२४ घण्टा नबित्दै बांकेमा कोरोना संक्रमणका ५ जनाको मुत्यू

२२ कार्तिक, नेपालगञ्ज/ 

# शुक्रबार दिउसो २ः४५ बजे कैलालीको टिकापुर नगरपालिका वडा नम्बर १ कैलालीको ५६ बर्षिय महिला कोहलपुर स्थित मेडिकल कलेजमा उपचारको क्रममा मुत्यू । मुत्यू पछी कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।

# शुक्रबार दिउसो ३ः२० बजे दांगको तुल्सीपुर उप-महानगरपालिका वडा नम्बर १० को २० बर्षिय सुत्केरी महिला कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मुत्यू भएको छ  । डेलीभरी भएको १ दिन पछी उहांको मुत्यू भएको हो ।

# शुक्रबार अपरान्ह ५ः२० बजे बांकेका राप्तीसोनारी गाउंपालिका वडानम्बर ६ शम्शेरगञ्ज को ४८ बर्षिय पुरुषको भेरी अस्पतालमा उपचारको क्रममा मुत्यू भएको छ ।

# शुक्रबार सांझ ६ः४० बजे दांगको तुल्सीपुर उपमहानगरपालिका वडानम्बर ५ का ७६ बर्षिय पुरुषको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मुत्यू भएको छ ।

# शनिबार बिहान ५ः२५ मा दांगको घोराई उपमहानगरपालिका वडानम्बर १५ का ५९ बर्षिय पुरुषको भेरी अस्पतालमा उपचारको क्रममा मुत्यू भएको छ ।

बांकेमा शनिबार बिहान सम्म कोरोना संक्रमण भई बांके जिल्लाको भेरी अस्पताल र मडिकल कलेजमा बाहिरी जिल्लाबाट उपचारका लागि आउनु भएका २८ जनाको मुत्यू भईसकेको छ भने बांके जिल्लाका मात्र ३५ जनाको मुत्यू भईसकेको छ ।

बांकेमा हाल सम्म ६३ जनाको मुत्यू भईसकेको बांकेको कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभएको छ । मुत्यू हुनेमा १८ बर्ष देखी ८० बर्ष सम्मका ब्यक्तीहरु हुनुहुन्छ ।