क्यासिनो बाहेक नेपालगञ्जको बिभिन्न ठाउंमा पनि जुवातास ! १३ जना पक्राउ

नेपालगञ्ज, १० असोज / नेपालगञ्जमा ६ वटा क्यासिनो बाहेक नेपालगञ्जको बिभिन्न ठाउंमा जुवातास भइरहेको भएपनि नेपाल प्रहरीले मंगलबार काठमाडौं र नवलपरासीबाट १३ जना जुवाडे पक्राउ गरेको जनाएको छ ।

काठमाडौं महानगरपालिका वडानम्बर १६ नयाँबजार बम्बई गल्ली डेरा गरी बस्ने धादिङ गंगा–जमुना गाउँपालिका वडानम्वर २ घर भएका ६५ वर्षीय रण बहादुर तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको थियो । विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३९ हजार २ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

त्यसैगरि नवलपरासी पूर्व, कावासोती नगरपालिका वडानम्बर २ मालपोत चोक बस्ने गोविन्द शर्मा न्यौपानेको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका वडानम्बर २ बस्ने ४२ वर्षीय सुन्दर श्रेष्ठ समेत ८ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको
आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३९ हजार ७० रूपैयाँ र १२ बुक तास सहित पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यता पश्चिम नेपालको यातायातको हिसाबले द्धारकारुपमा रहेको नेपालगञ्ज शहरमा जुवा तास र उहुहुहु..कार्य त सामान्यरुपमा स्थापित हुदै समाजमा बिकृतिकोरुपमा जरो गाढीसकेको अवस्था रहेको छ ।

नेपालगञ्जमा हाल सञ्चलानमा रहेका ७ वटा क्यासिनो मध्य पयाः सबैमा नेपाली जुवाडेहरु भारतिय नक्कली रासन कार्य समेत बनाएर पस्ने देखी क्यासिनो होटेल सञ्चालन भएको केही होटेलका कोठामा करोडौ रुपैया हारजितका जुवाहरु सञ्चालन भईरहेको अवस्थाले धेरै जुवाडे करोडपतिबाट रोड पति भएको देखी, जुवा हारेपछी हरुवालाई बास बस्ने ब्यवस्था गरिएका होटेलमा बिहान पख रुदै कारुणिक पिर-मर्का पोख्ने कार्य गर्ने त सामान्य जस्तो बनिसकेको छ ।

त्यसका अतिरिक्त चाडपर्वको समयमा नेपालीहरु जुवामा बढी शौखिन देखिने भएकाले नेपालगञ्जका बिभिन्न क्षेत्रमा क्यासिनो बाहेकको ठाउंमा पनि हाल लुकिछिपि पेशेवर जुवा सञ्चालन भईरहेको  नेपालगञ्जको बसपार्क क्षेत्रका नारायण घोडावाला र दिवाकरको जोडिले खेल्ने र खेलाउने गरेको, त्यसैगरि कोरियनपुरको एक होटेलमा क्यासिनोहरुमा समेत हात हालेका ब्यक्तिको अदुष्य अगुवाईमा जुवा सञ्चालनको क्रममा दुईपक्ष बीच दोहरो भिडन्त भएकोमा  बर्दियाका एकजना साधरण युवाको  हात नै छिनाल्ने गरि धारिलो हतियार प्रहार घटना भएको र एक जनाको पेटमा छुरा लागेको हालै घटना घटेको अवस्था रहेको छ ।

त्यसैगरि जानकीको शिवपुरी-पचपोखरामा निति.. ग्यांग जुवा सञ्चालनको क्रममा बवाल भएको घटना देखी नेपाल–भारत सिमा क्षेत्र जमुनहा गाउ पछाडी लगायतको ठाउंमा जुवाको सूरुवात भईसकेको अवस्था पाईएको छ ।