रोल्पा र काभ्रेमा दुर्घटना: ५ जनाको मृत्यु  

२८ कार्तिक, नेपालगञ्ज/ रोल्पा जिल्लाको माडी गाउँपालिका वडानम्वर २ घर्तिगाउँमा रा.१ ज ३८२ नम्बरको जिप आइतबार बिहान सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना हुँदा जिपका चालक सहित ४ जनाको मृत्यु भएको छ ।

जिप चालक रोल्पा जिल्लाको माडी गाउँपालिका वडानम्वर गाउँपालिका-६ बस्ने वर्ष ५१ को लुद्र घर्ती सहित २ पुरुष र १ महिला गरी ३ जनाको घटनास्थलमै र १ जना महिलाको स्मृती हस्पिटल घर्तिगाउँमा उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय दांगले जनाएको छ ।

दुर्घटनामा घाइते भएका रोल्पा जिल्लाको माडी गाउँपालिका बस्ने ६० वर्षीया कञ्चना बिक र २१ वर्षीया मिना घर्तीमगरको जिल्ला अस्पताल रेउघामा उपचार भइरहेको छ ।

त्यसैगरी आइतबार नै काभ्रे जिल्लाको पनौती नगरपालिका-५ सुन्दरवस्ती स्थित सडकमा प्रदेश ३-०१-००६ ख ०६१५ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ डेरा गरी बस्ने सिन्धुली मरिण गाउँपालिका-६ घर भएकी कुमारी घलानको ४ वर्षीय छोरा आयुष तामाङको मृत्यु भएको छ ।