भिबोनको नेपालगञ्जमा लन्च

२६ कार्तिक, नेपालगञ्ज/ कुर्सिहरूको  अन्तराष्ट्रिय ब्राण्ड भिबोनले शनिवार देखी नेपालगञ्जमा बिक्री सुरुवात गर्ने भएको छ।

भिबोनको नेपालका प्रतिनिधी प्रविण श्रीवास्तवको उपस्थितमा भिबोन कम्पनीले शुक्रबार नेपालगञ्जको सोल्टी होटलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा कम्पनीले उत्पादन गरेका विभिन्न कुर्सिहरू जन स्वास्थ्य लाई मध्यनजर गरेर उत्पादन गरिएको जानकारी दिइएको छ ।

भिबोनको १८ किसिमका स्वास्थ्य प्रवदक कुर्सिहरुको न्यूनतम ७८०० देखी १ लाख २९ हजार नेपाली रुपैया पर्ने र नेपालगञ्जका लागि धम्बोजी सुर्खेतरोडमा पंकज श्रेष्ठले सञ्चालन गर्नुभएको अम्बे फर्निसिङ्ग गार्डेनले विक्रीका लागि आधिकारीक डिलर लिएको छ।

कार्यक्रमका अम्बे फर्निसिङ्ग गार्डेन का लागि इन्जिनियर विवेक लामिछानेले भिबोनको बारेमा जानकारी दिनु भएको थियो