बरिष्ठलाई सम्मान र १० बुँदे घोषणा पत्र जारी गर्दै प्रेस चौतारी बाँकेको १५औं साधरण सभा सम्पन्न

बैशाख १७ नेपालगञ्ज/ प्रेस चौतारी बाँकेको १५औं साधरण सभा आईतबार नेपालगञ्ज स्थित उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ ।

उदघाटन र बन्द सत्र गरेर २ चरणमा आयोजना गरिएको उक्त चौतारीको साधरण सभामा बन्द सत्रमा चौतारीको सागठनिक प्रतिवेदन सचिव कमल डाँगी र आर्थिक प्रतिबेदन ज्याउल मुस्तफाले प्रस्तुत गर्नुभएकोमा हलले अनुमोदन गरेको थियो ।

चौतारी अध्यक्ष दुर्गा रोकाय आफनो भनाई राख्दै ।
उपाध्यक्ष बिनोद भट्टराई

चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायको अध्यक्षतामा सम्पन्न भएको उदघाटन सत्रमा प्रमुख अतिथि चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन वली, प्रेस सेन्टर बाँकेका अध्यक्ष राजेश आर्चाय, प्रगतिशील पत्रकार संय बाँकेका अध्यक्ष तिलक गाउँले, चौतारी बाँकेका उपाध्यक्ष बिनोद भट्टराई, नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य अब्दुल बाईद मन्सुरी, नेकपा एमालेका केन्द्रिय सदस्य एवम नशेमन पत्रिकाका सम्पादक मो. हारुण हल्वाई नेकपा एमाले बाँकेका उपाध्यक्ष एवम रेडियो हातेमालो एफएमका प्रमुख डिल्ली बिसी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

साधरण सभा मा आफनो बिचार व्यक्त गर्दै पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी ।

 

उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य चुन्ना अर्फ अब्दुल

सो अवसरमा प्रेस चौतारीले बरिष्ठ पत्रकारहरुलाई सम्मान समेत गरेको छ ।

सम्मानित हुनेहरुमा क्रमस….

नेपालगञ्ज अनलाईन मल्टिमिडिया पब्लिकेशन प्रा.लि. कम्पनीका मालिक समेत रहनुभएका बरिष्ठ पत्रकार एवम hamrosamrachana.com का गोपी वुढा सम्मान ग्रहण गर्दै ।

पत्रकारीता क्षेत्रमा एतिहासिक उल्लेखनिय योगदान पुर्‍याए बापत साधरणसभामा सम्मानित हुनेहरुमा बरिष्ठ पत्रकारहरु गोपी बुढा, झलक गैरे, पूर्णलाल चुके, लियाकत अली, गणेश जिसी र पेस चौतारीमा समेत उल्लेखनिय योगदान पुर्‍याउने अजय गुप्ता, गुरुमुरत यादव लाई समेत समारोहमा प्रमाणपत्र र दोसल्लाह ओडाएर सम्मान गरिएको छ ।

नेपालगञ्ज दैनिकका सम्पादक प्रकाशक: झलक गैरे ।
जनमत पत्रिकाका सम्पादक / प्रकाशक बरिष्ठ पत्रकार पूर्णलाल चुके ।
लियाकत अली
गणेश जिसी
अजय गुप्ता
गुरमुरुत यादव

प्रेस चौतारीको बन्द सत्रमा छलफल गरी पत्रकार झलक गैरेको संयोजकत्वमा एक उच्च स्तरीय घोषणा मस्यौदा समितीले ११ बुदे घोषणापत्र अनुमोदन गरी सार्वजनिक पनि गरेको छ ।

घोषणापत्रघोषणापत्र…..