सरकार ! जनताको जिवन रक्षाको लागि समयमै गम्भीर बन

बांकेको नेपालगञ्ज स्थित भेरी अस्पताल र कोहलपुर स्थित मेडिकल कलेजको कोरोना वार्डमा दैनिक सरदर ६ जनाको मृत्यु भईरहेको छ । मृत्यु भएकाहरुको विवरण अनुसार ५० प्रतिशत बृद्ध र दिर्घ रोगीहरु मध्य रहनु भएको छ भने ५० प्रतिशत युवा र कुनै रोग ब्याधी नलागेका ब्यक्तीहरु रहनुभएको छ ।

भेरी अस्पतालमा दैनिक काम गर्ने करीब ३ दर्जन दक्ष जनशक्ती आफै कोरोना संक्रमितका कारण बिरामी भएको अवस्था रहेको छ । भेरी अस्पतालको कोरोना वार्डमा भर्ना हुनुभएका १४२ बेडका बिरामी मध्य आईतबार बिहान सम्म ७ जना भेन्टीलेटरमा, ४० जना आइसियुमा र ९५ जना अक्सिजन सहित उपचाररत रहनु भएको छ ।

उक्त कोरोना वार्डमा रहनुभएका बिरामीहरुको हेरचाह र उपचारका लागि अस्पतालमा दक्ष जनशक्तीको आवश्यक्ता पर्दछ । भेरीको कोरोना वार्डमा काम गर्न हाल उपलब्ध जनशक्ती टिम परिचालित रहेको छ ।

उक्त टिमले कोरोना संक्रमित बिरामीको हेरचाह र उपचारमा एकै पटक सबै ठाउंमा समय दिनसक्दैन र दिनसकिरहेको छैन । १ जना बिरामीलाई उपचारको लागि कम्तीमा १० मिनेट दिए पनि अर्को बिरामी सम्म पुग्न घण्टौं लाग्ने गरेको छ । जस्ले गर्दा जनशक्तीको अभावमा कोरोना संक्रमित बिरामीहरुले गतिलोसंग रेखदेख र उपचारको अभावमा मृत्यु भएको पिडित परिवारहरुले आवाज उठाउदै आएका छन ।

भेरी अस्पताल प्रशासनले पनि अस्पतालमा काम गर्ने जनशक्ती केही कोरोना संक्रमित भई बिरामी रहेको र बांकी जनशक्तीले ठुलो संख्याका बिरामीलाई उपचार गर्न सम्भव नभएकाले स्वास्थ्यसंग सम्वन्धीत प्रदेश र केन्द सरकारसंग हारगुहार मागेको तर हालसम्म सहयोग प्राप्त नभएको जानकारी दिएको छ ।

कोरोना संक्रमित भई अन्तीम आसाको त्यान्द्रो बोकेर बिरामीको उपचार गराउन आउने नेपालगञ्ज स्थित भेरी अस्पतालमा नेपाल सरकारले गम्भीरतापूर्वक लिएर आजै अहिल्य नै एउटा स्वास्थ्य टोली नेपालगञ्ज पठाएर जनताको जिवन रक्षाको लागि गम्भीर बन्नु पर्दछ ।

कोरोना संक्रमित बिरामीहरुको उपचारको लागि कुनै कसर बांकी नराख्ने उदघोष गरेको बर्तमान सरकारले नेपालगञ्जमा आएर बस्तु स्थितीको अवलोक गरेर आवश्यक सर–सहयोग र नेतृत्वदायि भुमिका निभाउनु पर्दछ ।

एक्कासी बिरामीहरुको संख्या हवात्तै बढनाले बिरामीको उपचारको लागि आवश्यक स्वास्थ्य सामाग्री, ल्याब परिक्षण, औषधी, अक्सिजन र दक्ष जनशक्तीको उपचारको अभावमा अकालमा जनताले मृत्युवरण नहोस । नेपाल सरकारले आवश्यक बजेट र सर-सहयोगका समान सहित एक उच्च स्तरिय स्वास्थ्य बिज्ञ टोली नेपालगञ्ज पठाउनुपर्दछ ।

कोरोनाका कारण नेपालगञ्ज स्थित भेरी अस्पताल र कोहलपुर स्थित मेडिकल कलेजमा मृत्युका सख्या बढेको गन्दै बस्ने अवस्थाको अन्त्य गर्न ततकाल नेपाल सरकारले उचित कदम चाल्नु पर्दछ । दैनिक मृत्युको संख्या बढेका कारण जनमानसको खस्किएको मनोबल उकास्न अभिभावकत्व निभाउन नेपाल सरकार अगाढी सनुपर्दछ ।