प्रतिबन्धीत भारतिय सुर्तिजन्य पदार्थ बजारमा छयाप–छयाप्ती: उपभोक्तालाई खतरा, राज्यलाई करोडौं नोक्सानी

नेपालगञ्ज १० चैत्र/ मुखको क्यान्सर लगायत मानव शरीरलाई हानी गर्ने बिभिन्न रसायनहरु अत्याधिक मात्रामा प्रयोग भएका कारण भारतमा समेत उत्पादन तथा बिक्री बितरणमा प्रतिवन्ध लगाइएको सिस्टम नामक गुटका बांकेको नेपालगञ्ज लगायत बिभिन्न ग्रामिण इलाकाहरुमा निर्बाध बिक्री बितरण भईरहेको पाइएको छ ।

भारतको उत्तर प्रदेशको योगी सरकारले जनमानसको स्वास्थ्यलाई ध्यान दिदै सुर्तिजन्य पदार्थबाट बन्ने र बिक्री बितरण हुदै आएका सिस्टम, राइफल, आरडी लगायत लगायत थुप्रै गैर–कानुनी सुर्तिजन्य गुटकाहरु पूर्णरुपमा प्रतिबन्ध लगाएको छ ।

उत्तरप्रदेश सरकारको खाध्य सुरक्षा तथा औषधी प्रशासन आयुक्त अनिता सिंहले उत्तरप्रदेश सरकारले इलाहाबाद उच्च अदालतको आदेश र संसदले पारित गरेको खाध्य सुरक्षा कानुनको आदेश अनुसार सुर्तीसंग मिसाईने पान–मसला गुटका प्रतिबन्ध लगाउने निर्णयको परिपालना गर्न सबैलाई आग्रह गर्नुभएको थियो ।

नेपाली उपभोक्ता वीच घातक हानीकारण भारतिय प्रतिबन्धित विभिन्न ब्राण्डका गुटका रुपमा ….

भारतमा खाध्य परिक्षण र अनुमती बिना उत्पादन गरि भारतकै ग्रामिण इलाका र नेपालका सिमावर्ती बजारमा प्रतिबन्धीत सूर्तिजन्य पदार्थ सिस्टम लयातको प्रयोगबाट बर्षेनी हजारों मानिसहरुको ज्यान जाने गरेकोमा त्यसमा गुटका प्रयोग गर्नेहरुको संख्या अत्याधिक भएपछी भारतका बिभिन्न प्रदेश सरकारहरुले गुटका उत्पादन र बिक्री बितरणमा कानुन बनाएरै प्रतिबन्ध लगाएको पाइएको छ ।

भारतको उत्तर प्रदेश, तमिलनाडु, केरला, आन्ध्र प्रदेश, गोवा र गुजरात लगायतका प्रदेश सरकारले भारतमा उत्पादित तथा बिक्री बितरण भईरहेका सुर्तिजन्य गुटका उपभोग गरेका कारण भारतमा बिश्वको सबै भन्दा बढी मुखको क्यान्सर पिडितको संख्या बढने निश्चित जस्तै भएको अवस्थामा भारतमा प्रतिवन्ध गर्ने निर्णय स्वागत योग्य कदम रहेको भारतको दिल्ली स्थित बिश्व स्वास्थ्य संगठनका गैर सक्रामंक रोगहरुका अधिकारी डाक्टर वर्गीस चेरियनले बताउनु भएको छ ।

