नेपालगञ्ज–खजुरा रोडमा बस र ट्रक ठोक्कियो दुर्घटना

१६ असोज, नेपालगञ्ज  / बाँकेको नेपालगञ्ज – खजुरा सडक खण्डमा बस र ट्रक ठोक्किएर एक जनाको ज्यान गएको छ । दुर्घटनामा भारत रुपइडियाका ६० बर्षिय राममनरत शर्माको मुत्यू भएको छ भने  २३ जना घाइते भएका छन् । 

घाइते २३ जना मध्ये १० जनाको अवस्था गम्भिर रहेको छ । घाइतेहरुको नेपालगञ्ज स्थित अस्पतालमा उपचार भईरहेको  छ ।

नेपालगञ्जबाट बर्दियाका लागि छुटेको ना ४ ख १०९४ नम्बरको बस र बर्दियाबाट नेपालगञ्जका लागि छुटेको ना २ ख ९३६० नम्बरको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

 

सम्बन्धित शीर्षक