भुकम्पबाट क्षती पुगेका जाजरकोट र रुकुमका घरहरुमा एमालेका स्वंय-सेवक दस्ता काममा ब्यस्त

भुकम्पबाट क्षती पुगेका जाजरकोट र रुकुम घरहरुमा एमालेका स्वंयसेवक दस्ता काममा ब्यस्त । फोटो: बिनय दिक्षित

जाजरकोट ९ मंसिर/  बोलीका ठेगान नभएको ब्यवहारमा देखिएका केही ब्यक्तिहरु काठमाण्डौंमा ताल न बेतालको आन्दोलनमा सरिक भईरहदा यता जाजरकोट र रुकुमको भुकम्प पिडित क्षेत्रमा कठाग्रिने जाडोमा एमालेका स्वयंम–सेवकहरु भने सर्वसाधरण जनताको सेवामा ब्यस्त रहेको पाइएको छ ।

स्वयंम–सेवा गर्न चाहने जिल्लाले भुकम्प पिडित क्षेत्रका पार्टी तथा स्थानिय सम्वन्धीत निकायहरुसंग समन्वय गरेर स्व–इच्छाले पिडित जनताको सेवा गर्ने उदेश्यले कम्तीमा १५ /१५ दिनको पालो लगाएर स्वयम सेवा खटिएको पाइएको छ ।

एमाले बर्दिया र बांकेले खाने बस्ने सबै आफै गर्ने गरि रुकुमको भुकम्प पिडित क्षेत्रका बासिन्दाहरुको भत्किएको घरमा खोजतलास, समान उद्धार देखि घर निर्माणमा गर्ने काममा ब्यस्त रहेको देखिन्छ ।

तराईको न्यानो ठाउंका बासिन्दा पडाहको चिसो कठाग्रिने चिसोमा बस्ने बांस देखि खाने गांस सम्मको आफै ब्यवस्था गरेर पिडित क्षेत्रका जनताको सेवा लागीरहेकोमा आफुलाई गौरबको अनुभुती भईरहेको स्वयंसेवा गर्न पुग्नुभएका स्वयंसेवकहरुले बताउने गर्नुभएको छ ।

भुकम्प प्रभाबित क्षेत्रमा कर्णाली र लुम्बिनी प्रदेशका जिल्लाहरुबाट बढी स्वंयम सेवकहरु जाने क्रम बढीरहेको र भ्कम्प प्रभाबित क्षेत्रका जनताको पिडामा मलम लगाने काम एमालेले गरिररहेको जाजरकोटबाट प्रतिनिधित्व गर्नुभएका केन्द्रिय सदस्य निरज आर्चायले बताउनु भएको छ ।

भूकम्पको इपिसेन्टर रहेको जाजरकोटको बारेकोटमा एमालेका स्वयंसेवकलेहरुले शुक्रबार देखि नै भग्नावशेष हटाएर अस्थायी आवास निर्माण कार्यमा जुटेको पाइएको छ । एमाले गाउँ कमिटीका अध्यक्ष भक्तबहादुर बस्नेत नेतृत्वमा पार्टीको स्थानीय समुहले भूकम्पको इपिसेन्टर बारेकोटको रामिडांडाबाट शुक्रबार देखि भूकम्पले भत्किएका घरहरुको भग्नावशेष हटाउने र नयाँ टहरा बनाउने काम सुरु गरेको छ । एमाले भात्रृ संगठन राष्ट्रिय युवा संघ नेपाल, कर्णाली प्रदेश कमिटीको स्वयंसेवक टिम पनि उक्त ठाउंमा पुगेर प्रभावित क्षेत्रमा स्वयसेवा काममा जुटेको एमाले केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिनुभएको छ।

आचार्यका अनुसार एमालेले भुकम्प प्रभावित क्षेत्रमा खटाएका करिब १ हजार १ सय स्वयंसेवकहरुले जाजरकोट जिल्लाका भेरी, नलगाड, कुशे र बारेकोट तथा रुकुम पश्चिमका आठबिसकोट, चौरजहारी र सानीभेरीका अति जोखिमका बस्तीहरुमा पुनःस्थापना र पुनर्निर्माणका काम गरिरहेका छन ।

प्रभावित क्षेत्रमा खटिएका स्वयंसेवकहरुको व्यवस्थापन तथा परिचालनको नेतृत्व केन्द्रीय सदस्य निरज आचार्य र पार्टीको केन्द्रीय विपद व्यवस्थापन तथा स्वयंसेवा विभाग प्रमुख किरण पौडेलले गरिरहनु भएको आर्चायले जानकारी दिनुभएको छ ।