नेपालका दुई ठुला बामपन्थी राजनितिक दलहरु एमाले र माओबादी एकिकरणको अन्तीम चरणमा

१७, असोज,नेपालगञ्ज/

  • एमाले-माओबादी एकिकरणका आधारहरु……

    १ एमाले र माओवादी केन्द्रबीच कम्तीमा चुनावी गठबन्धन र बढीमा पार्टी एकता गरेर अघि बढ्ने, प्रतिनिधिसभा र प्रदेश सभामा वाम, प्रगतिशील र राष्ट्रवादी शक्तिबीच चुनावी गठबन्धन बनाउने ।

    २ गठबन्धन र एकतामा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलगायतका दल र शक्तिलाई पनि सामेल गराउने, हृदयेश त्रिपाठीलाई पनि समेट्ने ।

    ३ निर्वाचनमा नयाँ शक्ति र फोरमलगायतका शक्तिलाई दिइनेबाहेक बाँकी सिटमा एमालेले ६० र माओवादी केन्द्रले ४० प्रतिशत सिट लिने ।

    ४ पार्टी एकताका लागि सर्वपक्षीय प्रतिनिधित्व हुने गरी १० सदस्यीय एकता संयोजन समिति बनाउने । समितिमा एमालेका तर्फबाट पूर्वप्रधानमन्त्री केपी ओली, माधवकुमार नेपाल, झलनाथ खनालसहित नेता वामदेव गौतम, माओवादी केन्द्रका तर्फबाट पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ प्रकाश र रामबहादुर थापा बादल, नयाँ शक्तिबाट डा बाबुराम भट्टराई तथा संघीय समाजवादी फोरमबाट उपेन्द्र यादव र अशोक राईले प्रतिनिधित्व गर्ने ।

    ५ पार्टी एकता भएमा एमाले र माओवादी केन्द्रका अध्यक्षको हैसियत समान रहने, दुईमध्ये एकले सरकार र अर्कोले पार्टीको नेतृत्व गर्ने ।

    ६ निर्वाचन आयोगले सहमति दिए एउटै चिह्नबाट दुवै दलले प्रत्यक्ष र समानुपातिकतर्फ चुनाव लड्ने, आ–आफ्ना चुनाव चिह्नबाट उम्मेदवारी दिएको अवस्थामा पनि निर्वाचनपछि पार्टी एकता गर्ने ।

    ७ निर्वाचनअघि नै सरकार परिवर्तनको पहल गर्ने, राष्ट्रिय सहमतिको आधारमा सर्वदलीय चुनावी सरकार गठन गर्ने विषयलाई प्रस्तावको रूपमा अघि बढाउने ।

नेपालका प्रमुख दुई वामपन्थी दल एमाले र माओवादी केन्द्र एउटै कम्युनिस्ट पार्टी बनाउन दुवै पार्टीका अध्यक्ष सहितका शीर्ष नेतृत्व तहले दुई पार्टीबीच औपचारिक रूपमै एउटै कम्युनिस्ट पार्टी बनाउने विषयमा प्ररारभिम्क सहमती गरेका छन ।

तीन दिन लगातार दुबै पार्टीका शीर्ष नेताहर बीच भएको छलफल पछी पार्टी एकिकरणको नजिक पुगेका हुन । आइतबार बसेको एमाले स्थायी समिति र माओवादी केन्द्रको सोमबार बसेको सचिवालय बैठकले, पार्टी एकिकरणक लागी  उच्च स्तयि संयन्त्र निर्माण गरि पार्टी एकताकै लागि निर्णय लिन दुवै पार्टीले एकता संयोजन समिति समेत गठन गरिएको छ । समितिमा  एमाले  : अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतम र माओवादी केन्द्र : अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरू नारायण काजी श्रेष्ठ र रामबहादुर थापा,नयाँ शक्तिबाट डा बाबुराम भट्टराई तथा संघीय समाजवादी फोरमबाट उपेन्द्र यादव र अशोक राईले प्रतिनिधित्व रहेका छन् ।

‘दुवै पार्टी नेतृत्वका बीचमा छलफल गर्दै जाँदा तालमेल र पार्टी एकतासम्मकै प्रस्ताव बनेको हो’, माओवादी केन्द्र नेतानारायण काजी श्रेष्ठ भने, ‘पहिलेदेखि दुई पार्टीबीच छलफल चल्दै आएको थियो, अहिले त्यसले बढी मूर्तता पाउन लागेको हो ।
मंगलबार शीर्ष नेतृत्वबीचको छलफलले चुनावी तालमेलको रणनीति बनाउने र चुनावलगत्तै पार्टी एकता गर्ने गरी तत्काल एकता संयोजन समिति गठन गरेर जाने तयारी भएको छ । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलाई पनि सँगै एकता प्रक्रियामा ल्याउने सम्मको छलफल पनि दुई पार्टीबीच भएको छ ।
‘एकता र धु्रवीकरण प्रक्रियालाई कसरी अगाडि बढाउने भन्नेमा हाम्रो पार्टीले अध्यक्ष सहितको तीनजनाको टोलीलाई जिम्मा दिएको छ । सम्भव भएसम्म अरू पार्टीसँग पनि छलफल गर्छौं ।
एमाले सचिव योगेश भट्टराईले प्रदेशसभा र संघीय संसद्को निर्वाचनमा वामपन्थी शक्तिसँग तालमेल गरी पार्टी एकता सम्मै जाने गरी छलफल चलेको र ‘अहिलेको समयको माग धु्वीकरणको हो । एउटा कम्युनिस्ट र अर्को पुँजीवादीहरूबीच धु्वीकरण हुनुपर्छ ।

त्यसैका लागि हाम्रो एमाले ठुलो पार्टी भएकाले अन्य सबै बामपन्थी दलहरुसंग प्रयास हो’, सचिव भट्टराईले भने, ‘पहिले आगामी निर्वाचनमा वामपन्थी शक्तिसँग तालमेल गरेर बढी वामपन्थी शक्तिलाई जिताउने र त्यसपछि पार्टी एकताका लागि प्रक्रिया अगाडि बढाउने भन्ने हो।’
संविधान निर्माणपछि एमाले र माओवादी दुवैले समाजवादी क्रान्तिको राजनीतिक कार्यदिशा अगाडि सारेका छन् । तर, यसको मोडालिटी कस्तो हुने भन्नेमा भने छलफल बाँकी नै छ । अहिले सत्तालाई केन्द्रित गर्ने र सरकारमा आफ्नो नियन्त्रण कायम राख्ने गरी वामपन्थीहरूको एउटै केन्द्र निर्माण गर्न दुवै पक्ष तयार भएपछि पार्टी एकताको पहल भएको हो ।
यी दुई पार्टीका बीचमा एमाले अध्यक्ष ओली नेतृत्वको सरकारकै बेला पार्टी एकतासम्मकै छलफल चलेको थियो । त्यस बेलाको भद्र सहमति तोडिएपछि माओवादी केन्द्रले नयाँ गठबन्धन बनाएको थियो । त्यसयता पनि पार्टी एकताको छलफल भने चलेको नेताहरूले बताएका छन् ।