कोहलपुरमा तनाव

बाँकेको कोहलपुर वडा नं. १० मा रहेको त्रिभुवन माविमा अध्ययनरत छात्रा प्रकृती चन्दलाई कोहलपुरबाट नेपालगन्ज जाँदै गरेको ना २ ख ९४५९ नम्बरको ट्रकले ठक्कर दिएर चन्दको  अवस्था गम्भीर भएपछि सो क्षेत्रको माहोल तनाव भएको छ ।

आईतबार विहान पौने दश बजे कोहलपुरस्थित त्रिभुवन माध्यामिक विद्यालय नजिकै ट्रकले सोही स्कुलमा पढ्ने विद्यार्थीलाई ठक्कर दिएको हो ।

घटनापछि आक्रोशित भएको भिडले बालिकालाई ठक्कर दिने ट्रकमा आजगनीको गरेको छ भने आधा दर्जन अन्य गाडीमा समेत तोडफोड गरिएको प्रहरीले जनाएको छ ।

आन्दोलीत विद्यार्थीहरुले अहिले ईलाका प्रहरी कार्यालय कोहलपुर घेराउ गरेका छन ।

प्रहरी कार्यालय नै घेराबन्दीमा परेपछि प्रहरीले निरन्तर हवाई फायर गरीएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

घटनापछि कोहलपुरमा ठुलो सँख्यामा प्रहरी परिचालन गरीएको छ ।

त्रिभुबन मा.बि कक्षा ९ मा अध्यनरत शुसिल थापा: Injured