नेपालगञ्ज कारागारका १७ जना कैदी रिहा

११असोज, नेपालगञ्ज/  विजया दशमीको अवसरमा नेपालगञ्ज कारागारबाट १७ जना कैदी रिहा गरिएका छन्।  तोकिएको सजायमा ४० प्रतिशत भुक्तानी गरिसकेका र राम्रो चाल(चलनका साथ कैदी जीवन बिताई रहेका १७ जना कैदी रिहा भएका हुन्।  
असोज २ गते बसेको मन्त्रिपरिषद्को बैठकले ४० प्रतिशत भुक्तान गरिसकेका र चालचलन राम्रा भएकाको बाँकी कैद मिनाहा गर्ने निर्णय गरेपछि कैदमुक्त गरिएको जिल्ला कारागार नेपालगञ्जका नायब सुब्वा श्याम लामिछानेले जानकारी दिनुभएको छ।

लामिछानेका अनुसार ज्यान मार्ने उद्योग अभियोगमा कैदी जीवन विताइरहेका३(,बहु(विवाहका३,चोरी/डकैतीका ३ र बाँकी कर्तब्य ज्यान सम्बन्धी कैदी रहेको बताउनु भयो।   बडादशै र गणतन्त्र दिवसको अवसर पारी प्रत्येक वर्ष सरकारले कैदीको बाँकी कैद मिनाहा गरि रिहाई गर्दै आएको छ।
गणतन्त्र दिवसको अवसरमा जिल्ला कारागार नेपालगञ्जबाट २४ जना कैदी रिहा भएका थिए।

बाँके जिल्ला कारागारले ४० प्रतिशत कैद भुक्तान गरेका ३१ जनाको नाम रिफारिस गरेकोमा २४ जना रिहा भएका थिए। अघिल्लो वर्षको दशैमा १५ जना कैदी रिहा भएको लामिछानेले बताए।