कोहलपुर मुख्य बजारको अरबौं मुल्यको नगरको दर्तावाल सरकारी जग्गा ब्यक्तीको नाममा गर्ने भु–माफियाको कसरतमा ब्रेक (पहिलो अपडेट)

 

 

कोहलपुर/ कोहलपुर मुख्य बजारको अरबौं मुल्यको नगरको दर्तावाल जग्गा ब्यक्तीको नाममा दर्ता गर्ने भु–माफियाको कसरत उच्च अदालत तुलसीपुर नेपालगगञ्ज इजलासले पनि हक दाबी गर्ने पक्षहरुको हक दाबी नपुग्ने केही दिन पहिला फैसला गरिदिएको छ ।

भु–माफियाको गिरोह यस अघि पुरानो किर्ते मोठ र फिल्ड बुकको सहारामा जग्गा दर्ताका लागी पहिल्य मालपोत त्यसपछी जिल्ला अदालत, अदालतमा पनि मेलमिलाप हुदै पछील्लो पटक उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा पुगेको थियो ।

नेपालगञ्ज इजलासले उक्त जग्गा नेपाल सरकारको मन्त्रीपरिषदले निर्णय गरि कोहलपुर नगर बिकास समितिलाई २०४२ साल माघ १० गते दिएको देखिएकोले बादी पक्षहरुको हक दाबी नपुग्ग्ने अर्थात सुरु अदालत बांके जिल्ला अदालतले गरेको हक दाबी नपुग्ने फैसलालाइ सदर गरेको पाइएको छ ।

कोहलपुर नगरपालिकाको वडानम्बर ११ मा पर्ने बागेश्वरी क्याम्पस देखी उत्तर, पूर्वपश्चिम महेन्द्रराजमार्ग देखी दक्षिण, नेपालगञ्ज–कोहलपुर सडक देखी पूर्व र डुडुवा खोला देखी पश्चिम यती ४ किल्ला भित्रको ४६ बिघा ९ कटठा १ धुर जग्गा स्वर्गिय बाबु फकिरे थारुले भुमि सम्वन्धी ऐन २०२१ को नियम १८ को उप–नियम २ बमोजिम मिति २०२१ साल असार ११ गते फांटवारी भरेकोले उक्त जमिनमा फकिरेका छोरा गया प्रशाद थारु र गोबिन्द थारुको नाममा जग्गा दर्ता कायम गरिदिन बांके जिल्ला अदालत समक्ष मिति २०७५ साल भदौ २५ गते सोमबार फिराद दायर गरिएको थियो ।

सोही फिरादको बांके जिल्ला अदालतको हक दाबी नपुग्ग्ने गरेको फैसलाको बादी पक्ष फेरी पुनरावेदन गर्न उच्च अदालत तुलसीपुर नेपागञ्ज इजलासमा पुगेको थियो ।

बादीहरुले दाबी गरेको उक्त ४६ बिघा ९ कटठा १ धुर जग्गामा हाल इलाका प्रहरी कार्यालय, नेपाल बिधुत प्राधिकरण, नेपाल राष्ट्र बैक, कोहलपुर उद्योग बाणिज्य संघ, वागेश्वरी यातायात समिति, अन्तराष्ट्रिय क्रिकेट मैदान, कर्मचारी सञ्चय कोष, लामो दुरीको बस पार्क निर्माण लगायत रहेका छन ।

हेर्नुहोस: बादी पक्षले आफनो जग्गामा बस पार्क निर्माण गरि बिपक्षीले भोग चलन गरेको भन्दै कोहलपुर नगर विकासको नाममा उक्त कार्य राकिपाउन उत्प्रेशनको समेत मागर गरेको निवेदन ।

उक्त जग्गाका दलालहरुले मोहराका रुपमा अगाढी सारीएका स्वर्गिय फकिरेका छोराहरु गया प्रशाद थारु र गोबिन्द थारुको हक दाबी गरिएको जग्गाको भुमि तथा मालपोत कार्यालय बांकेमा आपसी मिलेमतोमा जग्गाका माफियाहरुले ३ वटा अंक नेपाली र पछाडीको १ अंक अंग्रेजीमा लेखीएको बिक्रम सम्वत २०२४ मिति उल्लेख गरि खडा गरिएको ७ नम्बर फांटवारी तयार गरी श्रेष्ता तयार गरिएको छ ।

हेर्नुहोस तलको कपी

मिलेमतो पनि कति सम्म देखिन्छ भने ति जग्गाका माफियाहरुले कोहलपुर नगर बिकास समतिको जग्गामा आपनो भोगचलन रहेको हकदाबी गर्न बिक्रम सम्वत २०२१ सालमा ७ नम्बर फांटवारी भरेको छन ।
जुन रसिदको १ महिनाको फरकमा एकै पटक २÷२ वटा काटेको देखिन्छ । यस्ता किर्तेका छानबीन कस्ले गर्ने ?

