१९ वर्ष अघि बज्यैको हत्या गरि भागेका नाती साधुको भेषमा पक्राउ

चितवन, २४ असोज / १९ बर्ष अघि आफनै बज्यैको हत्या गरि जोगी भेषमा बस्दै आएका साधु कृष्णलाई सोमबार सांझ नेपाल प्रहरीले पक्राउ गरेको छ । बज्यैको हत्या गर्ने चितवनको भरतपुर महानगरपालिका वडानम्बर ७ बस्ने मन कुमारी वाग्लेको हत्या गरी फरार रहेका सोही महानगरपालिका वडानम्बर २८ बस्ने ४३ वर्षीय कृष्ण भन्ने तोयानाथ चापागाईलाई साधुको भेषमा मन्दिरबाट सोमबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको हो ।

नातामा नाती पर्ने चापागाईले २०६१ मंसिर १४ गते मन कुमारीलाई बाँसको लौरो र ढुंगा प्रहार गरी हत्या पश्चात कानमा लगाएको गरगहना समेत लुटी फरार भएका थिए । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवन र ईलाका प्रहरी कार्यालय बर्दघाट नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा नवलपरासी पश्चिम वर्दघाट नगरपालिका-४ बाढीपीडितस्थित शिव मन्दिरमा भेष बदलेर साधुको रुपमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।