कर्णाली बैक घोटाला काण्डमा १०९ जनामा ३ जना कारागार चलान, बांकी को–को छन संलग्न सम्पूणं बिवरण सहित….

नेपालगञ्ज २१ साउन/  कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड घोटाला काण्डका १०९ जना अभियुक्त मध्य पक्राउ परेका ४ जनाको थुनछेक बहस पछी बुधबार उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासले ३ जनालाई पूर्वपक्षका लागी थुनामा राख्न आदेश गरेको छ ।

नेपालगञ्जको सुर्खेतरोडमा केन्द्रिय कार्यालय रहेको नेपाल राष्ट्र बैंकबाट (ख) बर्गको मान्यता प्राप्त कर्णाली डेभलपमेन्ट बैकमा भएको बैकिङ कसूर मुद्दमा १ अर्व ३३ करोड ३२ लाख ७१ हजार २ सय ९२ रुपैया ६३ पैसा हिनामिना गरेको प्रारम्भिक अनुमान सहित १०९ जना बिरुद् बैकिङ कसूर मुद्दा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा प्रारम्भिक सुनाईको क्रममा थुनछेक बहस पछी पक्राउ परी अदालत समक्ष पेश भएका ४ जना मध्य ३ जनालाई थुनाका लागी नेपालगञ्ज कारागार चलान गरेको छ ।

पक्राउ परेका ४ जना

  • ईन्द्र वीर रायको नाती रुद्र विर रायको छोरा जिल्ला सल्यान शारदा नगरपालिका वडा नं ३ स्थायी वतन भई हाल जिल्ला बाँके नेपालगञ्ज उप महानगरपालिका वडा नं २० बस्ने वर्ष ६५ को कर्णाली डेभलपमेण्ट बैंक लि. का तत्कालिन प्रमुख कार्यकारी अधिकृत राजेन्द्र वीर राय  (ना.प्र.नं. ३१२३र २१४, सल्यान
  • बिर बहादुर सिंह ठकुरीको नाती गगन बहादुर सिंह ठकुरीको छोरा जिल्ला बाँके साविक राधापुर गा।बि।स वडा नं.५ हालको परिवर्तित खजुरा गाउँपालिका वडा नं. १ घर भई हाल नेपालगञ्ज उपमहानगरपालिका वडा नं।१९मा बस्ने वर्ष ४० को कर्णाली डेभलपमेण्ट बैंक लि.का तत्कालिन प्रमुख वित्त अधिकृत बेद प्रकाश सिंह ठकुरी  (ना.प्र.नं. १०१३३, बाँके)
  • सुमेर दत्त मिश्रको नाती मिश्री लाल मिश्रको छोरा बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका वडा नं.४ स्थायी वतन भएका कर्णाली डेभलपमेण्ट बैंक लि.का तत्कालिन संचालक समितिका अध्यक्ष वर्ष ६५ को पशुपती दयाल मिश्र ( ना.प्र.नं.१६४३३, बाँके)
  • पुष्प बहादुर बस्नेतको नाती कोमल बहादुर बस्नेतको छोरा जिल्ला सुनसरी महेन्द्रनगर (३ स्थायी वतन भई हाल जिल्ला काठमाडौ टोखा नगरपालिका वडा नं= १० मा आदर्श कोलनीमा बस्ने बर्ष ६१ को भुवन बस्नेत (ना.प्र नं.२६६५्र४८७७, सुनसरी)

पक्राउ परेका मध्य राष्ट्र बैकका पूर्व कर्मचारी तथा कर्णाली बैक लिमिटेढ अनुगमनको क्रममा कैफियत देखिएका भुवन बस्नेत लाई कैक घोटाला काण्डमा समाबेश भएको र अर्को सम्पती सुद्धिकरण समेत मुदामा गरि २ लाख धरौटीमा रिहा गर्ने उच्च अदालत नेपालगञ्जले बुधबार आदेश गरेको छ ।

कर्णाली बैक घोटाला काण्डका अभियुक्तहरुको बिवरण…….

श्री उच्च अदालत तुलसीपुर, नेपालगंज इजलास बाणिज्य इजलास समक्ष मुलुकी फौजदारी कार्यविधि संहिता,

२०७४ को परिच्छेद ३ को दफा ३२ अन्तर्गत दायर गरेको

अभियोगपत्र

सम्वत २०८२ सालको स.फौ.मु.न.