 

ततकालिन मन्त्रीपरिषदको निर्याय बमोजि कोहलपुर नगर बिकास समितिको नाममा जग्गा पास गरिदिने सम्वन्धको पत्रको केही अंश ।

 

उपरोक्त ब्यक्तीहरुले दाबी गरेको जग्गा ततकालिन जंगिलाट जगा कोहलपुर नगर बिकास समतिलाइए दिने मन्त्री परिषदको निर्णय ।
  • उक्त फांटवारी तयार गर्ने जग्गाका माफियाह रुको चलखेल त्यतीखेर फेल खाएको छ जुन हाल दाबी गरिएको जग्गालाई ततकालिन श्री ५ को सरकार बन तथा भु–संरक्षण मन्त्रालय र निर्माण तथा यातायात मन्त्रालयले घना तथा बुटयान क्षेत्र रहेको जंगीलाट तथा ऐलानी रहेको १०३ बिघा जग्गा बिभिन्न प्रक्रिया पु–याएर कोहलपुर नगर बिकास समितिलाई हस्तान्तरण गरेको परिपत्रहरुमा उल्लेख गरिएको छ ।
  • जग्गा मफियाहरुले ब्यक्तीको नाममा हक दाबी गरेको जग्गाको क्षेत्रफल नै ततकालिन मन्त्रीपरिषदको मिति २०४२ साल माघ १० गते बसेको बैठकले कोहलपुर नगर बिकास समिति गठन गरि कोहलपुरको बिकासका लागि १०३ बिघा जग्गा दिने निर्णय गरेको अभिलेखमा रहेको छ ।

यसरी सरकारले नगर बिकास समितिलाई दिएको जग्गामा माफियाहरुले बांकेको भुमि तथा मालपोत कार्यालयको महत्वपूर्ण अभिलेखमा नाम र मिति उल्लेख गरि आज भन्दा ५५ बर्ष अघि उक्त जग्गा भोक चलनमा रहेको ७ नम्बर श्रेष्ता उल्लेख गर्न सफल भएका छन त्यसमा भुमिसुधार र मालपोत कै केही दलाल कर्मचारीहरुको समेत संलग्नता रहेको हुनसक्ने देखीन्छ ।

जग्गाको ठुलै गिरोह जग्गा ब्यक्तीको नाममा दर्ता गरेर रातारात करोडपती बन्ने सपना त्यतीखेर तुहिइएको छ जुन केही सेटिंग प्रक्रियामा केही ब्यक्ती इररकोरुपमा खडा भएर र सेटिक पुरा हुन सकेको छैन ।

जिल्ला अदालत बांकेले खिचौला जग्गामा बादीको हक दाबी नपुग्ने फैसला गरेको  तर  बादी पक्षहरु  उच्च अदालत जाने र उच्चमा पनि बादी पक्षको हक दाबी नपुग्ने जिल्ला अदालत बांकेको फैसला सदर भएपछी राजनितिक तथा प्रशासनिक अनेकौ जालझेल पैसाको खेलखण्ड गर्ने क्रममा उच्च हुदै अब फेरी बादी पक्ष सर्वोच्च जाने सम्भावन जिवितै रहेको छ ।

किन भने यसमा भु–माफियाले राजनितिक खोल ओडेका केही ध्रुत भ्रष्ट ब्यक्तीको बिश्वासको आधारमा बिभिन्न ठाउंका शक्ती केन्द्र धाउने क्रममा बषौ देखी करोडौं रुपैया लागनी गरिसकेको अवस्था रहेको छ ।

अर्कोतिर बांके जिल्ला अदालतले गरेको फैसालालाई र उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले सदर गरेको फैसलालाई सर्वोच्च अदालतले उल्टाईदिएको बांकेको हकमा उदाहरण हामीले यस अभि सार्वजनिक गरिसकेका छौ ।

यस अघि बादी पक्ष अर्थात भु–माफियाको ग्यांगले मालपोेत मार्फत जग्गा दार्ताका लागी बिभिन्न पार्टीका केन्दूीय नेतालाई भनेर बिभिन्न निकायमा भनजुसन गर्न लगायएको देखी त्यसलाई अदालतबाट कसरी बिधि पुयाएर दर्ता गनैृ सम्मका तिकडम गरेको जग्गाको हकदाबीका लागी गरेको अनेकौ प्रयास तलको कागजजातर मिशिलबाट पनि हेर्न र बुझन सकिन्छ ।

 

उकत बिषय मा बारम्वर वकील परिवर्तन र मेलमिलाप म मार्फत मिलाउने प्रयास….
उकत बिषय मा बारम्वर वकील परिवर्तन र मेलमिलाप म मार्फत मिलाउने प्रयास….
उकत बिषय मा बारम्वर वकील परिवर्तन र मेलमिलाप म मार्फत मिलाउने प्रयास….