राप्ती नदीमा नदीजन्य पदार्थ तस्करी विरुद्ध बाँके प्रशासनको अपरेशन

 नदीजन्य पदार्थ तस्करी विरुद्ध बाँके प्रशासनको अपरेशन

नेपालगञ्ज १ असार/ शनिबार राति बाँकेको डुडुवा गाउँपालिका र राप्ती सोनारी गाउँपालिकाको क्षेत्रमा रहेको राप्ती नदीमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्ने तस्करहरूका विरुद्ध बाँके प्रशासनले अपरेसन गरेको छ।

अकस्मात् यसरी भयो रातिको अप्रेसन

शनिबार राति डुडुवा गाउँपालिका वडा नम्बर ५ क्षेत्रमा राप्ती नदीभित्र पसेर अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार कार्य भइरहेको देखेपछि स्थानीय बासिन्दाहरुले वडा नम्बर ५ का वडा अध्यक्ष झङ्कर थापालाई जानकारी गराएका थिए।

 

वडाध्यक्ष थापाले राप्ती नदी क्षेत्रबाट रातिमा अवैध रुपमा नदीजन्य पदार्थ तस्करी भइरहेको सम्बन्धमा बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलाई जानकारी गराउनुभएको थियो ।

उक्त घटनाका सम्बन्धमा बाँकेका प्रमुख जिल्ला अधिकारी जोशीले जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख रामप्रसाद घर्तीलाई कारबाहीका निम्ति जानकारी गराउनुभएको थियो।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख घर्तीले आफ्नो मातहत निकाय नेपालगञ्ज वडा प्रहरी कार्यालयका प्रमुख अरुण बमलाई अपरेसन गरेर कारबाही गर्न निर्देशनदिनुभएको थियो ।

बाँके प्रहरी प्रमुख घर्ती मगरको निर्देशन लगत्तै वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख अरुण बमको नेतृत्वमा राप्ती नदी क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन तथा तस्करी भइरहेको ठाउँमा गएको टोलीले घटनास्थलमा पुग्नु अगाडि नै नेपालगञ्जतर्फ आइरहेका नदीजन्य पदार्थ बोकेका ३ वटा टिप्परलाई नियन्त्रणमा लिएको थियो।

नदीजन्य पदार्थ तस्करी कार्यमा संलग्न रहेका तीनवटा टिपरहरूलाई शनिबार राति नै पक्राउ गरी कारबाहीका निम्ति जिल्ला प्रहरी कार्यालय बाँकेमा नियन्त्रणमा लिएको छ।

 

त्यसैगरी नदी क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको एउटा स्काई भेटर र ४ वटा ट्याक्टरलाई नदीजन्य पदार्थ तस्करहरुले राप्ती नदीको तट क्षेत्रमा लिएर लुकाउने प्रयास गरेका थिए।

घटनास्थल पुगेको प्रहरीले उक्त ट्याक्टर र स्काई स्काइभेटर राप्ती नदीको तटीय क्षेत्रमा बेवारिसे अवस्थामा फेला पारेको र ती स्काइवेटर तथा ट्याक्टरहरूको चापी नभएकोले

नियन्त्रणमा लिन सकिएको र उक्त क्षेत्रमा निगरानी बढाउन त्यस क्षेत्रको प्रहरी चौकी कम्तीलाई निर्देश मा पुग्नुभएका वडा प्रहरी कार्यालय नेपाल जग्गा प्रमुख अरुण बमले जानकारी दिनुभएको छ।

नदीजन्य पदार्थ बोकेका ट्याक्टर टिप्पर र सो कार्यमा सहयोग गर्ने लोडर, स्काइभेटर र मानिस पक्राउ गर्ने निकायलाई जिल्ला अनुगमन समितिले जरिना जरिवाना रकमको १५% तत्कालै उपलब्ध गराउने कार्यविधि यसअघि नै पास गरिसकेको छ।

बाँकेमा नदीजन्य पदार्थ मनपरि उत्खनन सङ्कलन र ओसारपसार गर्ने कार्य विभिन्न गृहहरूको मिलेमतोमा राजस्व चुहावट हुने गरी कार्य हुँदै आइरहेको छ।

नदीजन्य पदार्थ ढुङ्गा तस्करीबाट कार्यविधि ऐन विपरीत सञ्चालन भइरहेका गैरकानुनी क्रसरहरुले पनि मनपरी सञ्चालन भएर राज्यलाई करोडौं राजस्व चोहाट गर्ने काम गर्दै आइरहेका छन्। त्यसलाई नियमन गर्ने निकायले आँखा चिम्लेर बसेको अवस्था बाँकेमा रहेको छ।

हेर्नुहोस्:

कार्यविधिको जरिवाना निर्धारण गरिएको अंश  

नदीजन्य पदार्थ तस्करीमा संलग्नहरूला जरिवाना तोकिएको विवरण।

 

गैरकानुनी क्रसरहरूको विरुद्ध पनि अप्रेसन तयारी..

नदीजन्य पदार्थ उत्खनन सङ्कलन तथा ओसारपसार कार्यविधि ऐन २०७७ अनुसार मापदण्ड पूरा नगरेर सञ्चालन भइरहेका गैरकानुनी क्रसरहरूलाई बाँके प्रशासनले नियमन गर्ने तयारी गरेको छ।

बाँकेमा हाल सञ्चालन भइरहेका करिब डेढ दर्जन क्रसरहरूमध्ये कार्यविधि ऐन विपरीत विभिन्न बहानामा सञ्चालन भई राज्यलाई विभिन्न किसिमका करहरू समेत छल्ने गरेका क्रसरहरुलाई नियमन गर्न बाँकी प्रशासनले विधिसम्मत रुपमा अनुसन्धान तथा कारबाही योजना अगाडि सार्ने भएको छ।

आगामी आर्थिक वर्ष २०८२-८३ मा क्रसरहरूलाई व्यवस्थित र कार्यविधि ऐन अनुसार सञ्चालनका निम्ति बारम्बार मौका तथा सहयोग राज्यले दिँदै आएकोमा पछिल्लो बैठक क्रसरहरुले आफूलाई कार्यविधि अनुसार अध्यावती नगरेको र राज्यलाई तिर्नुपर्ने भ्याट लगायतका विभिन्न करहरु समेत नतिरेको र मनपरी ठाउँमा सञ्चालन भई वातावरणलाई समेत प्रभावित पारी मनपरी सञ्चालन भइरहेकाले त्यसरी मनपरी ञ्चालनका निम्ति सहयोग पुर्‍याउने गृहका विरुद्ध पनि प्रशासनले निगरानी सुरु गरेको छ।