 

नेपाल राष्ट्र बैंक सञ्चालक समितिको मिति २०८१/०९/१० गतेको निर्णयबाट समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको लागि नेपाल राष्ट्र बैंकबाट गठित व्यवस्थापन समूहका तर्फबाट अख्तियारप्राप्त समूहका सदस्य उप-निर्देशक जुगल किशोर कुशवाहाको जाहेरीले नेपाल सरकार————————१

विरुद्ध

सि.नं. प्रतिवादीको नाम थर ठेगाना कैफियत
  • ईन्द्र वीर रायको नाती रुद्र विर रायको छोरा  जिल्ला सल्यान शारदा नगरपालिका वडा नं.३ स्थायी वतन भई हाल जिल्ला बाँके नेपालगञ्ज उप महानगरपालिका वडा नं. २० बस्ने वर्ष ६५ को कर्णाली डेभलपमेण्ट बैंक लि.का  तत्कालिन प्रमुख कार्यकारी अधिकृत  राजेन्द्र वीर राय (ना.प्र.नं. ३/२१, सल्यान)
पूर्वपक्षका लागी थुनामा
  • बिर बहादुर सिंह ठकुरीको नाती गगन बहादुर सिंह ठकुरीको छोरा जिल्ला बाँके साविक राधापुर गा.बि.स वडा नं.५ हालको परिवर्तित खजुरा गाउँपालिका वडा नं. १ घर भई हाल नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१९मा बस्ने वर्ष ४० को कर्णाली डेभलपमेण्ट बैंक लि.का  तत्कालिन प्रमुख वित्त अधिकृत बेद प्रकाश सिंह ठकुरी (ना.प्र.नं. १०१३३, बाँके)
पूर्वपक्षका लागी थुनामा

 

  • सुमेर दत्त मिश्रको नाती मिश्री लाल मिश्रको छोरा  बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका वडा नं.४ स्थायी वतन भएका कर्णाली डेभलपमेण्ट बैंक लि.का तत्कालिन संचालक समितिका अध्यक्ष वर्ष ६५ को पशुपती दयाल मिश्र (ना.प्र.नं.१६४३३, बाँके)
  • पुष्प बहादुर बस्नेतको नाती कोमल बहादुर बस्नेतको छोरा जिल्ला सुनसरी महेन्द्रनगर -३ स्थायी  वतन भई हाल जिल्ला काठमाडौ टोखा नगरपालिका वडा नं. १० मा आदर्श कोलनीमा बस्ने बर्ष ६१ को भुवन बस्नेत (ना.प्र नं.२६६५/४८७७, सुनसरी)

पूर्वपक्षका लागी थुनामा 

 

