नेपालमा कोरोनाबाट १८ जनाको मुत्यू,५ हजार ३ सय ३५ जना संक्रमित,९१३ जना निको भए

 

३१ जेष्ठ, नेपालगञ्ज/  नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ३ सय ३५ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार गरेको ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप २ सय ७३ जनामा संक्रमण थपिएको जानकारी दिनुभएको छ ।

संक्रमित हुनेमा झापा ५, रौटहट ४४, मोरङ ४ , पर्सा ६, बारा १, पर्वत ४, नवलपरासी पश्चिम १, दैलेख ३०, सुर्खेत ४०, कपिलवस्तु ५, दाङ २ , बाँके १९ , रोल्पा १७, बर्दिया ६ , महोत्तरी १, सर्लाही २, गुल्मी २, कपिलवस्तु २०, रुपन्देही ५ , रौटहट ४८ र सर्लाहीका १० जना रहेका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्ंया १८ पुगेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार पर्साका २५ वर्षीय पुरुष र निजगढ, बाराका ५ वर्षीय बालकको मृत्यु भएको हो ।

पर्सामा जेष्ठ २८ गते एक पुरुषको शव भेटिएकोमा  नारायण अस्पताल पर्सामा पोस्टमार्टमका क्रममा स्वाब परीक्षणमा कोनोरा संक्रमण पुष्टि भएको छ ।

यस्तै बारा निजगढका बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको मृत्यु भएको हो  ।  बालकको नि आरडीटी र पीसीआर दुबै टेष्ट पोजेटिभ आएको छ ।

हालसम्म कोरोनाका कारण मुत्यू हुनेहरुमा बाँके, बाजुरा, सुर्खेत, कैलाली, डोल्पा, दैलेख, दोलखा, अर्घाखाँची, गुल्मी, पाल्पा, स्याङ्जा,ललितपुर, सिन्धुपाल्चोक, चितवन, बारा र पर्साका गरी १८ जना रहेका छन । कोरोना संक्रमित मध्य ९ सय १३ जना निको भएर घर फर्किएका छन ।

नेपालमा कोरोना संक्रमण निको भएर पछिल्लो २४ घन्टामा ३६ जना डिस्चार्ज भएका छन् । नारायणी अस्पतालबाट ५ जना, साईकृष्ण आइसोलेसन सप्तरीबाट १७ जना, बाँकेबाट ८ पुरुष र भरतपुर अस्पतालबाट ६ जना डिस्चार्ज भएका छन ।

शनिबार बांकेमा १९ र रोल्पामा थप १७ जनामा कोरोना संक्रमण

भेरी अस्पताल नेपालगञ्जमा गरिएको परिक्षणमा शनिबार अपरान्ह १ बजे सम्मको परिक्षण रिपोर्टमा बांकेका १९ ज

 

ना रोल्पाका १७ जना र बर्दियाका ६ जना कोरोना संक्रमित पाइएका छन ।

बांकेको राप्तीसोनारी गाउंपालिका वडानम्बर ८ का १० जना ९ का २ जना र ५का ३ जना गरि १५ जना, नेपालगञ्ज वडानम्बर २२ का १ जना खजुरा गाउंपालकिा वडानम्बर १ का २ जना र ६ का १ जना गरि बांकेमा १९ जना रहेका छन ।

रोल्पाका शनिबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा कोरोना संक्रमण गरिएको परिक्षण शनिबार रोल्पाका थप १७ जनामा कोरोना पुष्टि अस्पताले जनाएको छ ।

अस्पतालका अनुसार रोल्पाका २ वटा पालिकाका १७ जना रहेका छन । थपिएका नयाँ संक्रमितहरुमा रोल्पा सुनिलस्मृती गाउँपालिका वडा नं. १ का २१ देखी ४० वर्ष उमेर समुहका ६ जना पुरुष, वडा नं. २ का २१ वर्षिय १ जना महिला र ४ जना पुरुष र वडा नं. ४ का ३५ वर्षिय १ जना पुरुष, बमरुख गाँउपालिका वडानम्बर १ का १८ देखि २५ वर्ष उमेर समुहका ५ जना पुरुषमा कोरोना संक्रमण पाईएको भेरी अस्पतालले जनाएको छ । यसअघि भेरी अस्पतालमै गरीएको परिक्षणका क्रममा बिहिबार रोल्पाकै १४ जनामा कोरोना संक्रमण देखिएको थियो । बर्दियाको बारबर्दिया वडानम्बर २ र ९ का १/१ जना र वडानम्बर ३ का ४ जना रहेका छन ।