अख्तियारबाट दिनदिनै भ्रष्टाचारीहरु रंगेहात पक्राउ गर्ने क्रम जारी: १ लाख ३५ हजार रुपैयाँ घुस लिँदै गर्दा सुब्बा युगेश्वरप्रसाद यादव र २ लाख ५० हजार रकम सहित नापी अधिकृत भागवत साह रंगेहात पक्राउ

 

 

१९ बैशाख,सुनसरी/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले नायब सुब्बा युगेश्वरप्रसाद यादवलाई घुस रकमसहित पक्राउ गरेको छ।
जिल्ला समन्वय समिति सप्तरीमा कार्यरत नायव सुब्बा यादवलाई घुस रकम सहित अख्तियारको टोलीले पक्राउ गरेको हो।
सप्तरीको महुली खोलाको पुल निर्माण कम्पनीसँग एक लाख ३५ हजार रुपैयाँ घुस लिँदै गर्दा यादवलाई रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीका प्रहरी निरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।
पक्राउ गरिएका यादवलाई बुधबार नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा ल्याइएको छ। उनीमाथी थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक खनालले जानकारी दिए।

त्यसैगरी नापी कार्यालय शाॉखु काठमाडौंका प्रमखु नापी अधिकृत भागवत साहलाई गोकर्णेश्चर नगरपालीका वडा नम्बर २ स्थित नयाॉपाटीमा रहेको ३६ रोपनी जग्गा कित्ता काट गरीदिए वापत सेवाग्राहीसॉग बिभिन्न बहाना बनाई घुस रकम माग गरीरहेको भन्ने उजरी एवंम सूचनाको आधारमा आयोगकोटङ्गाल बाट गएको टोलीले नापी कार्यालयका सहयोगी खेमराज
भण्डारी मार्फत प्रमखु नापी अधिकृत भागवात साहलाई रु.२,५०,०००
वापतको रकम सहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।