धरौटीमा रिहा

फरार अर्थात डरले भागेका अभियुक्त प्रतिबादीहरु……

  • ईन्द्र बहादुर रावतको नाती प्रेम बहादुर रावतको छोरा जिल्ला दाङ नारायणपुर गा.बि.स वडा नं. ५ हाल जिल्ला दाङ घोराही उपमहानगरपालिका वडा नं. ८  घर भई हाल  जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका वडा नं. १२ बस्ने  वर्ष ४८ को कर्णाली डेभलपमेण्ट बैंक लि.का  तत्कालिन प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार रावत (ना.प्र.नं. ३७८, दाङ)
फरार
बहादुर सिंह शाहको नाती मदन बिक्रम शाहको छोरा जिल्ला बाँके  साबिक पिप्रहवा गा.बि.स वडा नं.३ स्थायी वतन भई हाल नेपालगंज उपमहानगरपालिका वडा नं.१२ बस्ने वर्ष ४२ को कर्णाली डेभलपमेण्ट बैंक लि.का  तत्कालिन प्रमुख कार्यकारी अधिकृत निरज विक्रम शाह (ना.प्र.नं.४९२२, बाँके) फरार
लाल कुमार कक्षपतीको छोरा जिल्ला प्यूठान खर्लगा गा.बि.स वडा नं. ५ घर भई हाल जिल्ला बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ बस्ने  वर्ष ४६ को कर्णाली डेभलपमेण्ट बैंक लि.का तत्कालिन प्रमुख कार्यकारी अधिकृत विष्णु प्रसाद कक्षपती (ना.प्र.नं.१९७०९) फरार
जनक बहादुर थापाको नातिनी कृष्ण बहादुर थापाको छोरी दिनेश कुमार रावतको श्रीमती जिल्ला सल्यान खलंगा वडा नं. ३  माईतीघर भई जिल्ला दाङ घोराही उपमहानगरपालिका वडा नं. ८ घर भई हाल जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका वडा नं. १२ बस्ने  वर्ष ३९ की कर्णाली डेभलपमेण्ट बैंक लि.का तत्कालिन नेपालगंज शाखा प्रबन्धक दिपा थापा (ना.प्र.नं.१३७९२, सल्यान) फरार
भुपाल बस्नेतको नाती बुद्धिमान बस्नेतको छोरा दाङ जिल्ला, विजोरी गा.बि.स वडा न. १ घर भई हाल बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका वडा नं.०५ वतन भएको वर्ष ५५ को टंक बहादुर बस्नेत (ना.प्र.नं.१८११८/२८८०, दाङ) फरार
डिलाराम भण्डारीको नातीनी छबिलाल भण्डारीको छोरी अशोक कुमार रावतको श्रीमती दाङ जिल्ला लमही नगरपालिका वडा नं. ०५ स्थायी वतन भएकी वर्ष ५७ की उषा कुमारी भण्डारी (ना.प्र.नं.१८४१४/१९४३, दाङ) फरार
मुस्तफा दर्जीको नाती अब्दुल मजिद दर्जीको छोरा  बाँके जिल्ला  साबिक पुरैनिया गा.बि.स. वडा नं. २ हाल नेपालगंज उपमहानगरपालिका वडा नं.२१ स्थायी वतन भएका वर्ष ३८ को  निसार अहमद दर्जी (ना.प्र.नं.१६६५६, बाँके) फरार
चुडामणी अधिकारीको नाती फर्साराम अधिकारीको छोरा जिल्ला दाङ साबिक हेकुली गा.बि.स वडा नं. ३ हालको परिवर्तित दंशीशरण गाउपालिका वडा नं. ३ स्थायी वतन भएका वर्ष ४८ को  युवराज अधिकारी (ना.प्र.नं.५२०/१८८, दाङ) फरार
मिश्रिलाल मिश्रको नाती पशुपती दयाल मिश्रको छोरा बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका वडा नं. ४ स्थायी वतन भएको वर्ष ३६ को  ओम प्रकाश मिश्र (ना.प्र.नं.१५५५६, बाँके) फरार
