सम्पतीको लागी नेपालगञ्जको बसुदेवपुरमा करोडपती बृद्ध रामकिशोर तिवारीको हत्याको आशंका ! बांके प्रहरीमा जाहेरी नै छैन, सिआइबीद्वारा छानबीन आवश्यक Re-post

हत्या गरिएको आशंका गरिएका करोडौं सम्पतीका मालिक नेपालगञ्ज–१९ बसुदेवपुरका रामकिशोर तिवारीको शव ।

नेपालगञ्ज २२ कार्तिक/  पछील्लो केही बर्ष यता अपराधजन्य कु–कर्मका साथ बांकेको नेपालगञ्ज र कोहलपुर क्षेत्रमा महंगो मुल्य पर्ने सार्वजनिक तथा निजि जग्गाहरु मिलेमतोमा ब्यक्तिको नाममा दर्ता तथा हस्तान्तरण गरेर रातारात करोडपति बन्ने घटनाहरु एक पछी अर्कोरुपमा सार्वजनिक हुदै गइरहेका छन ।

नेपालगञ्ज परसपुरको बहुचर्चित निर्मला कुर्मि बेपत्ता पारेर निजको करोडों मुल्यको सम्पती ब्यक्तिको नाममा लिएको काण्ड सेलाउन नपाउदै त्यो भन्दा पनि अर्को ठुलो काण्ड नेपालगञ्जको वडानम्बर १९ स्थित बसुदेवपुरमा घटेको भेटिएको छ ।

रातारात धनी बन्न पैसाका लागी जे पनि गर्न पछी नपर्ने गिरोहले बांकेको नेपालगञ्ज उप–महानगरपालिका वडानम्बर १९ स्थित बसुदेवपुरमा सम्पती हिसाबले  झण्डै अरबपती रहेका ६७ बर्षिय बृद्धलाई बिभिन्न जालझेल तथा प्रपञ्च रचेर हत्या आशंका गरिएको निजको करोडौं रुपैया बराबरको चल तथा अचल सम्पती हत्याउन लागीरहेको पाइएको छ ।

घटनाका सम्वन्धमा हम्रो संरचना डटकम टिमको हालसम्मको अध्यय अनुसन्धान बिधि प्रयोग गरेर प्राप्त गरेको तथ्य/तथ्यांकको आधारमा फेला पारिएका सबुत प्रमाण सहित पाठकहरु समक्ष एउटा सानो खोजमुलक रिपोर्ट पेश गरिएको छ ……..

बांकेको नेपालगञ्ज उप–महानगरपालिका वडानम्बर १९ बसुदेवपुरका ६७ बर्षिय रामकिशोर तिवारीको गत २०७९ साल भदौ ५ गते राती आफनै घरमा एक्लै सुतीरहेको समयमा शंकास्पद रुपमा मृत्यु भएको थियो ।

बृद्ध रामकिशोर तिवारीको मृत्युको घटना निजको घरमा नै रहेको इलेक्ट्रिक रिक्सा चार्जको क्रममा करेन्ट लागेर मृत्युभएको निजको रेखदेखको दाबी गदै आएका भतिज सत्य प्रकाश तिवारीको रहेको छ । ततकालिन घटनास्थल मुचुल्कामा तिवारीको मृत्यु पनि शंकास्पद र अनुसन्धान गर्नुपर्ने उल्लेख गरिएको छ ।

बिक्रम सम्वत २०३९ साल फागुन ४ गते जिल्ला प्रशासन कार्यालय बांकेबाट नागरिक्ता निकाल्दा रामकिशोर तिवारी २७ बर्ष रहेको निजको नागरिक्तामा उल्लेख गरिएको छ ।

