सुर्खेत/ सुर्खेतको लेखवेशी गाउँपालिका–९ बाट पिक्निक खान सुर्खेतको वीरेन्द्रनगर–१४ कटकुवाबाट फर्कदै गरेको बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ४३ जना घाइते भएका छन् ।
वीरेन्द्रनगर–१४ कटकुवाबाट फर्कदै गरेको भे १ ख ८५९ नम्बरको बस कपासे नजिकै गजेनी मोडमा शनिबार साँझ साढे पाँच बजेतिर दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परी सुर्खेतको लेकवेशी नगरपालिका–८ गन्नेपानीका जानकी दर्लामी र देउमाया बनटाकिको मृत्यु भएको प्रहरीले जनाएको छ । सुर्खेतका प्रहरी प्रमुख एसपी बसन्त रजौरेका अनुसार दुर्घटनामा घाइते चार जनाको अवस्था गम्भीर छ ।
घाइतेहरुको कर्णाली प्रदेश अस्पताल कालागाउँ र माया नर्सिङ्ग होममा उपचार भइरहेको उनले बताए ।
लेकबेसी – ८ गन्नेपानीको जनजागृती युवा क्लबको टोली पिकनिक खाएर फर्कदै गर्दा बस दुर्घटना भएको प्रहरीले बताएको छ ।
हाम्रो संरचना । १५ मंसिर २०७५, शनिबार २१:५७