कुन्जर जंग राणाको नाती नोचन जंग राणाको छोरा जिल्ला बाँके साबिक नेपालगंज नगरपालिका वडा नं. १५ हालको नेपलागंज उपमहानगरपालिका वडा नं.११ स्थायी वतन भएको वर्ष ७४ को ओम प्रताप राणा(ना.प्र.नं.८७, बाँके) फरार
रणजित ज.व.रा.को नातिनी शम्सेर जित ज.व.रा.को छोरी किरण बहादुर शाहको श्रीमती जिल्ला बाँके साबिक नेपालगंज नगरपालिका वडा नं. १३ हालको परिवर्तित नेपालगंज उपमहानगरपालिका वडा नं. १० स्थायी वतन भएकी वर्ष ७४ की  डा.उषा राणा (शाह) (ना.प्र.नं-२२४४०) फरार
कुशल सिंह आजातको नाती राम दुलारे आजातको छोरा जिल्ला बाँके साबिक नेपालगंज नगरपालिका वडा नं. १० हालको परिवर्तित नेपालगंज उपमहानगरपालिका वडा नं. ८ स्थायी वतन भएको वर्ष ६९ को ओम प्रकाश आजात ( ना.प्र.नं. १७३८३ बाँके) फरार
शम्भु प्रसाद श्रेष्ठको नाती पुरन प्रसाद श्रेष्ठको छोरा जिल्ला बाँके नेपालगंज नगरपालिका वडा नं.२ बस्ने वर्ष ५२  को हरिहर प्रसाद श्रेष्ठ (ना.प्र.नं.२१२०३, बाँके) फरार
पदम बहादुर धर्तीमगरको छोरा जिल्ला प्युठान  साबिक गोठीवाङ गा.बि.स वडा नं. ९  हालको परिवर्तित स्वर्गद्धारी नगरपालिका वडा नं. ९ घर भएका वर्ष ४६ को ईन्द्र जित घर्तिमगर (ना.प्र.नं.२४०६) फरार
लिलाधर बस्नेतको नाती केशब बस्नेतको छोरा जिल्ला दाङ, अमृतपुर गा.बि.स वडा नं. ०९ हाल दागिशरण गाउपालिका वडा नं. ५ वतन भई हाल नेपालगंज उपमहानगरपालिका वडा नं. १२ बस्ने  वर्ष ५४ को  नर्जित बस्नेत (ना.प्र.नं.४८५८/७५४, दाङ) फरार
भरतमणी थारुको नाती दयाराम थारुको छोरा बाँके जिल्ला नौबस्ता गाउपालिका वडा नं. ७ घर भई हाल नेपालगंज उपमहानगरपालिका वडा नं. १२ बस्ने वर्ष ३० को मान बहादुर चौधरी (ना.प्र.नं.६६३०४६/२३५, बाँके) फरार
जुगुराम थारुको नाती तिलकराम थारुको छोरा  बाँके जिल्ला साबिक नौबस्ता गा.बि.स वडा नं.५ हालको परिवर्तित बैजनाथ गाउपालिका वडा नं.३ स्थायी वतन भएको वर्ष ३६ को पवन सिंह चौधरी (ना.प्र.नं.६६१०४६/२१८, बाँके) फरार
कुजुवा थारुको नाती रामचन्द्र थारुको छोरा बाँके जिल्ला साबिक बनकटवा गा.बि.स वडा नं.७ हालको  बैजनाथ गाउपालिका वडा नं. ५ स्थायी वतन भएको वर्ष  ३९ को समजलाल चौधरी (ना.प्र.नं.१५३८१, बाँके) फरार
बहादुर सिंहको नाती मदन विक्रम शाहको छोरा जिल्ला बाँके  साबिक पिप्रहवा  गा.वि.स वडा नं. ३ हालको परिवर्तित नेपालगंज उप महानगरपालिका वडा नं. १५ स्थायी वतन  भएका वर्ष ३९ को समिर विक्रम शाह ( ना.प्र.नं.१४५४५, बाँके) फरार
नरे बुढाको नाती जय बहादुर बुढाको छोरा जिल्ला बर्दिया साबिक  जमुनी गा.बि.स वडा नं.५  हालको परिवर्तित बढैयाताल गाउँपालिका वडा नं.२ घर भएका  बर्ष  ३५ को  हरिकृष्ण वि.सी (नागरिकता नं. ६५३०११/१० बर्दिया) फरार
कजुवा थारुको नातिनी राम चरण थारुको छोरी  जिल्ला बाँके साबिक  बनकटुवा गा.बि.स. वडा नं. ७ हालको परिवर्तित बैजनाथ गाउँपालिका वडा नं.६ स्थायी वतन भएकी बर्ष ४३ कि  भुजनी थरुनी (ना.प्र नं. १४९९१/बाँके) फरार
