रांझा एयरपोर्ट रहेको नेपालगञ्जको २० नम्बर वडाका ११ वटा निर्णय सार्वजनिक

नेपालगञ्ज ७ साउन/ सरकारी कोषमा जम्मा भएको पैसाबाट तलब भत्ता दिनेगरि मनपरी कर्मचारी राखेर अख्तियारको फन्दामा पर्नुभएका नेपालगञ्ज उप–महानगरपालिका वडानम्बर २० का अध्यक्ष कौशल कुमार धोबीको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकले वडानम्बर २० मा जनपरिचलन गरेर ततकाल गर्न सकिने बिभिन्न ११ वटा जनमुखि कामहरु गर्ने निर्णय गरेको छ ।

वडाका पदाधिकारी एवम सरोकारवाला निकायहरुको समेत उपस्थितमा ब्यापक छलफल गरि नेपालगञ्जको एयरपोर्ट रहेको २० नम्बर वडालाई ततकाल श्रृगारपटार देखी सडकमा ट्राफिक ब्यवस्थापन, वाताबरण प्रदुषणमुक्त देखी सुरक्षका लागी सिसि क्यामेरा जडान गर्ने सम्मका बिभिन्न ११ वटा निर्णय गरिएको छ ।

रांझा बिमान स्थल बाहिर सडकमा मनपरी राखिएका टंयाकर ब्यवस्थापन गर्न सम्पन्धीत पक्षसंग समन्वय गरेर पार्किडमा ब्यवस्थानि गर्ने, एयरपोर्ट सडक किनारामा अनिबार्य सरसफाई गर्ने र फुलहरुको गमला राख्ने देखी यहि साउन १५ गते बिहान ७ बजे रांझा चौक देखी नाला सम्म बृक्षा रोपन गर्ने, सबै पसल साउजीहरुले एकै किसिमको बोर्डहरु बनाउने, संस्थागतरुप तथा ब्यक्तिगत रुपमा सिसि क्यामेरालाई एउटा सडक तर्फ फकाृएर राख्न सम्वन्धीत पक्षलार्य अनुरोध गर्ने, सबै ब्यपारा ब्यबसायिलार्य असोज ३० गते सम्म अनिबार्यरुपमा वडा कार्यालयमा दर्ता गर्न अनुरोध गर्ने, सडक किनाराका सटरहरुको रंग एकैकिसिमले पेन्ट गर्ने , जथाभाबी स१चालमा रहेका ठेला रिक्साको पनि ब्यवस्थापन गर्ने लगायतका ११ वटा निर्याय गरेको २० नम्वर वडा कार्यालयले जनाएको छ ।

हेर्नुहोस निर्णयहरु….