राममिलन तिवारीका २ भाई छोरा मध्य कान्छा रामकिशोर तिवारी र जेठा बीच राम कुमार तिवारीको बाबु राममिलन तिवारीले दुबै भाईको बिवाह गरि बिक्रम सम्वत २०४९ साल साउन ६ गते मालपोत कार्यालय बांकेको रसिद नम्बर ९१ म दुबै जनालाई अंशवण्डा गरिदिएको देखिन्छ ।
अंशवण्डा पछी आ–आफनो घर गृहस्थि गदै जाने क्रममा रामकिशोर तिवारीले निर्मला तिवारीसंग बिवाह गरि निजबाट २ बहिनी छोरीहरु गायत्री तिवारी र सावित्री तिवारीको जन्म भई छोरीहरुको बिवाह समेत भएको देखिन्छ ।

रामकिशोर तिवारीको बिवाहको केही बर्षपछी श्रीमती निर्मला तिवारीसंग बिक्रम सम्वत २०६३ असोज ५ गते जिल्ला अदालत बांकेको मिशिल नम्बर २१० अनुसार अंश लिएर सम्वन्ध बिच्छेद गरि अलग अलग बस्दै आएका थिए ।

घरमा एकल बस्दै आएका रामकिशोर तिवारीको स्थानिय चिनेजानेका ब्यक्तिको सहयोगमा पहिल्य कैलाली मालाखेती र हाल नेपालगञ्ज उप–महानगरपालिका वडानम्बर १८ घरमा बस्दै आएकी २५ बर्षिय लक्ष्मी सिजगरीसंग रामकिशोरको भेटघाट तथा चिनाजानी गराई दिएको देखिन्छ ।
दुबै एकल भएको र २५ बर्षिय लक्ष्मीलाई भेटेपछी रामकिशोर पनि मोहित भएर उठबसको क्रम चलेको र स्थानिय बासिन्दाहरुको बयानका आधारमा रामकिशोरले लक्ष्मीसंग बिवाहका लागी आफनो सामाजिक परम्परा अनुसार बिवाह अघि गरिने तिलक समारोह समेत गरेका थिए ।

तिलक समारोह पछी बिक्रम सम्वत २०७९ साल बैशाख ८ गते नेपालगञ्ज–२ घरबारी टोल स्थित बागेश्वरी मन्दिरमा दुबै पक्षका मानिसहरु सहभागी भएको मधेशी समूदायको परम्परा तथा रितिरिवाज अनुसार बिवाह गरी दुबै जना रामकिशोर तिवारीको घरमा बस्दै आएको घटना अध्ययन तथ्य/तथ्यांक तथा स्थानिय बासिन्दाहरुको बयानको आधारमा देखिन्छ ।

स्वर्गिय रामकिशोर तिवारी र निजले बागैशवरी मन्दिरमा बिवाह गरेकी निजकी श्रीमती लक्ष्मी सिजगरीको ततकालीन समयको बिवाह जुन रामकिशोरका भतिजाले काकाले बिवाह नै नगरेको दाबी गदै आउनु भएको छ । जुन तस्बीर आफै बोल्दछ ।

काका रामकिशोर तिवारीको नाममा करोडौ रुपैया बराबरको चलअचल जायजेथा सम्पती रहेको जानकारी रहेको र सगै बस्दै आएका रामकिशोर तिवारीका दाईका एक मात्र छोरा सत्य प्रकाश तिवारीलाई त्यतीबेला झटका लाग्छ जतिबेला आफुले बेलाबखत रेखदेख गर्दै आएका ६७ बर्षिय काका रामकिशोर तिवारीले आफनो बिरोधका बावजुद सामाजिक परम्परा अनुसार रित पु–याएर बिवाह गरि काकीलाई ल्याए ।

बिवाह पछी काका भतिज अर्थात राममिशार तिवारी र सत्य प्रकाश तिवारी बीच बोलचाल नै बन्द रहेको अवस्था रहेको थियो ।

उक्त घटनाको नजिकबाट नियालीरहेका घर नजिकै बस्दै आएका नेपालगञ्ज उप–महानगर वडानम्बर १९ का वडा अध्यक्ष प्रशुराम बर्माकोमा सत्य प्रकाश तिवारी आफनो समस्या लिएर जान्छन ।

