बांके जिल्लाबाट आगामि मंसिर १०र २१ गते हुने निर्वाचनमा को–को भिडदै छन ?

२० असोज, नेपालगञ्ज/ बांके जिल्लामा निर्वाचन क्षेत्र ३ वटा रहेका छन । निर्वाचन क्षेत्र नम्वर १ मा संघिय संसद सदस्यको लागी एमाले,माओबादी र नया जनशक्तीको तर्फबाट माओबादीका केन्द्रीय सदस्य महेश्वर गहतराज (अथक) र नेपाली कांग्रेसबाट पोषण के.सी. वा ज्ञानु के.सी. निर्वाचनमा प्रतिस्पर्धा गर्ने अन्तीम तयारीमा जुटेका छन ।   
निर्वाचन क्षेत्र नम्वर १ मा एमाले माओबादीको एकिकरण अभियानमा अन्य सहभागी दललाई सिट दिएर बचेको ६०/४० मा बांके क्षेत्र नम्वर १ मा एमाले माओबादी प्रतिस्प्रधि नेपाली कांग्रेस भन्दा बलियो रहेकाले माओबादीले उक्त सिटमा अथकका लागी सुरक्षित गर्ने निश्चित जस्तै रहेको छ ।

त्यसैगरि बांके क्षेत्र नम्वर २ मा एमाले, माओबादीले राष्ट्रिय जनता दलका सह–महामन्त्री रहिसकेका मधेशी नेता पशुपती दयाल मिश्रालाई संघिय संसद सदस्यका टिकट दिने यस अघि नै सहमती गरिसकेका छन ।

नेपाली कांग्रेसबाट भने क्षेत्र नम्वर २ बाट राजकुमार बर्मा, निरञ्जन सिंह सिजापती एक जनाले टिकट पाउने सम्भावना रहेको छ । मुस्लिमबाट अब्दुल हमिद सिद्दिकी नाम चर्चामा रहेपनि स्थानिय निर्वाचनमा अन्र्तरघात गरि सहयोग नगरेको आरोप कार्यकर्ताले लगाउदै आएका छन ।

संघिय संसद सदस्यका निर्वाचन क्षेत्र २ मा संघिय समाजबादी फोरमका इस्तियाक राइको पाि केही पकड रहेको छ भने राप्रपाको तर्फबाट भवल शम्शेर जबराले नेपालगञ्ज उप–महानगरपालीकामा मेयर पदमा निर्वाचित भएको अवस्था रहेको छ ।
क्षेत्र नम्वर ३ मा संघिय संसद सदस्यका नेपाली कांग्रेसबाट युवराज शर्माको प्रवल सम्भाना रहेको छ । शर्मा नेपाली कांग्रेसमा पछाडी पारिएका पुराना नेता भएकाले यस पटक उनका लागी अनुकुल अवस्था रहेको छ ।

एमाले, माओबादी र नया शक्तीको तर्फबाट संघिय संसद सदस्यका लागी नन्दलाल रोकायले प्रतिस्पर्धाका लागी टिकट पाउने सम्भावना रहेको छ ।
एमाले, माओबादी, नया जनशक्ती र राष्ट्रिय जनता पार्टीका प्रभावशाली ब्यक्तीहरुको एउटै पार्टीबाट एक जना मात्र उम्मेद्धवार बन्ने भएपछी बांके जिल्लामा पनि नेपाली कांग्रेस कमजोर प्रतिस्प्रधीको रुपमा रहने देखिएको छ ।

प्रदेश सभामा पनि क्षेत्र नम्वर २ बाट राष्ट्रिय जनता दलका तर्फबाट वा नव प्रबेशीको तयार रहेका एक जना ब्यक्तीलाई प्रदेश सभा सदस्यको टिकट दिने सहमती पछी, नया जनशक्तीलाई अन्य जिल्लामा ब्यवस्थापन गरि निर्वाचन क्षेत्र १ बाट प्रदेश सभा सदस्य माओबादी र एमालेले १/१ सिट पाउने सम्भावना रहेको छ ।
निर्वाचन क्षेत्र २ मा बांकी रहेको १ प्रदेश सभा सदस्य एमालेले लिने र निर्वाचन क्षेत्र नम्वर ३ को प्रदेश सभा सदस्य १/१ सिट लिने गरि माथिल्लो निकायबाट टिकट दिने सम्भावना रहेको छ ।
जस अनुसार राजमो ले संघिय र प्रदेश संसद १/१ गरि २ सदस्यको, माओबादीले १ संघिय र २ प्रदेश संसद र एमालेले १ संघिय र ३ प्रदेश संसद सदस्यको टिकट पाउने सम्भावना रहेको छ ।
माओबादीले बांकेबाट पाउने समाबेशीमा १ बाट संघिय संसद सदस्यका पूर्णा सुबेदी, प्रदेश सभासदस्यमा ३ बाट डम्बर बि.क. तुफान रहेका छन । एमाले भने समाबेशीमा नामावली नामावली छनौट शुक्रबार गर्ने जनाएको छ ।
आगामि मंसिर १० र २१ गते हुने संघिय तथा प्रदेशको निर्वाचनका लागी निर्वाचन आयोगमा दल दर्ता भएका राजनितीक दलहरुले आ–आफना उम्मेदवारहरुको नाम तल्लो पार्टी कमिटिबाट नामावली सिफारिस गर्ने क्रम जारि नै रहेको छ ।
एमाले र माओबादी पार्टी एकिकरण सम्मको सहमती गदै निर्वाचनमा एक भएर जाने सहमती भएपनि सो पार्टीहरुले अलग–अलग नामावली सिफारिस गरिसकेको अवस्था रहेको छ ।
नेपालका ठुला शहरहरुमा पार्टी एकिकरण सम्मको एकताको घोषणा र निर्वाचनमा एक भएर जाने सहमती भएपछी माओबादी र एमालेका कार्यकर्ताहरुमा एकातिर उत्साह छाएको छ भने अर्कोतिर अलमलमा परेको अवस्था पनि रहेको छ । ३ पार्टी एक भएको घोषणाको अवस्थामा टिकटको भागवण्डामा कस्ले कुन क्षेत्र पाउने अलमलमा परेका हुन ।