नेपालगञ्ज भन्सारमा दैनिक झडप: जनताको पिरमर्का नबुझे शसक्त बिरोधमा उत्रने स्थानियको भनाई

नेपालगञ्ज ९ असोज/ नेपालगञ्जको सम्वेदनशिल क्षेत्रमा रहेको नेपालगञ्ज भन्सार कार्यालयमा उचित समन्वय र कार्यन्वयनको अभावमा भारतबाट खुद्रे समान ल्याउने र रोक्न नामममा बारम्बार झडप तथा बिवादको बिषय बन्दै गएको छ ।

मंगलबार बिहान पनि नेपालगञ्ज भन्सार कार्यालयको गेट खुल्ने बित्तिकै भारतबाट खुत्रुके समान ल्याएर आउने ब्यक्तिहरुको सपोर्टमा भन्सार कार्यालय सगै जोडिएको जैसपुरका बासिन्दाहरुको सहयोगमा नेपालगञ्जको भन्सार कार्यालयमा केही बेर हंगामा नै भएर ठुलो संख्यामा शसस्त्र प्रहरीको टोली नै परिचालन गर्नुपरेको थियो ।

घटनास्थमा उपस्थित ब्यक्तिहरुका अनुसार नेपालगञ्ज भन्सार कार्यालय क्षेत्रको जमुनहा, भन्सार गेट र चौलिक्का क्षेत्रमा परिचालित सुरक्षाकर्मिहरुलाई सकारात्मक बनाउन बाध्य पारिएको एकातिर घटना छदैछ भने अर्कोतिर राजश्व उठाउने नाममा भारतबाट दैनिक समान वसार-पसार गरी जिविकोपार्जज गर्नेहरुलाई अन्य अपराध गर्न बाध्य पार्ने अवस्थामा पु–याएको बताउदै गेटबाट दैनिक एकपटक सामान्य जिविकोपार्जनका लागी सिमावर्ति क्षेत्रमा बसोबास गर्ने ब्यक्तिलाई भारतबाट समान ल्याउन कडिकडाई गरेर बांच्न मुस्किल पारेकाले त्यसको बिरोधमा भन्सारमा केही दिनमा बिरोध सोरुप प्रतिकारमा उत्रने तयारीको जनाउका लागी मंगलबार भन्सार गेटमा बिरोध गरेको जनाएका छन ।

नेपालमा भन्सार बिभागको बार्षिक रिपोर्ट अनुसार नेपालका भन्सार गेट भएर भारतबाट आयत गरिएमा बढिमा १ देखि २ प्रतिशत मात्र भन्सार चुहावट हुने उल्लेख छ भने अन्य खुला सिमा क्षेत्रबाट ठुलो मात्रामा भन्सार चुहावट हुने रिपोर्टमै उल्लेख छ तर समाजिक सम्वृदनशिल क्षेत्रमा असर पर्ने गरि प्रया जसो भन्सार गेटमा खुत्रुके तस्करीकका कारण बिरोधमा बिरोधमा उत्र्रिने गरेको घटनामा थपमल जल गर्ने खालका घटनालाई ब्यवस्थापन गर्नुपर्ने सोही वडाका वडा अध्यक्ष कलिम प्रधानको रहेको छ ।
वडा अध्यक्ष कलिम प्रधानका अनुसार भन्सार गेटमा चेकिंगको पक्षमा जनताहरु साथमा रहेको तर त्यसलाई सर्वसाधरण जनताको नजरबारुट पनि हेरी दिन र भारतिय सिमा क्षेत्र भन्दा करिब १ किमी उत्तरमा रहेको रत्नराजमार्गमा पर्ने भन्ँसारका तर्फबाट बाटो नै सिल गरी ताला लगाएर राती १० बजेबाट स्थानिय बासिन्दालाई बाटोमा हिडडुल गर्नबाट समेत बञ्चित गराएरु संविधान प्रदत हकबाट बञ्चित गराएको र कृर्षि पकेट क्षेत्रको उत्पादित तरकारी नेपालगञ्ज बजारमा जानबाट रोक्ने काम गरेकोमा जनताले जनप्रतिनिध मार्फत बारम्बार समस्या सामाधानका लागी अनुरोध गर्दा चासो नदिएकोले बिरोध गरिएको र यसलार्य नसच्याए थप शसक्त बिरोध र प्रतिकारमा जनता उत्रने वातावरण बनिरहेको नेपालगञ्जको भन्सार समेत पर्ने वडानम्बर १६ जैसपुरका वडाअध्यक्ष्म कलिम प्रधानले जानकारी गराउनु भएको छ ।