जाजरकोट छेडागाडामा भ्रष्टाचार: २ कर्मचारीमाथी मुद्दा दायर

जाजरकोट २२ चैत्र/ जाजरकोट जिल्लाको छेडागाड नगरपालिका, वडा नम्बर १२ मा सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा सचिव देबी लाल जैसी र प्रशासन सहायक रत्न बहादुर काक्रीलाई बिशेष अदालतमा मुद्धा दायर गरेको छ ।

निजहरुले सामाजिक सुरक्षा भत्तामा भ्रष्टाचार गरेको उजुरीको आधारमा अख्तियारले अनुसन्धान गदै जांदा जैसी र काक्रीले जाजरकोट, छेडागाड– १२ वडामा लाभाग्राहीको नक्कली बिवरण तयार गरि राज्यकोषको दोहन गरेको पाइएपछी अख्तियारले निजहरुमाथी भ्क्ष्टाचर मुद्धा दायर गरेको हो ।

कार्यालयका तत्कालीन वडा सचिव देवीलाल जैसीले आर्थिक बर्ष २०७५÷०७६ को प्रथम, दोस्रो र तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गर्दा लाभग्राहीहरुको नक्कली विवरण खडा गरी २ लाख ७३ हजार ४०० सरकारी रकम हिनामिना गरेकोले हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम २ लाख ७३ हजार ४०० रुपैया विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम उक्त ऐनको दफा ३ को उपदफा १ र ऐनको उपदफा १ को खण्ड घ बमोजिम कैद र बिगो बमोजिम जरिवाना तथा ऐनको दफा १७ बमोजिम हिनामिना गरेको रकम निजबाट असुल उपर हुनसमेतको मागदाबी सहित बिशेष अदालतमा काठमाडौमा मुद्धा दता गरिएको अख्तियार दुरुपयोग अन्ुन्धान आयोग केन्द्रिय कार्यालयका प्रवक्ता भोला दाहालले प्रेस बिज्ञप्ती मार्फत सार्वनजिक गर्नुभएको छ । बिशेष अदालतमा भ्रष्टाचार मुद्धा दर्ता भएपछी त्यस्ता ब्यक्तीहरुले प्राप्त गरेको पद स्वत चट हुने कानुनी ब्यवस्था रहेको छ ।

त्यसैगरि प्रशासन सहायक रत्न बहादुर कार्कीबाट पनि २ लाख ७२ हजार ४०० रुपैया असुल उपर हुन समेतको मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।

कर्णाली प्रदेश अन्तर्गत पिछडीएको जिल्ला जाजरकोट जिल्लाको सदुरमुकाम खलंगा देखि झन्डै १० कोश पश्चिममा छेडागाड नगरपालिका अवस्थित छ । जाजरकोट जिल्लाको साविक दशेरा, साल्मा, कार्किगाँउ, झाप्रा, पजारु र सुवानाउली गा‍विसलाइ समायोजन गरी राज्यको पुर्नसंरचना सँगै यो छेडागाड नगरपालिका घोषणा भइ आफ्नो प्रशासनिक एंव अन्य विकासका कामहरु हुदैआइरहेको छ ।
यो नगरपालिका छेडाखोला, सुवा खोला, साल्मा खोला, लम्ती खोला आदीको काखमा अवस्थित छ । विभिन्न पर्यटकिय स्थल जस्तै सुयाडा मालिका, छत्र्याल देवल छन । पूर्वमा भेरी नगरपालिका, पश्चिममा दैलेखको भगवतीमाइ गाउपालिका, उत्तरमा कुशे गाउपालिका एवं जुनीचाँदे र दक्षिणमा शिवालय गाउपालिकाको बिचमा छेडागाड नगरपालिका अवस्थित छ । यस नगरपालिकाको जम्मा जनसङ्ख्या ३५,२९५ छ र त्यसमध्ये पूरुष सङ्ख्या १७,३५४ र महिला सङ्ख्या १७,९४१ रहेको छ ।