हाम्रो संरचना शनिबार, कार्तिक ६, २०७८ 494 Views

३ कात्तिक,नेपालगञ्ज /  नेपालगञ्ज उप– महानगरपालिका–२ धम्बोझीमा रहेको कमल विकले सञ्चालन गरेको कमल होलसेल तथा फेन्सी पसलमा शुक्रबार बिहान सवा एक बजे आगलागी भएको छ ।  

जिल्ला प्रहरी कार्यालय बाँकेका सह प्रवक्ता तथा मुद्दा फाँट ईन्चार्ज प्रहरी निरिक्षक बिरबहादुर थापाले दिनुभएको जानकारी अनुसार विद्युतको सर्ट भएर  आगो लागि भएको प्रारम्भिक अनुसंधानले देखिएको जानकारी दिनुभएको छ ।
स्थानीय प्रहरी, सर्वसाधारण र दमकलको सहायताले शुक्रबार बिहाननै आगलागि भएको ४५ मिनेटमै नियन्त्रणमा लिन सकिएको प्रहरीले बताएको छ । सो घटनामा करिव करोड बढीको क्षति भएको पीडितले दावी गरेको प्रहरी निरिक्षक थापाले जानकारी दिए ।