नेपालमा ५.८ रेक्टरको भुकम्पको झटका भारतको दिल्ली सम्म, बाजुरामा घरहरु भत्कियो…अपडेट

नेपालगञ्ज १० माघ/  नेपालको सुदुरपश्चिमको पहाडी जिल्ला कालीकोट र  बाजुरा जिल्लाको उत्तरी सिमा क्षेत्रमा केन्दू बिन्दु बनाएर मंगलबार अपरान्ह भुकम्प गएको छ ।

नेपाली समय अनुसार मंगलबार अपरान्ह २ बजेर ४३ मिनेट जांदा कालीकोट देखी करिब १२ किमी उत्तरपश्चिममा उक्त भुकम्प गएको गोगलले देखाएको छ ।

बाजुरामा ५.९ म्‍याग्निच्यूडको भूकम्प जाँदा बाजुराको बडिमालिका नगरपालिका वडानम्बर ७ मा घर भत्केको जानकारी आएको बाजुराका प्रंहरी प्रमुख डिएसपी सुर्य थापाले जानकारी दिनुभएको छ । मानवीय क्षतिबारे थप विवरण आईनसकेको थापाले बताउनु भएको छ ।

बाजुराको बडिमालिका नगरपालिका वडानम्बर ७ मा एउटा घर भत्केको

उक्त भुकम्प जमिनको सतह देखी १२ किमि गहिरो र ५.८ रेक्टर स्केलको तिब्रता रहेको पाइएको छ । भुकम्पको झटका नेपाल भारत र चाइनामा र त्यसको केही बेर सम्म झटका नेपालगञ्जमा समेत महसुस गरिएको छ । पश्चिम नेपालको तराई र पहाडी जिल्लामा भुकम्पको जोडको झटका महसुस गरिएको भए पनि क्षती विवरण प्राप्त भएको छैन ।

मंगलबार दिउँसो २ बजेर ४३ मिनेट जाँदा बाजुराको मेला भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोक विजय अधिकारीले जानकारी दिनुभएको छ ।

यसअघि कार्तिक तेस्रो साता सुदूरपश्चिमको डोटीमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा घर भत्किएर पुरिएर ६ जनाको मृत्यु भएको थियो । केही मानिस घाइते भएका थिए ।