मनवीर वलीको नाती बुधिराम वलीको छोरा जिल्ला सल्यान साबिक बाफुखोला गा.बि.स वडा नं. ६ हालको परिवर्तित बागचौर नगरपालिका वडा नं.११ स्थायी वतन भएका  वर्ष  ३४ को  प्रेम प्रकाश वली (ना.प्र नं. ५५१००२/४२१२ सल्यान) फरार
रुद्र बहादुर डाँगीको छोरा जिल्ला दाङ दाबिक पंचकुले गा.बि.स वडा नं.५ हालको परिवर्तित बबई गाउपालिका वडा नं. ७ स्थायी वतन भएको वर्ष  ३६ को गंगाराम डाँगी (ना.प्र.नं.५२३०४०/९४०) फरार
सोनु चौधरीको नाती गनुवा चौधरीको छोरा जिल्ला दाङ तुल्सीपुर उप महानगरपालिका वडा नं.६ स्थायी वतन भएको बर्ष ३४ को  विनोद चौधरी (ना.प्र.नं. ५२२०२९/३९७३ बाँके) फरार
कमान बहादुर सिंहको छोरी  जिल्ला कैलाली  धनगढी उप महानगरपालिका वडा नं.०३ स्थायी वतन भएकी वर्ष ३० की सुमित्रा सिंह( ना.प्र. नं. ६७-०१-७०-१०३१५) फरार
हिरालाल कायस्थको नाती किशोर लाल कायस्थको छोरा जिल्ला बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नं.३ स्थायी वतन भएको  बर्ष ४६ को सुनिल श्रीवास्तब (ना.प्र.नं. ११२५०, बाँके) फरार
महाबिर खड्काको नाती बखत बहादुर खड्काको छोरा जिल्ला बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ स्थायी वतन भएका वर्ष २८ को सौरभ खड्का (ना.प्र.नं.६६-०१-७१-००४७०, बाँके) फरार
बामदेव गौतमको नाती गोपाल प्रसाद गौतमको छोरो जिल्ला दाङ हापुर गा.बि.स वडा नं. ७  हालको परिवर्तित घोराही उपमहानगरपालिका वडा नं. ११ स्थायी वतन भएका वर्ष ४८ को मुकेश गौतम (ना.प्र.नं.२६१/२७३,दाङ) फरार
कर्ण बहादुर श्रेष्ठको नाती रविन्द्र राज श्रेष्ठको छोरा जिल्ला दैलेख, नारायण नगरपालिका वडा नं.१ स्थायी वतन भई हाल जिल्ला बाँके, नेपालगंज उपमहानगरपालिका वडा नं.६ बस्ने सानु इन्टरप्राईजेजको  सञ्चालक वर्ष ४६ को नारायण कुमार श्रेष्ठ (ना.प्र.नं.८७३४७/१९१६, दैलेख) फरार
भरत मणी थारुको नातिनी दया राम थारुको छोरी ईन्द्र बहादुर थापाको श्रीमती बाँके जिल्ला साबिक नौबस्ता गा.बि.स. वडा नं. ७ हाल बैजनाथ गाउपालिका  वडा नं.३ स्थायी वतन भएकी वर्ष ३१ की मन कुमारी चौधरी (ना.प्र.नं.६६१०४६/१३३२) फरार
हेमराज गुरुङको छोरी  जिल्ला बाँके नेपालगन्ज नगरपालिका वडा नं.०५ स्थायी वतन भएकी  बर्ष ३९की  ईन्द्रकली गुरुङ (ना.प्र.नं.  ६६१०१९/ ७१२ / बाँके) फरार
हेमराज गुरुङको छोरी  जिल्ला बाँके नेपालगन्ज नगरपालिका वडा नं.०५ स्थायी वतन भएकी  बर्ष  २६ की गौमती गुरुङ (ना.प्र.नं. ६६१०१९/७१३ बाँके फरार
लोक बहादुर सार्कीको छोरा जिल्ला बाँके साबिक प्रतिहवा गा.बि.स वडा नं.३  हालको नेपालगंज उपमहानगरपालिका वडा नं.१५ स्थायी वतन भएको बर्ष ४२ को सुशिल कुमार सार्की (नेपाली) (नागरिकता नं. ७९६०/बाँके) फरार
