एकै दिन नेपालगञ्ज क्षेत्रमा ४२ र दैलेखमा ११३ जना कोरोना संक्रमित

नेपालगञ्ज – ८ मा पहिलो सक्रमित फेला परे पछि त्यस क्षेत्रको स्वाब संकलन गर्दा को हो। Photo: File

२२ जेष्ठ, नेपालगञ्ज/  नेपालमा कोरोना संक्रमितहरुको दिनहु सयौंको सख्यामा बृद्धि हुनेक्रम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिंगको क्रममा बिहिबार पनि थप ३३४ जना नयां कोरोना संक्रमि पाइएको जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले पछील्लो पटक थप संक्रमितहरुको सख्या सार्वजनिक गर्दै बिहिबार सम्म नेपालमा संक्रमित हुनेहरुको सख्या २ हजार ६ सय ३४ जना पुगेको जानकारी दिनुभएको छ ।

बिहिबारको रिपोर्ट अनुसार कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान,जुम्लामा गरिएको परिक्षणमा मुगुका १ जना सहित दैलेखका १०६ जना रहेका छन भने सुर्खेत स्थित प्रदेश अस्पताल र पशुपक्षी रोग अन्वेषण प्रयोगालामा गरिएको परिक्षणमा दैलेखका नै ८ जना रहेका छन । यसरी बिहिबार जुम्ला र सुर्खेतमा गरिएको परिक्षणमा दैलेखका मात्र १ सय १३ जना कोरोना संक्रमित फेला परेका छन । दैलेखको नारायण नगरपालिका र नौमुलेका रहेका छन ।

त्यसैगरि भेरी अस्पतालमा गरिएको परिक्षणमा नेपालगञ्ज उप-महानगरका २ जना, जानकी गाउंपालिका  ४० जना गरि थप ४२ जना कोरोना पोजेटिभ भएको पाइएको छ ।

नेपालगञ्जको म ब क्याम्पसको पश्चिम पट्टि सिमा जोडिएको जानकी गाउँपालिका  वडा नं. १ को साईगाउँ, बढैया, शिवपुरी क्वारेन्टाइनमा बसेकाहरु ४० जना   कोरोना पोजेटिभ भएको पाइएको छ ।

त्यसैगरि काठमाण्डौंमा गरिएको परिक्षणमा बारा, धनुषा, कपिलबस्तु महोत्तरी र रौतहट गरि ९३ जना पोजेटिभ पाइएको छ ।
राप्तीमा गरिएको परिक्षणमा दांगका १५ जना, पोखरामा गरिएको परिक्षणमा म्याग्दी, बाग्लुग, पर्वत र स्यांजकाका १६ जना, सेतीमा गरिएको परिक्षणमा डोटीका ३ जना, धरानमा गरिएको परिक्षणमा झापा, ताप्लेजुंग, सत्तरी, मोंरग गरि १८ जना रहेका छन ।

हेटौडामा गरिएको परिक्षणमा सिन्धुली र रौतहटका १र १ जना र बाराका ७ जना ९ जना रहेका छन । बिराटनगर र नारायाणीमा गरिएको परिक्षणमा १ १ जना र कोशी अस्पतालमा गरिएको परिक्षणमा झापाका २ र मोरंगका ३ जना गरि ५ जना र धुलिखेलमा गरिएको परिक्षणमा १७ जना गरि बिहिबार कुल ३ सय ३४ जनाका कोरोना पोजेटिभ देखिएको छ ।
बिहिबार पोजेटिभ देखिएकोमा ३ सय १९ जना पुरुष र १५ जना महिला रहनुभएको छ ।
हाल सम्म नेपालमा २ हजार ६ सय ३४ जना पोजेटिभ पाइएकोमा २हजार ४ सय ५० जना पुरुष र १ सय ८४ जना महिला रहेका छन ।

कोरोना पोजेटिभ पाइएका प्रदेशहरमा प्रदेश नम्बर १को १२ जिल्लका १९७ जना, प्रदेश २ को ८ जिल्लाका ९६३ जना, बाग्मती प्रदेशका १२ जिल्लाका ५९ जना, गण्डकी प्रदेशका ७ जिल्लाका ५३ जना, प्रदेश ५ का ११ जिल्लाका ८९८ जना, कर्णाली प्रदेशका ६ जिल्लाका ३८३ जना र सुदुरपश्चिमका ९ जिल्लाका ८१ जना रहेका छन ।