२२ जेठ, दांग/ ५ केजी अफिमसहित दाङ प्रहरीले तीन जना युवालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी रामबहादुर घर्ती मगरले घोराहीबाट उनीहरूलाई पक्राउ गरिएको जानकारी दिनु भएको छ ।
गोप्य सूचनाको आधारमा घोराही उपमहानगरपालिका वडा नं. १५ को एउटा होटल नजिकैबाट उनीहरूलाई आइतबार बेलुका साढे ७ बजेतिर पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेहरुमा रोल्पाको परिवर्तन गाउँपालिका वडा नं. ४ निवासी ३१ वर्षीय शक्तिराम वली र रुकुम पूर्वको भूमे गाउँपालिका वडा नं. ६ निवासी २७ वर्षीय एलन रोका र सोही गाउँपालिका वडा नं. ८ का २८ वर्षीय देवबहादुर वलीलाई दाङको घोराहीबाट पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता घर्ती मगरले जानकारी दिनु भएको छ।
पक्राउ परेका विरुद्ध लागूऔषध नियन्त्रण २०३३ अन्तरगत मुद्दा चलाइएको डिएसपी मगरले जानकारी दिनु भएको छ ।
हाम्रो संरचना । २२ जेष्ठ २०७५, मंगलवार ११:२२