैयारी अन्तिम चरणमा पुगेको मेरो डान्स युनिभर्स र मेरो भ्वाईस युनिभर्स पश्चिम संयोजक तिलक गाउँलेले जानकारी दिनुभएको छ ।

नेपालका बिभिन्न ४ स्थानमा मात्र हुने अडिसन मध्य लुम्बिनी प्रदेश, सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका प्रतिभावान कलाकारहरुलाई मध्यनजर गर्दै नेपालगञ्जमा अडिशन राखीएको गाउँलेले जानकारी दिनुभयो ।

अडिसनका लागी युनिभर्सका क्रिउ मेम्मर र निर्णायकहरुको आगमन भैसकेको र अडिसन हुने स्थान सगरमाँथा ईङ्गिलीस बोर्डिङ्ग स्कुल कारकाँदोमा अडिसनका लागी आबस्यक निर्माणको काम शुरु भैरहेको सगरमाँथा ईङ्गिलीस बोर्डिङ्ग स्कुलका म्यानिजिङ्ग डाईरेक्टर कृष्ण बहादुर जिसीले जानकारी दिनुभयो ।
इन्ट्रा–नेशनल वेलफेयर अमेरिकाको आयोजनामा हुन गैरहेको अडिसनमा सुदुरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका १ हजार बढि कलाकारकारहरु अडिसनमा सहभागि हुने अडिसनका सह संयोजक दिपेन्द्र केसीले बताउनुभयो ।

नेपाल भित्र र संसारको जुनसुकै कुनामा बसेको भए पनि नेपाली कला, संस्कृतिप्रति आस्था र विश्वास भएका र यो क्षेत्रमा आफ्नो समुदायमा विश्वभरि नै परिचय बनाउन सक्छु भन्ने अभिलाषा राख्नु हुने सम्पूर्ण नेपालीभाषी समुदायका लागि यी दुई रियालिटी शो ले न्याय गर्ने केसीले बताउनुभयो ।

सन् २०२३ मा यी दुबै रियालिटी शो को पहिलो सिजन भइसकेको छ । मेरो भ्वाइस युनिभर्स सिजन २ को लागि बरिष्ठ गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायक शिव परियार र पुष्पन प्रधान, गायिका अञ्जु पन्त निर्णायक (जज) को भूमिकामा रहनेछन् ।

मेरो डान्स युनिभर्स सिजन २ को निर्णायकमा भने बरिष्ठ कलाकार मिथिला शर्मा, नायक दीलिप रायमाझी, चर्चित अभिनेतृ शिल्पा मास्के, चर्चित कोरियोग्राफरहरु शंकर विसी, कविराज गहतराज र किरण थापा हुनुहुन्छ ।

दोस्रो संस्करणका लागि युरोप महादेशमा बेलायत र पोर्चुगलमा, पूर्वी एशियाका लागि थाइल्याण्ड, हंगकंग र जापानमा, मध्यपूर्वका लागि दुबई र कतारमा अष्टेलियाका लागि सिड्नीमा, भारतको लागि सिलिगुरी र मुम्बईमा तथा नेपालका बिर्तामोड, नेपालगञ्ज, पोखरा र काठमाडौंमा अडिसनहरु आयोजना हुँदैछ ।

सहभागी हुन चाहने प्रतिष्पर्धीहरुले फाउण्डेसनको वेभसाइट धधध।ष्लतचबायगलमबतष्यलक।यचन बाट आवेदन दिन सक्ने छन् ।

अडिसनबाट भ्वाइसका लागि एकसय बीस र डान्सका लागि एकसय बीस गरी दुई सय चालीस प्रतिष्पर्धीहरु छनोट गरिने छ ।

दुवै शोका विजेताहरुलाई एक एक करोड नेपाली रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिने छ । दोस्रो हुनेलाई २५ लाख रुपैयाँ र तेस्रो हुनेलाई १० लाख पुरस्कार प्रदान गरिने छ ।

मेरो डान्स यूनिभर्स अन्तर्गत हरेक एपिसोडको शुरुमा प्रस्तुत गरिने समूह नृत्य ग्रुप डान्स) पनि प्रतियोगितात्मक हो ।

समूह नृत्यका विजेता टिमले २० लाख, उपविजेता टिमले १० लाख र तेस्रो हुनेले ५ लाख पुरस्कार पाउने छन् । ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को सिजन २ नेपाल टेलिभिजनबाट प्रत्येक शुक्रबार र शनिबार बेलुका ८ बजे प्रशारण हुनेछ । प्रशिक्षाथी पत्रकार टार्जन थापा