धनिराम थारुको छोरी जिल्ला बाँके साबिक वैजापुर गा.बि.स वडा नं. ३ हालको परिवर्तित राप्ती सोनारी गाउपालिका वडा नं. ४ स्थायी वतन भएकी वर्ष ३४ की जन कुमारी चौधरी (ना.प्र.नं६६१००८/११५, बाँके) फरार
चुडामणी सापकोटाको नाती होमनाथ सापकोटाको छोरा जिल्ला बाँके साविक बागेश्वरी गा.बि.स वडा नं. १ हालको परिवर्तित खजुरा गाउपालिका वडा नं. ३ स्थायी वतन भएको वर्ष ३५ को  महेश सापकोटा (ना.प्र.नं.१०४०/८२६) फरार
कृष्णलाल श्रेष्ठको छोरा जिल्ला प्यूठान साबिक खलंगा गा.बि.स वडा नं. ०५ हालको परिवर्तित मल्लरानी गाउपालिका वडा नं.४ स्थायी वतन भएको वर्ष ३७ को  प्रशन्न श्रेष्ठ (ना.प्र.नं.४८५२१) फरार
मान बहादुर डांगीको नाती केवल बहादुर डांगीको छोरा जिल्ला सल्यान साबिक कोटेमौला गा.बि.स वडा नं.९ हालको परिवर्तित  बागचौर नगरपालिका वडा नं.९ स्थायी वतन भएको  बर्ष ३२ को  नेत्र प्रकाश डांगी (ना.प्र.नं. ५५०११६/१२२२९९) फरार
नन्दलाल श्रेष्ठको छोरा जिल्ला बाँके नेपालगञ्ज नगरपालिका वडा नं. १३ स्थायी वतन भएको वर्ष ३९ को  सौरभ श्रेष्ठ (९५९६, बाँके) फरार
गौरी लाल डाँगीको नाती चित्र बहादुर डागीको छोरा जिल्ला दाङ तुल्सीपुर वडा नं.८ स्थायी वतन भएको वर्ष ३२ को  द्रोण बहादुर डाँगी (ना.प्र.नं. ५२२०२९/७९४२   दाङ ) फरार
चिदानन्द प्याकुरेलको नाती ओम प्रकाश प्याकुरेलको छोरा बाँके जिल्ला नेपालगंज उप महानगरपालिका वडा नं.१६ स्थायी वतन भएका वर्ष ४७ को राजकुमार प्याकुरेल (ना.प्र.नं.८४१२(५९३) बाँके) फरार
मोहन दत्त बिष्टको छोरा जिल्ला बाँके खास कारकादो गा.बि.स वडा नं. १ हालको परिवर्तित नेपालगंज उपमहानगरपालिका वडा नं. १८ स्थायी वतन भएको वर्ष ३८ को  कोमल बिष्ट (ना.प्र.नं. ११७९२, बाँके) फरार
अशोक कुमार रावतको छोरी जिल्ला दाङ चौलाही गा.बि.स वडा नं. २  हालको परिवर्तित लमही नगरपालिका वडा नं.५ स्थायी वतन भएकी  वर्ष ३० की  एलिना आर.सि. (ना.प्र.नं. २०१०/३४२७, दाङ) फरार
गणेश कुमार नगरकोटीको छोरी जिल्ला सल्यान शारदा नगरपालिका वडा नं. ३ स्थायी वतन भएकी वर्ष  २६ की  नमुना नगरकोटी (ना.प्र.नं. ५५-०१-७३-०१०११,सल्यान) फरार
नारायण गौतमको छोरा जिल्ला बर्दिया गुलरिया  गा.बि.स वडा नं. ०६  हालको परिवर्तित गुलरिया नगरपालिका वडा नं.५ स्थायी वतन भएको बर्ष ४२ को  सुनिल गौतम (ना.प्र.नं. . १४३२२ बर्दिया) फरार
पूर्ण बहादुर भडेलको छोरा जिल्ला सल्यान खलंगा गा.बि.स वडा नं.६  हालको परिवर्तित शारदा नगरपालिका वडा नं.२ स्थायी वतन भएका वर्ष ४३ को बिनोद भडेल (ना.प्र.नं.६४९४/८३१) फरार
ईश्वर प्रसाद श्रेष्ठको छोरा जिल्ला सल्यान खलंगा गा.बि.स. वडा नं.७ हालको परिवर्तित शारदा नगरपालिका वडा नं. ३ स्थायी वतन भएको वर्ष ४५ को सुचिन श्रेष्ठ (ना.प्र.नं.१९०७/७) फरार
मंगह थारुको छोरा जिल्ला बर्दिया साबिक बदालपुर गा.बि.स वडा नं. ३  हालको परिवर्तित राजापुर नगरपालिका वडा नं. ५ स्थायी वतन भएका वर्ष ४१ को रामलौटन चौधरी (ना.प्र.नं.१५६१३) फरार