दुबै जनाको मन्त्रणा हुन्छ त्यस घटनामा बर्माले आफुले सबै किसिमले पूर्ण सहयोग गर्ने आश्वासन दिएको घटनापछी गराइएका र पाइएका प्रमाणहरुले देखाएको छ ।

सत्य प्रकाश तिवारी आफुले सेवा गर्दै आएको बृद्ध काका रामकिशोर तिवारीको नाममा रहेको करोडौं रुपैया बराबरको सम्पतीबाट बेदखल हुनेभएपछी आत्तिएको मन लिएर पुग्छन बांकेको राप्तीपारी गंगापुर स्थित झगडिया गाउंमा रहेका आफना ससुरा जगतपाल दिक्षितको सामु ।

जगतपाल दिक्षितले जुवाई सत्य प्रकाश तिवारीलाई आश्वासन दिदै केही फरक नपर्ने र आफुले सबै ठिक गर्ने भन्दै सान्त्वना दिन्छन । त्यस बीचमा बिवाह भएको करिब ३ महिना पछी अर्थात २०७९ साल भदौको अन्तिम हप्ता भदौ २७ गते रामकिशोर तिवारी निजले बिवाह गरेकी २५ बर्षिय लक्ष्मी सिजगरी सहित बिवाह दर्ताका लागी सम्वन्धीत आफनो वडा कार्यालय रहेको नेपालगञ्ज उप–महानगर वडानम्बर १९को कार्यालयमा पुगेको देखिन्छ ।

त्यस दिन वडा कार्यालयमा पहिल्य देखी नै चिनजान रहेको ब्यक्ति वडाअध्यक्ष प्रशुराम बर्मासंग रामकिशोरले आफु आफनो बिवाह दर्ताका लागी आएको बताउछन ।

वडाअध्यक्ष प्रशुराम बर्माले आफनो चिनजानेको र नजिकको मान्छेभएकोले भनेको भन्दै सम्पती खानलाई पनि त बिहेको नाटक गरेको हुनसक्छ केही समय पर्खिनुहोस, अहिल्य नै बिवाह दर्ता नगर्नुहोस, बिवाह दर्तापछी छोडेर पनि जानसक्छन भन्दै फकाईफुलाई गरेर वडाअध्यक्षले बिवाह दर्ता नगरेर रामकिशोर तिवारी र निजको श्रीमतीलाई घर फर्काईदिएको घटना अध्ययनले देखिन्छ ।

वडा अध्यक्ष प्रशुराम बर्माले तिम्रो काका बिवाह दर्ता गर्न आएको यस पटक त मैले सम्झाइ–बुझाई फर्कादिएको छु अर्कोपटक कसरी रोक्ने ? भन्दै सत्यप्रकाश तिवारीलाई वडाअध्यक्षले जानकारी गराएको स्रोतको दाबी रहेको छ ।

त्यसघटनामा काकाको नाममा रहेको नेपालगञ्जको सोल्टी होटेल वरीपरी,रापतीपारी र हवल्दारपुर क्षेत्रमा  रहेको घडेरी लायक करिब १२८ कटठा जग्गा आफनो नाममा आएपछी त्यसमध्य करिब १२ कटठा जग्गा दिने आश्वासन समेत सत्य प्रकाशले वडा अध्यक्षयलाई दिएको स्रोतको दाबी रहेको छ ।

रामकिशोर तिवारीको भतिजो सत्यप्रकाश तिवारीले काकाले काकीसहित बिवाह दर्ताको लागी वडा कार्यालयमा गएको थाहपाएपछी फेरी उक्त घटनालई लिएर सत्यप्रकाश तिवारी पुनः राप्तीपारी झगडिया गाउं पुगेर ससुरा जगतपाललाई सुनाउछन ।

