५ नम्बर प्रदेशको राजधानी बांके नबनाइए बांके-बर्दिया ६ नम्बर प्रदेशमा जाने चेतावनी !

  •  सरला सुबेदी 
  • ७ पौष ,कोहलपुर/   ५ नम्बर प्रदेश को राजधानी  बांके जिल्लामा नराखिए बांके र बर्दिया ६ नम्बर प्रदेशमा गाभिने पहल हुनुपर्ने राजनितिक दलका जिल्ल स्तरिय नेतन तथा कार्यकर्ताले पत्रकारसम्मेलन गरि जानकारी गराएका छन ।

५ नम्बर प्रदेशको केन्द्र  शक्ती केन्द्रको हिसाबले बुटवल बनाइएमा हाम्रो माग र अबको लडाई भनेको बाके र बर्दियालाई सुर्खेतमा अर्थात ६ नम्बर प्रदेशमा मिसाउने हाम्रो निरन्तर अभियान रहने कुरा पत्रकार सम्मेलनमा जानकारी गराएका छन ।

बाँकेको कोहलपुरमा प्रादेशिक राजधानीको माग गर्दै शुक्रवार कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा बाँकेको कोहलपुरमा प्रदेश राजधानीको लागि आवश्यक पुर्वाधार र भौतिक संरचनाहरु रहेको कोहलपुर नगर विकास समितिका अध्यक्ष अवराज खड्काले बता । उनुभयो खड्काले  प्रदेश नम्बर ५ को पिडडिएको सप्रचुर सम्भावना बांकेको बांकेमा  राजधानी  बन्नुपर्छ भन्ने हो,आवश्यक सवै संरचना दिन हामी तयार छौं ।

प्रादेशिक राजधानीका लागि आवश्यक पर्ने भौतिक संरचनाहरु र आवश्यक करिव २ सय विगाह जग्गा समेत उपलब्ध गराउन सक्ने नगर विकास समितिका खड्काले जानकारी गराउनु भयो ।

प्रदेश राजधानीका लागि चाहिने सम्पूर्र्ण पूर्वाधार बाँकेको कोहलपुरमा तयारी अबस्थामा रहेको भन्दै ‘सामथ्र्य र पूर्वाधारका दृष्टिले बाँके अनुकुल रहेको एमालेका नेता सूर्य ढकालले बताउनु भयो ।

प्रदेश नम्वर ५ को राजधानी बाँकेको कोहलपुरमा बनाउदा आवश्यक पर्ने संरचनाहरु भएको बताउँदै कोहलपुर नगर विकास समितिले पूर्वाधारहरुको सुचि समेत सार्वजनिक गरेको छ ।

यसै गरि पत्रकार सम्मेलनमा उद्योग बाणिज्य संघ कोहलपुरका पुर्व अध्यक्ष नरेन्द्र शर्मा,होटेल व्यवसाय संघका अध्यक्ष बलराम भट्टराईले राजधानी बांकेमै हुनुपर्छ भन्दै आ -आफ्नो भनाई राखेका थिए।

सम्बन्धित शीर्षक