भारतले एकपक्षीय रुपमा नेपाल–भारत मुर्तिया नाका सदाको लागी बन्द गर्ने

गुलरिया, बर्दिया /  नेपाल–भारतको मुर्तिया नाका भारतीय पक्षले बन्द गर्ने जनाएको छ । बर्दियाको सदरमुकाम गुलरीया र भारतको मुर्तिया संग जोडने सिधा बाटोमा पर्ने जंगल क्षेत्रलाई भारतीय पक्षले बन्यजन्तु संरक्षण क्षेत्र घोषित गरी उक्त नाका बन्द गर्ने नेपाली सिमा अधिकारीहरुलाई जानकारी दिएको छ ।
गुलरीया स्थित छोटी भन्सार कार्यालयका प्रमुख मनोज विकले भारतीय पक्षले मुर्तिहामा नाका खोल्न सम्भव नभएको र अन्यत्र विकल्प खोज्न आग्रह गरेको जानकारी दिनु भयो ।
करिब आठ वर्ष अघि नेपाल र भारतका अधिकारी बीच भएको नाका सम्बन्धी सम्झौता अनुसार भारतीय पक्षले मुर्तिया नाका र्निबिवाद आवात–जावत गर्न पाउने ब्यवस्था गरी लिखित सम्झौता भएको थियो । भारत सरकारले उक्त नाकामा वनका अधिकारीले भन्सारका लागि जग्गा उपलब्ध गराउन नसकेका कारण नाका सञ्चालन नहुने बताउदै विकल्प खोज्न आग्रह गरिसकेको भन्सार प्रमुख विकले बताउनुभयो ।
सन् २००९ अक्टोबर २७ मा नेपाल–भारत बीच ५ वटा नाका थप्ने सम्झौता भएको थियो । सम्झौता अनुसार महेशपुर, ठुटीवारी, सिक्टा, लुक्हा र मुर्तीहा नाका थप्न सम्झौता भएको थियो ।
तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको भारत भ्रमणका क्रममा उत्तरप्रदेश राज्यका पूर्व मुख्यमन्त्री अखिलेश कुमार यादवले दुवै मुलुकबीच भएको सम्झौता अन्तर्गत नाका सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिनु भएको थियो ।
अन्य नाका सञ्चालनमा आए पनि मुर्तिहा आरक्ष क्षेत्रमा परेकाले भारतीय वन अधिकारीले स्वीकृत दिएका थिएनन् । तीन वर्षअघि गुलरीया उद्योय वाणिज्य संघको नेतृत्वमा सर्वदलीय र सर्वपक्षीय टोली नाका खुलाउने माग गर्दै लखनउ स्थित भारतीय सीमा शुल्क आयुक्त ९निवारक० को मुख्यालय पुगेको थियो ।
आयुक्तले मुर्तिहामा नाका खोल्न सहमति दिए पछि सीमा शुल्कका सहायक मन्जुरानीको टोलीले कर्तरनियाघाट वन्यजन्तु संरक्षण क्षेत्रको मुर्तिहा अवलोकन गरेकी थिइन् । त्यस समय वनले जग्गा उपलब्ध गराउन सहमति दिएको थियो । हाल आरक्ष घोषणा भए पछि भारतीय वनले जग्गा उपलब्ध नगराउने भएको हो ।
भरतीय पक्षले बिपल्प खोज्न जानकारी द्उिपछी नेपाली पक्षले गरेको प्रारम्भीक खोजमा गुलरियासँग जोडिएको रजनवा नाका उपयुक्त हुने बताईएको छ । आरक्षले नछोएको रजनवा सम्म उत्तर दक्षिण सडक सञ्जाल विस्तार हुने क्रममा रहेकाले नाका उपयुक्त हुने गुलरीया उद्योग वाणिज्य संघका अध्यक्ष अमर बहादुर खड्काले बताउनु भएको छ ।