(अपडेट ) : सिँचाई मन्त्रालयको जिप त्रिशूली दुर्घटना : सिँचाइ सचिवको शव फेला,अन्य २ जनाको खोजी कार्य जारी


२७ माघ,धादिङ/  शनिबार बिहान पृथ्वी राजमार्गस्थित धादिङको सलाङघाटमा भएको जिप दुर्घटनामा वेपत्ता भएका सिँचाइ सचिव रामानन्द प्रसाद यादवको शव फेला परेको छ ।

उद्दारमा संलग्न प्रहरीका अनुसार सिँचाइ सचिव रामानन्द प्रसाद यादवको शव ड्राइभरको सिटबाटै निकालिएको छ ।

शनिबार बिहान कुरिनटारबाट आएको गोताखोरले जिप १५ मिटरको गहिराइमा जिप भेट्टाएका थिए।

सचिवको शव सोही जिपबाट निकालिएको उद्दारकार्यमा संलग्न प्रहरीले बताएका छन्। वेपत्ता भएका तीन मध्ये सचिवको शव फेला परेको छ भने छोरा सन्तोष यादव र १५ साथीको छोरी वर्षीया उन्नती गुप्ता हराइरहेका छन्।