पदम बहादुर के.सी.को छोरी जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका वडा नं. ५ स्थायी वतन भएका वर्ष ४४ की बिनिता के.सी. (ना.प्र.नं.४७३८) फरार
चक्र बहादुर गिरीको छोरा जिल्ला सल्यान पिपलनेटा गा.वि.स वडा नं. १ हालको  स्थायी वतन  भएको  वर्ष २८ को सुरेश गिरी (ना.प्र.नं.५५-०१-७०-०२६१२, सल्यान) फरार
कमारो कामीको  नाती कृपाल कामीको छोरा जिल्ला रुकुम मुसिकोट नगरपालिका वडा नं.३ घर भई हाल जिल्ला बाँके, नेपालगञ्ज नगरपालिका वडा नं. ४ बस्ने डि.एन.टी ईन्भेष्टमेण्ट प्रा.लि. का संचालक वर्ष ३९ को शशीराम वि.क. (ना.प्र.नं.८३१(००१)/२४०२, रुकुम) फरार
तिखे कामीको नाती धनिराम कामीको छोरा जिल्ला रुकुम (पश्विम भाग) मुसिकोट नगरपालिका वडा नं. १ घर भई हाल जिल्ला बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ०५ बस्ने त्रिसरा ईण्डष्ट्रिज प्रा.लि.को संचालक वर्ष ४९ को रविलाल विश्वकर्मा    (ना.प्र.नं.३८१९-३७, रुकुम, पश्चिम भाग) फरार
जनक बहादुर कर्माचार्यको नाती ग्रिष्मराज कर्माचार्यको छोरा जिल्ला बाँके, नेपालगंज उपमहानगरपालिका वडा नं.१२ घर भएका एस के स्टोरका संचालक  वर्ष ३७ को सौरभ कर्माचार्य (ना.प्र.नं.१३६२२) फरार
मान सिंह सुनारको नाती महाविर सुनारको छोरा जिल्ला बाँके साबिक बागेश्वरी गा.बि.स वडा नं.६ हाल खजुरा गाउँपालिका वडा नं.४ बस्ने नेचर नेपाल ईण्डष्ट्री प्रा.लि.को संचालक वर्ष ४९ को तिलक बिर सुनार (ना.प्र.नं.२१५४८, बाँके) फरार
रविलाल वि.क.को नाती शेर बहादुर वि.क.को छोरा  जिल्ला रुकुम, मुसिकोट नगरपालिका  वडा नं.५ घर भई हाल बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ५ बस्ने प्रतिक ईण्डष्ट्रीज प्रा.लि.,वैदिक कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि. र प्रतिक निर्माण सेवा प्रा.लि.को संचालक वर्ष ४४ को तिलक वि.क. (ना.प्र.नं.२६४-००९-२७३६, रुकुम) फरार
रघुविर दासीको नाती  बदल राम माधब दासीको छोरा  जिल्ला बाँके साबिक नेपालगञ्ज-६, हाल नेपालगञ्ज उपमाहनगरपालिका वडा नं. १ बस्ने  वैदिक कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि.को संचालक वर्ष ७२ को राम शंकर माधव दासी (ना.प्र.नं.५३८, बाँके) फरार
राम औतार भुजुवाको नाती राम लौटन भुजुवाको छोरा जिल्ला बाँके, नेपालगञ्ज उपमहानगरपालिका वडा नं.७ घर भएका वर्ष ६८ को बेचनलाल भुजुवा (ना.प्र.नं. २३४४, बाँके) । (व्यक्तिगत ऋणी) फरार
हस्तबिर गुरुङको नाती, गम्भीर सिंह गुरुङको छोरा जिल्ला बाँके बागेश्वरी गा.बि.स वडा नं. ५ घर भई हाल बाँके जिल्ला खजुरा गाउपालिका वडा नं. ४ बस्ने यर्मिया एग्रो प्रा.लि.को संचालक वर्ष ५७ को थोमा गुरुङ (ना.प्र.नं.५५७५, सुर्खेत). फरार
