करेन्ट लागेर एकैदिन ४ जनाको मृत्यु

नेपालगञ्ज, ६ साउन/ सिरहा, सिरहा नगरपालिका–२१ लकडिगोठ मलिया टोल बस्ने ४० वर्षीय तपेश्वर यादवको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ । आफ्नै खेतमा धान रोप्न विद्युतीय मोटर पम्पबाट पानी लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिकअस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको हो ।

दाङ: लमही नगरपालिका–३ मिलन चोक बस्ने ५९ वर्षीया रूपनी चौधरीको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरको करेसा बारीमा घाँस काट्ने क्रममामोटरको तारबाट करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

धनुषा: बटेश्वर गाउँपालिका–५ शान्तिपुर बस्ने ५५ वर्षीय कमलदेव यादवको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ । आफ्नै माछा पालन पोखरीमा पानी हाल्नको लागि विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

झापा:  दमक नगरपालिका–३ स्थित निर्माणाधिन दमक भ्यू टावरमा वायरिङको काम गर्ने क्रममा करेन्ट लागेर बारा महागढीमाई नगरपालिका–४ बस्ने ३२ वर्षीय अरुण कुमार जैसवालको बिहीबार राति मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको लाईफ लाईन अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयको समाचार कक्षले जानकारी दिएको छ ।