नेपालगञ्जको भेरी अस्पतालको ल्याबबाट डाक्टर सहित ४२ जना कोरोना संक्रमित भएको रिपोर्ट सार्वजनिक

२० साउन, नेपालगञ्ज / नेपालगञ्जमा कोरोना संक्रमितहरुको सख्या बिहिबार अपरान्ह हवात्तै बढेको संख्या बाहिरिएको छ । नेपालगञ्जको भेरी अस्पतालमा रहेको कोरोना संक्रमण परिक्षण ल्याबको रिपोर्ट अनुसार बांकेको नेपालगञ्ज र खजुराका गरि एक जना डाक्टर पिहत २८ जनामा कोरोना संक्रमण भएको पाइएको छ ।

संक्रमितहरु मध्य १२ जना महिला र १६ जना पुरुषहरु रहनुभएको छ । गत हप्ता नेपालगञ्जमा बिभिन्न क्षेत्रका ब्यक्तीहरुको नमुना स्वाब संकलन गरि परिक्षण गरिएकोमा सुरक्षाकर्मि, डाक्टर लगायत अन्य चिकित्साकर्मिहरु, स्थानिय जनप्रतिनिधिहरु, सरकारी कर्मचारीहरु एवम सर्वसाधरणमा कोरोना संक्रमण भएको पाइएको थियो ।
उक्त संक्रमित ब्यक्तीहरुको कन्टयाक्ट टे«सिंगको आधारमा थप स्वाब नमुना संकलन गरि परिक्षण गरिएकोमा बिहिबार नेपालगञ्जको वडानम्बर १ धम्बोजी, वडानम्बर ४ गणेशपुर, वडानम्बर १८ कारकादो, वडानम्बर १० भृकुटीनगर, वडानम्बर १२ नगरपालिका पछाडी, वडानम्बर २ घरबारी टोल लगायतका रहेका छन ।

संक्रमितहरुको बिवरण र सूचना सम्प्रेसनमा जनस्वास्थ्य अधिकृत एवम फोकल पर्सनहरुको लापबाहीको कारणने जनतामा थप भ्रम र डरत्रास सृर्जना गर्ने गरि सूचनाहरु प्नि ब्यवस्थित नगरिएकाले बांके क्राइसिस म्यानेजमेन्टमा रहेर काम गर्ने निकायलाई पनि हप्ठयारो पर्दै गइरहेको छ ।

संक्रमितहरुले पनि नबुझने गरि ठाउं ठेगाना नखुलाएर जारि गरिएको सूचना निम्नलिखित रहेको छ । यससंग सम्वन्धीत फोकल पर्सन नरेश श्रेष्ठले पनि सम्पर्कमा आउन नचाहेर फोन नउठाएको आम्रो संवाददाताहरुले जानकारी गराउनुभएको छ । उता भेरीमै गरिएको परिक्षण्मा बर्दियाको राजापुर, बढैयाताल, गेरुवा, बांसगढी, पाताभार गरि १३ जना र १ जना कैलालीको सुख्खडको गरि १४ जना रहनुभएको छ ।