नेपालगञ्ज सुन काण्ड: राजश्व अनुसन्धानद्वारा ३ वटा सुन पसलमा छापा

 


२० भाद्र, नेपालगञ्ज/ त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलको आन्तरिक टर्मिनलको सुरक्षा चेक चाँज छिचोल्दै हवाई उडान मार्फत नेपालगञ्ज एयरपोर्ट ल्याइपुऱ्याइएको ४.२१ केजी सुन सहित २ जना ब्यक्ति पक्राउ घटनाको आईतवार काठमाडौं र नेपालगञ्ज एक साथ अनुसन्धान सुरु गरिएको छ।

त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलको सुरक्षा जाँचलाई चुनौती दिदै नेपालगञ्ज तर्फ तस्करी मार्फत सुन ल्याउने घटनामा पक्राउ परेका ब्यक्तीहरूको छानवीनको क्रममा १ हप्तामा २ देखी ३ दिन काठमाण्डौबाट नेपालगञ्ज नियमित आउने-जाने गरेको विभिन्न  एयरलाइन्सहरुको यात्रु उडान रेकर्डमा देखिएको छ ।

उक्त उडानको सम्बन्धमा सोधपुछको क्रममा आफुहरुले सुन ल्याएर नेपालगञ्जका विभिन्न सुन व्यापारीहरू लाई दिने गरेको साविती बयान पक्राउ परेका ब्यक्तिहरुले दिएका छन।
बयानको क्रममा पक्राउ परेका व्यक्तिहरुले दिएको गोप्य सूचनाको आधारमा नेपाला प्रहरीको विशेष टोली र राजश्व अनुसन्धान कार्यालयले छानवीन सुरु गरेका छन। बाँके प्रहरीले पनि एक टिम बनाएर उक्त घटना र सम्बन्धीत पक्षको नजिकबाट अध्ययन गरिरहेको बाँकेका प्रहरी प्रमुख उपरिक्षक श्याम कृष्ण अधिकारीले बताउनु भएको छ।

बाँके प्रहरीले पक्राउ परेको सुन र पक्राउ परेका ब्यक्तिहरुको साविती बयान, सबुत प्रमाण सहित कोहलपुर स्थित राजश्वलाई शनिवार नै बुझाएको थियो भने राजश्वले उक्त सुन आइतवार विहानै सुनचाँदी तथा रत्न आभुषण संघ बाँके  मार्फत  भेरीफाई गराएको छ ।

आईतवार कोहलपुर स्थित राजश्व कार्यालयको  टोलीले तस्करीको सुनको कारोवारो गर्ने बयान तथा डकुमेन्ट बाट खुलेका ३ वटा पसलमा छापा मारेर अनुसन्धान सुरु गरेको छ।
अनुसन्धानको क्रममा सदरलाइन, त्रिवेणी मोड स्थित अनिस जसगढको   नेपाल ज्वलर्समा छापा मारेको राजश्व अनुसन्धानको टोलीले सुरुमा के-के छानवीन गर्ने भन्ने विषयमा केही समय अल्मलिएर अनुसन्धान सुरू गरेको थियो ।

वाँकेको कोहलपुर स्थित राजश्व अनुसन्धान कार्यालय ।जहाँ पछिल्ला केही घटनाक्रमका कारण सम्बन्धीत निकायहरूले निगरानी बढाउनु पर्ने अवस्था देखिएको छ ।

अनिस जसगढ लगायतको सहोदर दाजुभाईको नाममा सुनको जस्तै गैर-कानुनी कारोबार यार्चागुम्व, जग्गा कारोवारबाट अकुत सम्पती आर्जन गरेको तर कुनै निकायवाट कानुनी दायरामा ल्याउन पहल नभएको वेला- बखतमा आवाज उठ्दै आएको छ।

त्यसैगरी राजश्व अनुसन्धानको टोलीले त्रिवेणी मोड मै रहेको सन्जीव ज्वलर्स र न्यूरोड भानुचौक नजिक जमिल जसगढको न्यू नेपाल ज्वलर्समा छापा मारेर अनुसन्धान कार्यको सुरुवात गरेको छ।

यि तिनवटै जवलर्स  लगायतकाहरुले तस्करी मार्फत सुन मगाएर काठमाण्डौ भन्दा बढी प्रति तोला ३५०० लिएर साना व्यापारीलाई विक्री गर्ने र सिमावती भारतको बजारमा तस्करी गर्ने गरेका थिए।
तस्करीको सुन पक्राउ पछी काठमाण्डौ ट नेपालगञ्ज एमापोर्टमा सुरक्षा चेक जाँच थप कडा पारिएको छ।

काठमाण्डौंबाट नेपालगञ्ज तर्फ गैरकानुनी रुपमा सुन ओसार-पसार भइरहेको गोप्य सूचनाको आधारमा बाँके प्रहरीले शुक्रबार नेपालगञ्ज एयरपोर्टबाट ४.२१ केजी सुन सहित २ जनालाई पक्राउ गरेको थियो।

काठमाण्डौंबाट नेपालगञ्जका लागि उडेको श्रीएयलाइन्स को फलाइट नम्बर SHA४३३ नम्बरको पेलेनबाट शुक्रबार दिउसो २ बजे नेपालगञ्ज एयापोर्टमा अवतरण पछि बाहिर निस्कने क्रममा गोप्य सूचनाको आधारमा पिछा गरिरहेको प्रहरीले शंकास्पद ब्यक्तीलाई  नियन्त्रणमा लिएर चेकजाँच गर्दा उक्त सुन पक्राउ गरेको थियो।

घटनामा पक्राउ परेका मोरङ्ग लेटाङ्ग गाविस वडा नम्बर २ घर बताउने बर्ष २८ को बुद्दिमान खाती र झापा   खादुनावारी गाविस वडा नम्बर ६ अमिर लगुन (वि.क. )
जुत्तामा लुकाएर ल्याएको समयमा नेपालगञ्ज एयरपोर्ट परिसरमा  ४.२१ केजी सुन बरामद भएको थियो ।

गैर कानुनी सुन काण्ड मिलाउन बाँकेको सुन चाँदी ब्यवसाय संघ मार्फत मिलावटी विल बनाएर  कुराकानी मिलाउन लागि परे पनि ठुलो मात्राको सुन बैंक मार्फत मात्र खरिद गर्नुपर्ने कानुनी ब्यवस्था रहेको छ भने गैर कानुनी सुन खरीद विक्री गर्ने उपभोक्ता पनि  कानुनी दायरामा ल्याउनु पर्ने ब्यवस्था रहेको छ।