कोहलपुर प्रहरीको सक्रियता जारि : एकै दिन बाघको छाला, ढुंगा र १० लाख डलर वाला पक्राउ

२३ पुस, नेपालगञ्ज/ प्रलोभनको वास्ता नगरि २ जना सुन्दर नेपाली युवती सहित २ जना भारतिय ग्राहकलाई रंगेहात पक्राउ गरि मुद्धा प्रक्रिया अगाढी बढाएको इलाका प्रहरी कार्यालय कोहलपुरले सोमबार थप ३ वटा घटनाको अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

सोमबार बिहान करीब १० बजे तिर कोहलपुरको हाईस्कुल नजीकबाट १० लाख अमेरिकन डलर रुपैया आफुसंग रहेको देखाउदै ठगी गर्ने उदेश्यले स्थानियसंग बार्गेनिग गरिरहेको अवस्थामा जाजरकोट शिवालय गाउपालिका वडा नं. ६ बस्ने बर्ष २९ को चक्र बुढालाई  ONE MILLION लेखेको U.S.A. DOLLAR थान -१ सहित   नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको जनाएको छ ।

त्यसै गरि सोमबार नै करीब १० बजेकै समयमा बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ कृर्षि बजार चोक बाट ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट खटिएको प्रहरी टोलीले बर्दिया जिल्ला बाँसगढी नगरपालिका वडा नं. ८ बस्ने बर्ष ४९ को हरिराम थारुलाई काईनेटिक स्टोन सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको जानकारी दिएको छ ।

सोमबार नै दिउसो १ बजे कोहलपुर नगरपालिका वडा नं. ११ बसपार्क क्षेत्रबाट बिशेष सुचनाका आधारमा प्रदेश अनुसन्धान ब्युरो शाखा कार्यालय नेपालगञ्ज र ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट खटिएको प्रहरी टोलीले जिल्ला दैलेख गुराँस गाउपालिका वडा नं. २ बस्ने बर्ष ३६ को कमल बहादुर खत्री र जिल्ला कञ्चनपुर पुनर्वास नगरपालिका वडा नं ४ बस्ने बर्ष २० को हरि ढकाललाई पाटेबाघको छाला थान -१ (लम्बाई ९ फिट ९ ईन्च र चौडाई २ फिट ३ ईन्च) त्यसको हड्डी थान ५६ सहित नियन्त्रणमा लिई आबश्यक अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।

नेपालगञ्ज धम्बोजी निवासी ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक रमेश बहादुर सिंहले नेतृत्व समालेको केही दिनमा नै केही ब्यक्ती तथा तस्करले दिएको पैसाको परलोभनमा नपरि तस्कर तथा असाजिक तत्वलाई कार्बाही प्रक्रिया अगाढी बढाएकोमा ५ नम्बर प्रदेश कार्यालयले डिएसपी सिहलाई पुरस्कृत पनी गरिसकेको छ । पहिलो पटक कोहलपुर मै प्रहरीले गरेका काम कार्बाहीको सार्वजनीक सुनाई पनी गरेको छ ।