सबैका प्रिय चुडामणी सरको महाप्रस्थानले बाँकेको बैजनाथ शोकमा

#बिनोद #भटराई #

१३ नेपालगञ्ज/ मानवता अझै हराएको छैन भन्ने उदाहरण बाँकेको मदन चौक नजिकै रहेको समावेशी माध्यमिक विद्यालयका प्रअ समेत रहनुभएका चुडामणि पोखेलको निधनको क्रममा देखिएको छ ।

एक इमान्दार र कर्तब्यनिष्ट अभिभावक गुमाउदा कत्तिको पिडा बोध गर्दारहेछन भन्ने कुरा चुडामणि सर निधनको खवर पछी त्यस क्षेत्रका प्रया: अधिकांस जनताले आफनो फेसबुक मार्फत दुःख ब्यक्त गरेको र उहाँको निवासमा उपस्थित भिडले पुष्टि गर्दछ ।

एक असल शिक्षक जन्म दिने बावु आमा पछीको महत्वपूर्ण ब्यक्ति हुनेभएकाले चुडामणि पोखेल सरका आचार बिचार र ब्यवहार कस्तो थियो भन्ने पनि सरको मृत्युको खबर पछी त्यस क्षेत्रका बिद्यार्थी र जनतामा छाएको दुःखद खबर पछीको सर्वसाधरण जनताको प्रतिक्रियाले दिएको छ ।

बर्दियाको पिपलटारी घर भई त्रिमावि ककौरा पढदा कक्षामा प्रया: सधै प्रथम र दोस्रो हुदै एसएलसीमा उत्कृष्ट अंकका साथ पास पछि घरायसी आर्थिक लगायतका कारणहरूले पढाईमा अवरोध गर्दै गएपनि पढने इच्छाशक्तिले लगातार नछोडेपछी अनेकौं दुःख सघर्ष गरेर अरुलाई पढाउदै आफु पढ्दै गरेर उच्च शिक्षा हासिल गर्नुभएकाे थियो ।

चुडामणि सरले घर घरमा गएर बिधार्थीलाई टिउसन पढाएर. बिभिन्न निजी तथा सरकारी स्कुलमा पढाउने संघर्ष गर्दा गर्दै केही समय त्रिमावि कोहलपुरमा अस्थाई दरवन्दी रहेर शिक्षण सेवा गर्नुभएको थियो ।

आर्थिक अभावले भोकै भौतारीरहेक व्यक्तिलाई विद्यार्थी मार्फत सूचना आएपछी निजलाई बोलाएर चामल दिदै प्रअ स्वर्गिय चुडामणि सर ।

लामो समय अस्थाई शिक्षक भएपछी लामो समयपछी खुलेको शिक्षा सेवा आयोगबाट पहिलो पटक मै स्थाई दरवन्दीमा नाम निकालेर बाँकेको जि गाउँ स्कुलमा आफनो शिक्षण पेसा गर्नुभएकोमा पछी बाँकेको कोहलपुर नजिक मदनचौकमा रहेको आफनो घर पाएकको समावेशी माविमा सरुवा गरेर शिक्षक मार्फत समाजसेवामा योगदान दिदै आउनु भएको थियो ।

समावेशी स्कुलमा प्रअको जिम्मेवारी रहदा त्यो भन्दा आफु कार्यरत रहेको क्षेत्रमा शिक्षा क्षेत्रको ब्यापक सुधारको साथ अन्य बिभिन्न गतिविधी मार्फत चुडामणि पोखेल सर समाजसेवा समेत निरन्तर लागिरहनु भएको निजको फेसबुकबाट पोष्ट गरेका तस्विरहरुले समेत पुष्टि गर्ने गर्दछ ।

पछिल्लो समय कोही विद्यालयका शिक्षक बल्याकमेल र यौन दुव्र्यवहार गरेका कारण जेलको हावा खानुपर्ने समाचार सार्वजनिक भईरहेको बेला एउटा निस्वार्थ भावमा असल, सक्षम र सबैको हृदयमा बस्न सक्ने शिक्षक प्रति कति आदर, सम्मान र लगाव हुन्छ भन्ने मंगलवार राती चुडामणि पोख्रेल सरको निधनको खवरपछी त्यस क्षेत्रका जनताको उपस्थित हजारौंको भिड र तिनीहरुको आँखामा छचल्लिएको आँसुले पुष्टि गर्दछ ।

समावेशी मा बि का प्रअ चुडामणि पोखेलको मंगलवार राती मेडिकल कलेजमा उपचारको क्रममा ४६ बर्षको कलिलै उमेरमा महाप्रस्थान गर्नुभएका छ । चिकित्सकका अनुसार उहाको कलेजोमा समस्या देखिएपछी केही समय देखी उपचाररत हुनुहुन्थ्यो ।