बाराको अमलेखगञ्ज नजिकै यात्रु बस दुर्घटना: १३ जनाको मृत्यु

तस्बिर एवम शब्द हरु: हेटौडाबाट पत्रकार दिक्षांस खड्काको ।

असोज २० हेटौँडा/ बिहिबार बिहान करीब १०:३० बजे हेटौँडाबाट बिरगञ्ज तर्फ जाँदै गरेको यात्रु बहाक बस बारा जिल्लाको अमलेखगञ्ज नजिकै दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर-सिमरा उप-महानगरपालिका वडा नंबर २२ तीन नम्बर पुल नजिक उक्त यात्रु बाहक बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको मकावनपुर प्रहरीले जनाएको छ ।

हेटौंडाबाट बिरगञ्ज तर्फ जादै गरेको बागमती प्रदेश ०६ ००१ ख ०११० नम्बरको बस अनियन्त्रीत भएर सडकबाट करिब सय मिटर तल खस्दा भएको दुर्घटनामा हालसम्म १३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा घाईते भएर हेटौँडा अस्पथाल ल्याईएको ५ महिला तथा ७ पुरुष गरि १२ जना तथा चुरेहिल अस्पतालमा १ जना गरि १३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।