नेपालगञ्जमा भूकम्पको ठुलै धक्का महसुस

 

नेपालगञ्ज १७ कार्तिक / नेपालगञ्जमा शुक्रबार राति ११:४७ वजे भूकम्पको ठुलै धक्का महसुस गरिएको छ। नेपालगञ्ज र यसको वरपर भुकम्पको झटका महसुस गरिएकोमा नसुतेका ब्यक्ति घर बाहिर निस्किएका थिए ।

भुकम्पको केन्द्रविन्दु मध्यपश्चिम को पहाडी जिल्ला अर्थात कर्णाली प्रदेशको जाजरकोट जिल्लाको नायकवडा क्षेत्र रहेको र त्यसको तिव्रता ६.४  रेक्टर स्केलको रहेको मोवाईल एपसहरुले रिड गरेको पाइएको छ ।

उक्त भुकम्पको झटका नेपालको राजधानी काठमाडौं देखि भारतको राजधानी दिल्ली सम्म महसुस गरेपनि क्षतिको विवरण प्राप्त भएको छैन ।  उक्त भुकम्प पछी कर्णाली प्रदेशको सदरमुकाम सुर्खेत जिल्लाको सदरमुकाम बीरेन्द्रनगर आपिास भएर करिब ४ रेक्टर स्केल सम्मका पराकम्पनहरु पनि गएका छन ।