४ जेष्ठ,नेपालगञ्ज/ बाँकेको राप्तीपारी भोजभगवानपुरमा रहेको दिपेन्द्र प्रा.बि.मा सञ्चालनमा ल्याईएको क्वारेन्टाइनमा बसेका नरैनापुर–५ नयांबस्तीका २५ वर्षिय अनीस नाउंको आईतबार बिहान मृत्यु भएको छ ।
मृत्युभएका युवालाई शनिबार देखि झाडापखाला सुरु भएर राती एक्कासी वान्ता भएको र आज आईतबार बिहान करीब साढे ६ बजेतिर क्वारेन्टाइनमा बास बसेकै अवस्थामा मृत्यु भएको जानकारी प्राप्त भएको जिल्ला प्रशासन कार्यालय बांकेले जानकारी दिएको छ । ति युवा गत बैशाख ३० गते भारतबाट आएकाले स्थानिय निकायको समन्वयमा क्वारेन्टाइनमा राखिएको थियो ।
भारतबाट लुकिछिपी आएकाहरुको आशंका तथा अन्यको शनिबार २ सय ६३ जनाको स्वाब संकलन गरेर परीक्षणको लागि नेपालगञ्ज ल्याइएको थियो । स्वाब संकलन गरिएका मध्य ८ जनामा कोरोना सक्रमण पुष्टी भएको र अन्यको जांच चलिहेकोअवस्थामा उक्त युवाको मुत्यू भएको स्थानियले जानकारी गराएका छन ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले घटनाबारे जानकारी आए लगत्तै फिल्डमा स्वास्थ्य टोली खटाइएको जानकारी दिनुभएको छ । मृत्यु भएका युवाको शवलाई क्वारेन्टाइन स्थलमा नै राखिएको स्थायिले जानकारी दिनुभएको छ ।
क्वारेन्टाइनमा बसेकै अवस्थामा बिरामी परेका युवा ले समयमा नै औषधी उपचार पाउन नसकेकोले उक्त युवाको मुत्यूभएको आशंका स्थानियले गरेका छन ।
हाम्रो संरचना । ४ जेष्ठ २०७७, आईतवार १०:२६