१७ श्रावन, नेपालगञ्ज/ चेक बाउन्स बैंकिङ कसुरमा मुद्दा खेपिरहेका धनगढीका दुई महिला धरौटी बुझाउन नसकेर सोमबार नेपालगञ्ज स्थित कारागार चलान भएका छन् ।
कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–८ बुद्धचोककी कविता चौधरी र मञ्जु बमलाई धरौटी बुझाउन नसकेपछि उच्च अदालत नेपालगञ्जको बाणिज्य ईजलासले कारागार चलान गरेको हो । कविता चौधरीबाट ७ लाख र मञ्जु बमबाट साढे तीन लाख धरौटी माग भएको र उनीहरुले बुझाउन नसकेपछि कारागार चलान गरिएको कैलालीका प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिनुभयो । कविता चौधरीले रेखा अधिकारीलाई दिएको बैंक अफ काठमाडौंको १४ लाखको चेक बाउन्स भएपछि उनी पक्राउ परेकी थिइन् ।
मञ्जु बम पनि कल्पना जोशीको उजुरीका आधारमा पक्राउ परेकी हुन् । बमले वैशाख २५ गते दिएको एनआइसी एसिया बैंकको ६ लाख २९ हजारको चेक नसाटिएपछि कल्पनाले प्रहरीमा उजुरी गरेपछि उनी पक्राउ परेकी हुन् ।
प्रहरीले मिटर ब्याजकै आरोपमा पक्राउ परेकी अर्की महिला निलम पनेरुको भने बहस जारी रहेको जनाएको छ । पनेरु विरुद्ध धनगढीका ६ जनाले चेक बाउन्स गराएर प्रहरीमा उजुरी दिएका थिए । ब्याजको लोभमा सापटी लिने र ठगी गर्ने गिरोहको रुपमा महिलाहरुकै नाम अगाढी आएको द्धटनाक्रममले देखाउदै आएको छ । मिटर ब्याज धन्दामा लागेर
हाम्रो संरचना । १७ श्रावण २०७४, मंगलवार ०९:०८