जगतपाल दिक्षित पटक–पटकको टेन्सन नै साफ गर्ने मुडमा पुग्छन र रामकिशोरको श्रीमती भदौ ३ गते श्रीकृष्ण जन्माष्टमीको वर्तसगै माइती घर गएको मौकापारी भदौ ५ गते रामकिशोर तिवारी घरमा एक्लै सुतीरहेको अवस्थामा शंकास्पद मृत्यु हुन्छ ।

रामकिशोरको शंकास्पद मृत्युको स्थानियले बांके प्रहरीलाई दिन्छन र निजको श्रीमती लक्ष्मी सिजगरीलाई पनि स्थानिय मार्फत रामकिशोर तिवारीको मृत्य भएको घटना थाहहुन्छ ।

रामकिशोर तिवारीको शव घरपछाडी रिक्सा चार्ज गर्ने ठाउंमा दुबै हातले खुला तार समातेको अवस्थामा शव फेला पर्छ । स्मरण रहोस करेन्ट लाग्दा मानिसको शरिर कालो भई जलेको र खुला तारले फयाक्ने गर्दछ तर त्यो शवमा हातले तार समातेकै अवस्थामा रहेको घटनास्थलमा उपस्थित रहेका स्थायिन बासिन्दा जानकारी दिनुभएको छ ।

रामकिशोरको शंकास्पद हत्या वा मृत्यू घटनाको क्रममा शबको सदगदका निम्ती बांके प्रहरीले भतिजो सत्यप्रकाशलाई दिएको पूर्जी ।

करोडपती रामकिशोर तिवारीको शंकास्पद मृत्यु घटनामा भतिजो सत्यप्रकाश तिवारी, निजको ससुरा जगतप्रकाश दिक्षित र वडाअध्यक्ष प्रशुराम बर्मा तर्फ बाण तेस्रियपछी यस बीचमा बिभिन्न शक्ती केन्द्रहरुमा धाउने देखी अनेकौं चलखेल र खेलखण्ड भएको पाइएको छ ।

घटनास्थलको मुचुल्का गरेपछी बांके प्रहरीले दुबै पक्षको निगरानी गरीरहेको अवस्था थियो । यस बीचमा रामकिशोर तिवारीको मृत्यु घटनालाई भबितब्य मृत्यु भन्दै वडा अध्यक्ष प्रशुराम बर्माले श्रीमती लक्ष्मी सिजगरीलाई बाइपास गरेर भतिजो सत्यप्रकाश तिवारीसंग अपुताली हकलाग्ने एक मात्र भतिजो सत्य प्रकाश रहेको र अन्य छोरीहरको समेत मृत्युभईसकेको मृत्यू दर्ता प्रमाण पत्र देखी सत्य प्रकाश तिवारीको नाममा अपुताली श्रीसम्पती पास गरिदिने सम्मको वडा कार्यालयबाट सिफारिस गरेको देखिन्छ ।

रामकिशोरको शंकास्पद हत्या वा मृत्यू घटनापछी नेपालगञ्ज उपमहानगरपालिका वडानम्बर १९ का वडा अध्यक्ष प्रशुराम बर्माले रामकिशोर श्रीमतीलाई पुरै बाइपास गरे रामकिशोरनामको जग्गा जमिन तथा बैकमा रहेको सम्पती समेत रामकिशोर मृत्यू दर्ता र सत्य प्रकाश तिवारी एकल हकवाला रहेको प्रमाणित गरी दिएको सिफारिसको अंशको पत्र र निजले नेपालगञ्ज–१९ भन्दा बाहिर बिवाह भएकी रामकिशोर छोरीको समेत आफनै वडाबाट आफैले मृत्यू दर्ता गरेर प्रमाणित गरेको पाइएको छ । जग्गा नामसारीाजमिन

वडा कार्यालयको सिफारिसको आधारमा शंकास्पद मृत्यु भएका रामकिशोर तिवारीको नाममा बिभिन्न बैकमा रहेको फिक्स डिपोजिट र बचत गरी करिब ३० लाख रुपैया झिकेर घटना गुपचुप मिलाउन खर्च गरेको आशंका गरिएको छ भने बिभिन्न शक्ती केन्द्रहरुमा धाउदै जग्गा पाएपछी जग्गा दिने समेत आश्वासन बांडेको पाईएको छ ।