भारतको उत्त प्रदेश लगायत बिभिन्न ठाउंहरुमा गैर–कानुनी रुपमा सूर्तिजन्य पदार्थ उत्पादन गर्ने र खुला सिमा नाकाको फाइदा उठाउदै नेपालका तराईका जिल्लामा सस्तो र आकर्षक पकेटमा सप्लाई गरि बिक्री बितरण गर्ने कार्यले एकातिर नेपाली पैसा गैर–कानुनी रुपमा भारत तर्फ जाने गरेको छ भने अर्को तर्फ अखाध्य रसायन प्रयोग गरि तयार गरिएको गुटका सेवनले दिर्घकालमा गम्भीर प्राणघातक रोग लाग्ने भारतमा गरिएको अध्ययनले समेत यसअघि नै प्रमाणित भएकाले यसलाई भारत सरकार र भारतिय उच्च अदालतले समेत प्रतिबन्ध लगाईसकेको अवस्था रहेको छ ।

भारतबाट यसरी गुटकाका नाममा हानीकाक पदार्थहरु बजारमा छयाप्प छयाप्ती गैर कानुनी रुपमा बिक्री बितरण भैइरहेको अवस्था रहेपनि नेपालको बजार अनुगमन तथा खाध्यसंग सरोबारवालाहरु भने आफनो जिम्मेवारी बहन गर्न छोडेर कहिल्य जाला घाम…..सरकारी जागिर त हो भन्दै चुपचाप लागेको अवस्था यस घटनामा देखिएको छ ।

भारतमा प्रतिवन्ध गरिएको सूर्तिजन्य पदार्थसंग मिसाएर खाने सिस्टम, राइफल, आरडी नामक गुटका बिशेष गरि बांकेको नेपालगञ्जको जमुनाह नाका हुदै नेपालगञ्ज भन्सार भएर साना साइकिले खुत्रुके ब्यापारीले साना–साना पोका पारेर, साईगाउं, वेलभार, राधारपुर, बेतहनी, राप्तीपारी मटैया, नरैनापुर बर्दियाको मैनापोखर क्षेत्रबाट पनि नेपाल तर्फ साईकिलमै ल्याउने गरेको देखिएको छ ।

प्रतिवन्धीत गुटका भारतबाट तस्करी गरेर साना–साना पोका पारेर नेपालमा थुपार्ने अनी बजारीकरण गर्ने गरिएको गैर कानुनी उत्पादन भएकाले भारतमा समेत कुनै कर तिर्नु नपरेका कारण नेपालमा अन्य पान मसला र गुटकाको तुलनामा सस्तो रहने गरेको पाइएको छ ।

भारतबाट सस्तोमा प्रतिबन्धित गुटका नेपाली उपभोक्ता बीच जवरजस्ती पुर्‍याउने घटनाले नेपालमा रहेका गुटका उत्पादक कम्पनीका उत्पादनहरु धारासायी बनेर बिक्री घटेका कारण नेपाल सरकारलाई विगत प्रति महिनामा मात्र बाँके- बार्दिया र कैलाली जिल्लामा ८ देखी १० करोड राजस्व संकलनमा घाटा लागेको देखिन्छ भने ति कम्पनीहरुमा धेरैले रोजगार गुमाउनु परेको अवस्था तथ्यांकमा देखिन्छ ।

उक्त प्रतिबन्धीत गुटकामा अखाध्य बासनादार केमिकल समेत प्रयोग हुनेभएकाले उपभोक्ताले पनि मन पराउने भन्दै थोक तथा फुटकर बिक्रेताकोमा पु–याएर नेपाली उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने गरिएको देखिएको छ ।

नेपालमा यस्ता अखाध्य र बिषाक्त पदार्थको उपभोग तथा बिक्री बितरण नियन्त्रण गर्न बजार अनुगमन समिती रहने गरेको छ ।

उक्त समितिले हाल बांकेमा भारतबाट तस्करी गरि ल्याइएको भारतमा समेत प्रतिबन्धीत उक्त गैर कानुनी र अखाध्य सिस्टम, राइफल, आरडी नामक गुटका समयमा नै नियन्त्रणमा लिएर नष्ट गर्नुका  साथै समयमा नै यस्ता अखाध्य पदार्थ नियन्त्रणमा ध्यान पु–याउनु पर्ने देखिएको छ ।