नेपालगञ्जको सिमावर्ती बजार रुपैडिहाका राधे–राधे मोबाईलवाला सन्तोष ब्रदर्शको नेपालगञ्जका क्यासिनोमा समेत हुण्डी कारोबार: सरोकारवाला निकायहरु चुपचाप

नेपालगञ्ज १३ असोज /  नेपाल–भारत सिमा क्षेत्रमा बसेर दुबै देशमा हुने बिभिन्न किसिमका संगठित अपराधलाई सहयोग पुग्ने गरि हुण्डी लगायतको गैर–कानुनी कारोबार गर्ने एउटा संगठित गिरोह हालैका दिनहरुमा पर्दाफास भएको छ ।

नेपाल–भारत सिमा क्षेत्र अन्तरगत बांकेको जमुनहा बोर्डर र भारतको बहराइच जिल्ला अन्तरगत रुपैडिहा बोर्डरको नोमेन्स लाइन नजिकै केही बर्ष अघि मात्र राधे–राधे मोबाइल पसल सञ्चालन गर्दै आएका सन्तोष बर्मा ब्रर्दशले सिमा वारपार अर्थात भारत र नेपालका बिभिन्न सगठित अपराध संलग्न ब्यक्तिहरुलाई मलजल पुग्ने गरि आर्थिक लगानी गर्ने गरेको पाईएको हो । अर्थात कमिशन लिएर इधरका उधर र उधरका इधर पैसा गरिदिने गरेका छन ।

नेपालको जमुनहा बोर्डर अन्तरगत नोमेन्स लाईन नजिकै भारतिय सुरक्षा एजेन्सी बिएसएफको कार्यालय नजिकै रहेको राधे–राधे नामक मोबाइल पसलका सञ्चालक समेत रहनुभएका सन्तोष बर्मा ब्रदर्शले काला धनलाई सफेद धन बनाउने माध्यम बनेको हुण्डी कारोबार सञ्चालन गरिरहेको पाइएको छ ।

१० बर्ष अघि सम्म सिमावर्ती भारतिय बजार रुपैडिहामा नै ठेलामा एउटा सामान्य चाट पसल सञ्चालन गरेर जिबिकोपार्जन गरिरहेको सन्तोष ब्रदर्श एक दशकमै करोडौं सम्पतीका मालिक भएर देखा परेपछी निजको ब्यबसायिक एवम अन्य कारोबारको बिषयमा सरोकारवालाहरु निकायहरुले प्ररारम्भिक छानबीन सुरु गरेको पाइएको छ ।

  • भारतको सिमावर्ति बजार रुपैडिहाको भारतिय भन्सार, प्रहरी कार्यालय काटेर नेपाल तर्फ नोमेन्स लाईन नजिक करिब ५ बर्ष अघि राधे राधे नामक मोबाईल पसल सञ्चालन गर्नुभएका सन्तोषले भारतिय बिभिन्न मोबाईल कम्पनीहरुसंग मिलेर बिक्री तथा खरिद बिल इन्ट्रि नगरेर जिएसटि एवम अन्य टयाक्स समेत नतिरेर तस्करी मार्फत ठुलो मात्रामा नेपाल तर्फ मोबाईल पठाउने गरेको बिगतका घटनाले पुष्टी गरिसकेको छ ।

त्यसरी तस्करीको माध्यम मार्फत नेपाल पठाइएका नेपाल सरकारको कोहलपुर स्थित राजश्व कार्यालयले नेपालगञ्जको बस पार्क रोडको पञ्चकोशी मोबाईल सेन्टर, धम्बोजीको गुप्ता मोबाईल लगायतका पसलमा छापा मारेर कार्बाही गरेपछी घटनाको पर्दाफास भएको थियो तर भारतिय सम्वन्धीत एजेन्सीहरुले भने सेटिंडको कारण उक्त घटनाहरुमा चुल लागेर बस्ने गरेको आरोप लाग्दै आएको छ ।

  • सन्तोषले करिब ५ बर्ष पहिल्य मोबाईल पसल सञ्चालन गरेको र भारतका बिभिन्न मोबाईल एजेन्सीहरुसंग मिलेर त्यहांको सरकारलाई समेत बिभिन्न किसिमका टयाक्स छली गरेर सिमा वारपार तस्करी मार्फत नेपालमा ठुलो मात्रामा मोबाईल पठाने गैर कानुनी कारोबारबाट केही पैसा कमाएपछी निज सन्तोष बर्मा केही बर्ष यता हुण्डी कारोबारमा बढी आकर्षित भएको घटनाक्रमले देखाएको छ ।

नेपाल र भारतमा भ्रष्टाचार नियन्त्रणका लागी अन्र्तराष्ट्रिय मुद्रा कोष लगायतका निकायहरुले पैसाको कारोबार नियन्त्रण गर्न आफुहरुले हस्ताक्षर गरेका अन्र्तराष्ट्रिय तथा राष्ट्रिय सहमती ऐन नियम कानुनको परिपालना गर्न सम्वन्धीत देशकम सरकारहरुलाई भद्र दवाब दिएपछी नेपाल र भारत दुबै देशले पैसाको कारोबारमा नियन्त्रण गर्ने कडा कानुन केन्द्रिय बैक मार्फत कार्यन्वयन गर्न थालेपछी सिमावर्ती क्षेत्रमा बिभिन्न पेशामा संलग्न ब्यक्तिहरु समेत गैर–कानुनी हुण्डी कारोबारमा संलग्न रहने गरेका छन ।

  • रुपैडिहाका सन्तोष ब्रदर्शले पछील्लो पटक नेपाल–भारतका सिमा वारपार ब्यवसाय गर्ने ब्यापारी तथा अन्य गैर कानुनी काम गर्ने ब्यक्तिहरुलाई जहां भन्यो त्यही पैसा उपलब्ध गराउने गैर कानुनी हुण्डीको कारोबार गरेर सिमा वारपार हुने संगठित अपराधलाई मलजल गर्ने गरेको पाईएको हो ।

