कमिशनको चक्करमा नेपालगञ्ज एयरपोर्ट विस्तार र खजुरामा विश्व विद्यालय सञ्चालनमा वजेट कटौती

११ चैत्र, नेपालगञ्ज/ नेपालगञ्ज- काठमाडौं सरदर दैनिक १२ वटा हवाई यात्रु उडान गर्ने नेपालगञ्ज विमान स्थलको ट्रमिनल भवन जिर्ण भईसकेको छ ।

 करिब ४५ वर्ष अघि निर्माण गरिएको पुरानो रंगरोगन र मर्मतले टल्काईएको त्यही जिर्ण ट्रमिनल भवन भएर सरकारका मन्त्री देखि पावरदार मानिसहरु दैनिक ओहर दोहर गर्छन तर जिर्ण भईसकेको ट्रमिनल भवन निर्माण गर्नुको सट्टा कमिशनको चक्करमा बन्न लागिको ट्रमिनल भवन बजेट समेत कटौती गरी अन्यत्र लैजाने गरेको पाइएको छ।

नेपालगञ्ज एयपोर्टको नयाँ ट्रन्मीनल भवन निर्माणका लागी छुट्टयाइएर टेण्डर समेत भइसकेको २ अरव ७० करोड रुपैया बर्तमान सरकारले रद्द गरेर उक्त बजेट धनगढी र अन्य एयरपोर्ट विस्तारमा खर्च गरेको छ ।

नेपालका एयरपोर्टहरुको नव निर्माण, सुधार र मर्मतका लागी स्वर्गिय मन्त्रि रविन्द्र अधिकारीको कार्यकालमा नागरिक उडड्यन प्राधिकरणले अल्पकालिन र दिर्घकालिन कार्ययोजना बनाएर कार्यन्वयलाई अगाढी बढाएको थियो ।

अल्पकालिन कार्ययोजना अन्तरगत नेपालगञ्ज एयापोर्टमा ततकाल ३ सय मिटर रन वे विस्तार र जहाज प्राकिङ निर्माण गरिएको थियो । त्यसैगरी नेपालगञ्ज विमान स्थलको हाल १ सय ६५ विघा क्षेत्रफल सर-सफाई र फलामे तारवार लाई ब्यवस्थित गरिएको छ ।

दिर्धकालिन कार्ययोजना अन्तरगत नेपालगञ्ज एयरपोर्टको उत्तर पश्चिममा थप १ सय विघा जग्गा अधिग्रहण गर्ने गरी विमान स्थल विस्तारको कार्य क्रमश अगाढी बढाइएको थियो ।

नेपालगञ्ज एयरपोर्टको ट्रमिनल भवन करिब ५० बर्ष पुरानो भई जिर्ण भइसकेकाले ततकाल नव भवन निर्मार्ण गर्न केपी वली सरकारको पालामा हाल रहेको ट्रमिनल भवन देखी करिव १ सय ५० मिटर पश्चिममा नयाँ ट्रमिनल भवन निर्माणका लागी ततकालीन सरकारले ३ अरब छुट्याएर डिपीआर देखि टेण्डर आब्हान गरेर २ अरब ७० करोडमा टेण्डर समेत स्वीकृत भइसकेको अवस्थामा वर्तमान सरकारले उक्त पक्रियालाई रद्द गरेर स्वीकृत बजेट धनगढी र अन्य एयरपोर्टमा लगानी डाईभर्ट गरिएको स्रोतले जनाएको छ।

 

नेपालगञ्ज एयरपोर्टलार्ड पश्चिम नेपालको सुविधा सम्पन्न एयरपोर्ट निर्माण गरी हवाई सेवा सुरक्षित र विश्वसनीय बनाउनु पर्नेमा वर्तमान सरकार टेण्डर स्वीकृत कमिशनको चक्करमा नेपालगञ्ज एयरपोर्टको ट्रमिनल भवन निर्माण नै क्यान्सिल गरेर अन्यत्र लैजादा पनि नेपालगञ्जका जनप्रतिनिधि चु- सम्म बोलेको पाइएको छैन ।

 

नेपालगञ्ज विमानस्थल विस्तारका लागी कम्तीमा १ सय विघा जग्गा अधिग्रहण पक्रिया भईरहेकोमा जग्गा दलालहरुले भने एयरपोर्ट पश्चिमका खेती योग्य खाली जग्गाहरू मिलेमतोमा प्लटिङ गरेर सर्वसाधारण जनताको पैसा लुटने काम गरिरहेको पनि पाइएको छ ।

नेपालगञ्ज एयरपोर्ट विस्तार सगै विश्वको रोचक र पवित्र तिर्थ स्थल मानसरोवर यात्राका क्रममा भारतिय प्रर्यटकहरू लाई थप सुविधाका लागी ततकालिन केपी वलीको सरकारले नेपालगञ्ज एयरपोर्टबाट भारतको लखनऊ सम्म हवाई सेवा थपेर भएपनि भारतिय नागरिकलाई सुविधा दिन सरकारले बुद्ध एयरलाई स्वीकृत दिइ पक्रिया अगाढी बढाएकोमा भारतिय शासक र कर्मचारीतन्त्र सकारात्मक नभईदिएकाले उक्त सेवा पाउनबाट भारतिय नागरीक वञ्चित हुनुपरेको छ ।

सिजनमा नेपालगञ्ज एयरपोर्टबाट मानसरोवर यात्राका लागी घुइचो नै लाग्ने गर्दछ भने भारतिय पर्यटकले दुःख नपाउन भनेर नेपालगञ्ज- लखनऊ हवाई उडानका लागी वर्तमान सरकारले चासो नदिएको र भारतिय पक्षले पनि हवाई मार्गका विषयमा वास्ता नगरेकाले उक्त सेवाबाट भारतिय प्रयटकले दुःख पाउदै आउनु भएको छ ।

वर्तमान सरकारले नेपालगञ्ज एयरपोर्ट विस्तार तथा ट्रमिनल भवन मात्र हैन बाँकेको खजुरामा सम्पूर्ण प्रक्रिमा पुरा गरेर सञ्चालनको तयारीमा रहेको कृर्षि विश्व विद्यालय अन्यत्र सार्ने देखि टेण्डर स्वीकृत गरेर सम्झौता गरी निर्माण भईरहेका पालिका स्तरिय अस्पताल, सडक निर्माणको बजेट समेत रोकेकाले विकास निर्माण कार्यमा अवरोध भईरहेको वताउदै आएका छन ।