भुकम्पबाट टर्की र सिरियामा हजारौं मानिसको मृत्यु, उद्धार तथा राहत कार्य जारी

समाचार एजेन्सीहरु २४ माघ /  टर्कीमा मंगलबार पुनः ५.९ म्याग्निच्यूटक भूकम्पको धक्का महसुस गरिएको छ । यसअघि सोमबार टर्कीमा ३ वटा शक्तिशाली भूकम्प गएको थियो ।

हिजो सोमबार बिहान टर्कीको स्थानीय समय अनुसार बिहान ४ बजेर १७ मिनेटमा टर्कि र सिरिया सिमा क्षेत्र नजिक टर्कीको गाजीयान्टेप सहर नजिक १७.९ किलोमिटर गहिराइमा ७.८ म्याग्निच्यूट भूकम्प गएको थियो।

पहिलो धक्काको करिब १२ घण्टा पछि अर्को शक्तिशाली दोस्रो भूकम्प ७.५ म्याग्निट्यूडको केन्द्रबिन्दु टर्कीकै उत्तरी भेगमा रहेको काहमनमरस प्रान्तको एल्बिस्तान जिल्लामा रहेको थियो भने अर्को त्यस क्षेत्रमा सयौं परकम्पहरू स्थानिय बासिन्दाहरुले पटक–पटक महसुस गरिरहनुभएको बताउने गर्नुभएको छ । यो सिरिया सीमाबाट ९० किलोमिटर टाढा रहेको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार मंगलबार बिहान सम्म मुुख्य भूकम्पपछि ७७ वटा पराकम्पन गएका छन । टर्की प्रशासनले अहिलेसम्म ५६०६ भवन भत्किएको जनाएको छ ।

टर्कीका स्वास्थ्य मन्त्रीले मौसम र प्रकोपको दायराले उद्धार टोलीका लागि चुनौती सिर्जना गरेको बताउनुभएको छ । खराब मौसमका कारण उद्धार टोलीका हेलिकप्टर पनि उड्न सकेका छैनन् । यति मात्र होइन, टर्की र सिरियाका धेरै क्षेत्रमा भारी हिमपात भएको छ ।

टर्किमा गएको पहिलो भुकम्पका बिषयमा भूकम्पविद्हरूले सोमवार गएको पहिलो भूकम्प टर्कीमा अभिलेखीकरण गरिएकोमध्ये अहिलेसम्मकै सबैभन्दा ठूलो भूकम्प रहेको र उक्त भूकम्प महसुस गरेका मानिसहरूका अनुसार कम्पन रोकिन करिब २ मिनेट लागेको थियो।

टर्की र सिरियाका प्रभावित क्षेत्रहरूमा ज्यान गुमाउने र घाइते हुनेहरु दुवैको सङ्ख्या तीव्र रूपमा बढ्दो छ। मंगलबार बिहान सम्म ४३०० जनाको शव बरामद भएको स्थानिय समाचार एजेन्सीहरु तथा आफना स्थानिय संवाददातालाई उल्लेख गर्द बिबिसिले जनाएको छ ।
टर्कीले अन्तर्राष्ट्रिय सहयोग अपिल गरेपछि ४५ देशहरूले सहयोगको प्रस्ताव गरेको टर्कीका राष्ट्रपति रेजेप ताइयीप एर्दोआनले बताउनुभएको छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले सङ्कटको घडीमा प्रकोपबाट प्रभावित धेरै परिवारहरूलाई मानवीय सहायता अत्यावश्यक रहेकोबताउनुभएको छ ।

युरोपेली सङ्घले टर्कीमा खोजी तथा उद्धार टोली पठाइरहेको जनाएको छ। नेदरल्यान्ड र रोमानियाका उद्धारकर्मीहरू यसअघि नै प्रकोप स्थलतर्फ जाँदै छन्। यूकेले ७६ जना विज्ञ, उपकरण र उद्धार गर्ने कुकुर पठाउने जनाएको छ।

फ्रान्स, जर्मनी, इजरेल र अमेरिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टर्की र सिरियालाई इरानले जस्तै सहयोगको प्रस्ताव गरेका छन्।

टर्कीका आन्तरिक मामिलासम्बन्धी मन्त्री सुलेमन सोलुले प्रारम्भिक रूपमा १० विभिन्न सहर भूकम्पका कारण प्रभावित भएकोबताउनुभएको छ । ती क्षेत्रका विद्यालयहरू कम्तीमा एक साताको लागि बन्द गरिएका छन्।

दुवै देशका हजारौँ भवनहरू ध्वस्त भएका छन्। थुप्रै भिडिओहरूमा ती भवन भत्किँदै गरेको क्षण देखिन्छ। सडकहरू भत्किएका छन् र वरपर भग्नावशेषका थुप्राहरू देखिन्छन्।

बीबीसीको मध्यपूर्वस्थित संवाददाता आना फोस्टरले टर्कीको भूकम्पको केन्द्रबिन्दु नजिकै रहेको सहर ओस्मानीयाबाट एक विनाशकारी दृश्यको वर्णन गरिन्। पानी परिरहेको छ जसले उद्धार कार्यमा अड्चन थपेको छ। आज रातभर सहरमा बिजुली छैन। हामी अझै पनि निरन्तर परकम्पहरू महसुस गरिरहेका छौँ र त्यहाँ अझै धेरै भवनहरू भत्कन सक्ने चिन्ता छ उनले भनिन्। बिबिसि रिपोर्टमा उल्लेख गरिएको छ ।