नेपाल–भारत खुला सिमा क्षेत्रको फाइदा उठाउदै भन्सार गर्न नमिल्ने गैर–कानुनी समानहरु आयात–निर्यात देखि भन्सार चोरी गरि सिमा वारापार गराउने समानको कम्तीमा ३ प्रतिशत कमिशन लिएर संगठित रुपमा हुण्डी मार्फत गर्ने गरेको फेला परेको छ ।

नेपाल–भारत दुबै देशले भ्रष्टाचार तथा काला बजार नियन्त्रणका लागी राष्ट्रिय तथा अन्तराष्ट्रिय आर्थिक कारोबार बैक मार्फत गर्ने बित्तिय कडा कानुन बनाएर सिमा वारपार हुने गैर कानुनी ब्यापारलाई नियन्त्रण हुने अपेक्षा गरेका थिए ।

सिमा क्षेत्रमा बसेर संगठित हुण्डि कारोबारले नेपाल–भारतमा हुने गैर–कानुनी आर्थिक चलखेलले संगठित अपराधलाई सेवागर्ने एकातिर छ भने अर्कोतिर गैर–कानुनी ब्यवसायिक कारोबारलाई प्रश्य दिने गर्दछ ।

भारतको रुपैडिया सिमा क्षेत्रमा सन्तोष बर्माले मोबाईल पसलको नाममा संगठित हुण्डि कारोबार गरेर नेपाल–भारतमा गैर कानुनी काम गर्ने ब्यक्तिहरुलाई आश्रय र प्रशय दिने गरेको निजले केही बर्ष भित्र निजले कमाएको आर्थिक हैसियतले समेत पुष्टी गर्दछ ।

  • हाल राधे–राधे मोबाईलका सन्तोष बर्मा ब्रदर्शल् हुण्डी कारोबार लगायत नेपालगञ्जका ४ वटा क्यासिनोमा केही समय यता आफना केटाहरु मार्फत क्यासिनो भित्र गैर कानुनी रुपमा स्पोर्ट लगानी गर्ने गिरोह नै सञ्चालन गरेको पाइएको छ ।

एकातिर भारतमै पनि बिभिन्न् किसिमका टयाक्स छलेर गरेर रुपैडिहाबाट नेपाल तर्फ मोबाईल तस्करी गर्ने गरेकोमा त्यो भन्दा राम्रो आम्दानी हुण्डी कारोबार सञ्चालन गरेका सन्तोष बर्मा ब्रदर्श लिगल तथा इलिगल रुपमा नेपालगञ्जमा सञ्चालन भईरहेका ७ वटा मध्य ४ वटा क्यासिनोमा जुवाडेहरुलाई गैर कानुनीरुपमा पैसा लगानी गर्ने कारोबार सञ्चालन गदै आईरहेका छन ।

भारतबाट नेपाल आएका हुन वा नेपालगञ्ज कै ब्यक्ति किन नहुन तिनिहरुलाई भारतिय आधारकार्ड बनाईदिएर क्यासिनो भित्र छिरोउने देखि क्यासिनोमा अनुमनी नलिइएका ठुला खेलहरुमा ३ प्रतिशत कमिशनमा ठुलो रकम लगानी गरिदिने गरि सन्तोष बर्माले ४ वटै क्यासिनोमा केटाहरु परिचालित गरेर अबैधानिक काउन्टर नै सञ्चालन गरेर पैसाको गैर कानुनी धन्दा चलाउदा समेत नेपालका सम्वन्धीत निकायहरु समेत तै चुप मै चुप भएर बसिरहेको पाइएको छ ।

पैसाको गैर कानुनी कारोबारले एकातिर बिभिन्न किसिमका अदृष्य ठुला अपराधहरुलाई प्रशय दिने गर्दछ भने यस्ता कारोबारमा भ्रष्टाचार गरिएका र काला धनलाई सफेद धनको रुपमा परिवर्तन गर्न ठुलो मदद पुग्ने गरेको छ ।

सन्तोष बर्माले ३ प्रतिशत कमिशनको चक्करमा क्यासिनोमा जुवाडेहरुलाई जतिपनि लगानी गर्ने र अर्कोतिर नेपालबाट भारत र भारतबाट नेपालमा वा अन्य तेस्रो मुलुकमा पैसा पठाउन वा ल्याउने संगठित गिरोहको सदस्य जस्तो भई काम गर्ने गरेको घटनामा रुपैडिहामा सामान्य जस्तो भईसकेको अवस्था छ ।

बेरोजगार युवाहरुलाई भारतिय आधार कार्ड बनाईदिएर क्यासिनोको ग्राहकको रुपमा केटाहरुलाई क्यासिनो भित्र छिराउने र त्यहां नेपाल र भारतका जुवाडेहरुलाई लगानीका लागी भारत र नेपालका बिभिन्न बैकहरुका मोबाईल बैकिंग मार्फत समेत लगानी गर्ने गरेको पाइएको छ ।

नेपाल–भारत सिमा वारपार गैर कानुनी कारोबारका लागी हुण्डी गर्नेहरुमा रुपैडिहा मै प्रबिण खेतान देखी बिजय निंरकारी , मोनु लगायताका ब्यक्तिहरुको नाम यस अघि नै बिवादमा आईसकेको छ ।

नेपालगञ्जका क्यासिनोमा सन्तोष बर्माको कमिशनको चक्करमा पैसाको गैर कानुनी रुपमा कारोबार गर्ने सन्तोष बर्माले हाल के के गदै आएका छन ? क्रमश…