मृर्तक रामकिशोरले आफनो अमुल्य सम्पती राख्ने गरेको बाकसको चाबी जनैमा बांधेर राख्ने गरेकोमा उक्त जनै काटेर चाबी लिई बाकस खोली रामकिशोर तिवारीले श्रीमती लक्ष्मी सिजरीको बिवाहमा खरिद गरिएका लाखौं रुपैयाका गर गहना र केही नगद समेत घटनामा संलग्न ब्यक्तिहरुले लिएर गएको हुनसक्ने घटनास्थलको प्रहरीको मुचुल्कामा समेत देखिन्छ ।

रामकिशोरको शंकास्पद मृत्युकै दिन जनै काटेर चाबी नियन्त्रण लिई बाकसमा रहेका सबै कागजपत्रहरु समेत लिनुको साथै घटनापछी समेत सत्यप्रकाशले घरमा भोटे ताल्चा लगाई काकी लक्ष्मीलाई काजक्रिया समेत गर्न नदिएको पिडित पक्षको आरोप लागाएको  छ ।

रामकिशोर तिवारीको हत्या आशंका गरिएकोमा सेटिंगमा भबितब्य बनाई ब्यवस्थापन गरेपछी भतिज सत्यप्रकाश तिवारी निजका ससुरा जगतपाल दिक्षित र वडाअध्यक्ष प्रशुराम रामकिशोर तिवारीको नाममा घडेरी लायकको रहेको १२८ कटठा जमिन सत्य प्रकाशको नाममा गर्ने प्रपञ्चको करमका मालपोत कार्यालय बांकेबाट स्थानिय र्सजमिनको लागी गएको अधिकृत सहितको टोलीलाई दिउसो नआइदिनुस पिलिज रातीमा आइदिनुस भन्नु र र्सजमिन गर्न स्थानिय भद्र–भलादमी बोलाउन भन्दा कोही अभएको भनी जवाफ दिनु र सर्जमिन टोलीलाई प्रभाबित पार्न अनेकौ हत्कण्डा गरेको घटनाले पनि राजनितिका नाममा गन्धा ब्यक्तिको सहयोग लिएर यस्ता समाजिक अपराधजन्य घटनाको ढाकछोप गर्नुले पनि त्यस घटनामा रामकिशोर तिवारीको हत्या गरिएको प्रसस्त शंकास्पद गतिबिधि रहेको देखिएको छ ।

बांकेमा निर्मला कुर्मिको २ छोराको शंकास्पद तरिकाले १५ दिनको फरकमा मृत्यू र निर्मलाको समेत बेपत्ता पारेर करोडों रुपियां पर्ने जग्गा हडपेको सिलाउन नपाउदै, नेपालगञ्ज कै १९ नम्वर वडा पर्ने बासुदेवपुरमा ६७ बर्षिय बृद्धको शंकास्पद हत्या गरेर सम्पती हडप्ने घटना, कोहलपुर–९ मा रमादेबी कलवारको नामको जग्गा बकसमा भतिजोले मिलेमतोमा पास गरेर लैजाने घटना, नेपालगञ्जको कारकादोमा जग्गा हदबन्दी पहिलाको मितिमा बांकेको भुमिसुधारको फिल्डबुकमा भोगचलन देखाएर मोही कायम गर्न लाइएर महंगा जग्गा दर्ता तथा नामसारी गर्न लगाउने सम्पतीका निम्ती अनेकौ सेटिंग गर्ने घटनाले चरम रुप लिईरहेको अवस्थामा यि र यस्ता घटनालाई नियमन गर्न नेपाल प्रहरीले सिआबीको एउटा शसक्त टिम बनाएर अनुसन्धान गरि न्यायिक निरुपन गर्न लाग्नुपर्ने देखिन्छ ।

सम्बन्धित शीर्षक