नेपालगञ्ज जमुनहा नाकाबाट अफिम ब्राण्डको २५० बोरी पोष्टर दाना पक्राउ

 

१७ असार, नेपालगञ्ज/ शुक्रबार बिहान नेपालगञ्जबाट जमुनहा नाका हुदै भारतको रुपैडिहा तर्फ गईरहेको RJ09 GB- ४५४२ भारतिय नम्बर पेलेटको बन्दबडी माल वहाक कन्टेनरमा करिब २ सय ५० बोरी  अफिम  ब्राण्डको पोष्टर दाना बाँके प्रहरीले नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाका आधारमा नियन्त्रणमा लिइएको उक्त कन्टेनरमा शंकास्पद प्रतिबन्धित बस्तु गैरकानुनी तरिकाले नेपालबाट भारत तर्फ समान लगिरहेको सूचनाको आधारमा नेपालगञ्ज भन्सार क्षेत्रमा परिचालित शसस्त्र-जनपद प्रहरीले नियन्त्रणमा लिएर जमुनहा स्थित इलाका प्रहरी कार्यालयको नियन्त्रणमा लगेर खोजतलास तथा छानवीन गरेको थियो।

जमुनहा प्रहरीका इन्चार्ज माधव रिजालका अनुसार नियन्त्रणमा लिएको गाढीमा सेतो धुलो जस्तो देखिने पदार्थ रहेको र ड्राइभर भागेकाले कागजात एवम अन्य डकुमेन्ट सहित खान तलासीको काम भईरहेको छ ।

स्रोतका अनुसार बन्द वडीको कन्टेनर भित्र साना-साना डब्बा जस्तो पार्टिसेन गरी शंकास्पद हर्कत देखिएकाले पनि सुक्ष्म तरिकाले खोजतलास गरेको  प्रहरीले जनाएको छ।

अफिम ब्राण्डको पोष्टर दाना बोकेको गाढी बाँके प्रहरीले चेक जाँच गरेपछी मौका छोपेर ड्राइभर भागेको प्रहरीले जनाएको छ।

शुक्रबार विहान पक्राउ परेको अफिमको कच्चा पदार्थ पोष्टर दाना

पोष्टर दाना नामक लागु औषध ब्राण्डको बजार मुल्य २५ केजीको प्रति बोहीको मुल्य करिब रु ५० हजार रहेको बताइएको छ । पक्राउ परेका २ सय ५० बोरीमा ५/६ बोडी च्यातिएको छ भने अन्य सकुशल छ ।

बजार मुल्य अनुसार शुक्रबार बिहान पक्राउ परेको समानको एकमुष्ट मुल्य करिब १ करोड २५ लाख बरावरको रहेको र उक्त समान सप्लाई गर्ने नेपालका ब्यक्तीको प्रहरीले हाल सार्वजनिक गरेको छैन ।