प्रहरी निरीक्षक सहित २ प्रहरी र यातायात ब्यवस्था कार्यालय नेपालगञ्जका १४ जना कर्मचारी माथी बिशेष अदालत काठमाडौंमा मुद्धा दायर

२ श्रावण,नेपालगञ्ज /यातायात ब्यवस्था कार्यालय भेरी, नेपालगञ्जका का १६ कर्मचारीहरुले अख्तियारको दुरुपयोग गरेको ठहर गदै बिशेष अदालत काठमाण्डौंमा मुद्धा दर्ता गरीएकको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालयले यातायात ब्यवस्था कार्यालयका कार्यालय प्रमुख उप–सचिव पवन सुवेदी सहित बिभिन्न पदमा रहेका १६ जना कर्मचारी माथी मुद्धा दायर गरेको छ । मुद्धा दर्ता गरीएका ब्यक्तीहरुमा २ जना प्रहरी अधिकारी पनि रहेका छन ।


यहि असारको १९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको करीब २ महिनाको लामो अनुसन्धान पछी काठमाण्डौ बिशेष अदालतमा मुद्धा दर्ता गरीएको र मुद्धा दर्ता भएका सबै कर्मचारीको जागीर हाल लाई चट भएको छ ।

कसरी गर्छन दुरुपयोग
यातायात ब्यवस्था कार्यालय केही बर्ष यता बदनामी कार्यालयको रुपमा चिनिदै आएको छ । कर्मचारीहरुले घुसखान मिल्ने धेरै प्राबिधिक बिषय भएकाले घुस खान मिल्ने ठाउंहरु जस्तो सवारी चालक अनुमतीपत्र, गाढीको सडक अनुमती पत्र, सवारी दर्ता, नबिकरण एवम जांच पास जस्ता प्राबिधिक बिषयमा घुस खाएर काम सजिलै हुने र नदिए प्राबिधिक बिषयमा फेल हुने भएकाले उक्त कार्यालयमा घुसे अडडाको रुपमा बदनाम भएको हो ।

नेपालगञ्जकमा दलाल र कर्मचारी मिलेर कार्यालय बाहिर बस पार्क स्थित एक होटलमा कार्यालयको फाइल सहित लाइसन्स बितरण गरीरहेको अवस्थामा कर्मचारीलाई प्रहरीले रंगेहत पक्राउ गर्दा पनि ति कर्मचारीलाईसफाइ दिने कार्यले भ्रष्टाचारलाई बढाव दिएको थियो । यातायातका कर्मचारीले ठुलो रकम खर्च गरेर उक्त घटनामा सफाई पाएका थिए । सफाई पाएपछी केही कर्मचारीहरु अख्तियारको दूरुपयोग गर्ने कार्यमा मनोवल बढेकाले पछील्लो पटक १६ जना कर्मचारी अख्तियारको फन्दामा परेका हुन ।
कसरी पर्दा खुल्यो
यातायात ब्यवस्था कार्यालय नेपालगञ्जमा गत बर्ष बिभिन्न क्षेत्रबाट कार्यालयमा भएको अतिरिक्त आम्दानी सहमर्कीहरुलाई नबांडेर सवारी चालक अनुमतीको बाहिरी आम्दानी दलालले नदिएको बताउदै कार्यालय प्रमुख पवन सुवेदीले एक्लै करीब २ करोड रुपैया खाएकोमा कर्मचारीहरु रिसाएका थिए ।
कर्मचारीहरु रिसाएर उक्त रकम बाडनुपर्ने माग मिटीङ्गमा कर्मचारीहरुको एक हुलले उठाएका थिए ।

उक्त माग पछी धेरै जसो काजमा बसेका कर्मचारीहरुले चर्को विवाद गदै आएकोमा अख्तियारले छापा मार्नु र बिभागीय टोलीको अनुसन्धान आउनु अघि नै केही कर्मचारीहरुले कार्यालय प्रमुख पवन सुवेदीले कार्यालय सगै रहेको माथील्लो तलामा रहेको निवासमा बिहानको खाना खादै गर्दा सुवेदीको श्रीमती कै अगाढी झडपको स्थिती सृर्जना भएको थियो । उक्त घटनापछी केही कर्मचारी आफनो काज फिर्ता र केही सरुवा गरी गएको केही दिनमा नै यातायात भित्र प्रक्रियागत रुपमा भ्रष्टाचार हुने गरेको उजुरी अख्तियारमा परेको थियो ।
अख्तियारले उक्त उजरी उपर छानवीन गर्दा कार्यालय प्रमुख रहेका उप–सचिव पवन सुवेदी लगायत ४ जना शाखा अधिकृत, मेकानिकल इन्जिनियर, ८ जना सुब्बा र १ प्रहरी निरीक्षक सहित २ जना प्रहरीले हाल जागीरबाट हात धुनुपरेको छ । स्रोतका अनुसार यातायात कार्यालय भेरी, नेपालगञ्जमा इटहरी जस्तो ठुलो रकम हिनामिनाको सबुत पहिल्य नै मिलाएकाले केही कर्मचारीहरुले सफाइ पाउन काठमाडौंमा रहेको बताएका छन र