लिलाधर अधिकारीको छोरा जिल्ला सुर्खेत साबिक मालारानी गा.बि.स वडा नं. ०४ हालको परिवर्तित गुर्भाकोट नगरपालिका वडा नं. १ स्थायी वतन भएको यर्मिया एग्रो प्रा.लि.को संचालक वर्ष ६५ को अगनधर अधिकारी (ना.प्र.नं.भे.सु.१२५९/१११७) फरार
गादी प्रसाद कडेलको छोरी जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं.२, बाँके स्थायी वतन भएकी यर्मिया एग्रो प्रा.लि.को संचालक वर्ष २५ की सुनिता कडेल (ना.प्र.नं.६६-०६-७६-०१६६१) फरार
केशर सिंह वलीको नाती भुपेन्द्र राज वलीको छोरा जिल्ला बाँके साबिक महादेवपुरी गा.बि.स वडा नं.८ हालको परिवर्तित राप्तीसोनारी गाउपालिका वडा नं.८ बस्ने शम्सेरगंज ईङलिस मिडियम बोर्डिङ स्कुल प्रा.लि.को संचालक वर्ष ४२ को नरेन्द्र विक्रम वली (ना.प्र.नं.८२५५, बाँके) फरार
कुविर वलीको छोरा जिल्ला दाङ तुल्सिपुर नगरपालिका वडा नं.५ स्थायी वतन भएका  शम्सेरगंज ईङलिस मिडियम बोर्डिङ स्कुल प्रा.लि.को संचालक वर्ष ३७ को झलक वली (ना.प्र.नं.६१०३, दाङ) फरार
हिरु बटालाको नाती जय प्रकाश बटालाको छोरा जिल्ला बाँके महादेवपुरी गा.बि.स वडा नं.८ हालको परिवर्तित राप्तीसोनारी गाउपालिका वडा नं. ८ बस्ने शम्सेरगंज ईङलिस मिडियम बोर्डिङ स्कुल प्रा.लि.को संचालक वर्ष ४३ को विष्णु कुमार बटाला (ना.प्र.नं.४२४५, बाँके) फरार
सदानन्द उपाध्यायको नाती चन्द्र प्रसाद शर्माको छोरा जिल्ला रुकुम सानोभेरी गाउपालिका वडा नं. ७ घर भई हाल  जिल्ला बाँके साबिक महादेवपुरी गा.बि.स वडा नं.७ हालको राप्तीसोनारी गाउपालिका वडा नं.८ बस्ने शम्सेरगंज ईङलिस मिडियम बोर्डिङ स्कुल प्रा.लि.को संचालक वर्ष ४४ को विष्णु कुमार शर्मा (ना.प्र.नं.१०-०४२-२७८६, रुकुम) फरार
अमर बहादुर बोहोराको छोरा जिल्ला रुकुम त्रिवेणी गाउपालिका वडा नं. २ स्थायी वतन भएका शम्सेरगंज ईङलिस मिडियम बोर्डिङ स्कुल प्रा.लि.को संचालक वर्ष ३८ को विष्णु बोहोरा (ना.प्र.नं. १७०-००९-२१०३, बाँके) फरार
भक्त बहादुर शाहीको नाती खडक बहादुर शाहीको छोरा जिल्ला सुर्खेत दहचोल गा.बि.स वडा नं. ०१ घर भई हाल जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं. ११ बस्ने सुदर्शन अटो पार्टसको संचालक वर्ष ४० को पूर्ण मिलन शाही (ना.प्र.नं.४४३०९/१४०,  सुर्खेत) फरार
प्रताप शाहीको नाती विर्ख बहादुर शाहीको छोरा जिल्ला अछाम, तुर्माखाँद गाउपालिका वडा नं. ०५ घर भई हाल जिल्ला बाँके, वैजनाथ गाउपालिका वडा नं. ०२ बस्ने हिमाली लालिगुँरास एग्रो प्रा.लि.को संचालक  वर्ष  ३४ को कुल बहादुर शाही (ना.प्र.नं.१३२१६, अछाम) फरार
फणेन्द्र बहादुर मल्लको नाती भुपाल बहादुर मल्लको छोरा बर्दिया जिल्ला खैरीचन्दनपुर गा.बि.स वडा नं. ४ स्थायी वतन भई जिल्ला बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नं.०५ बस्ने  माता कलंकी सप्लायर्स प्रा.लि.को संचालक बर्ष ४० को  गौरब मल्ल (नागरिकता नं. २०९३२, बर्दिया ) फरार
शिवनाथ भट्टराईको छोरी जिल्ला बाँके उदयपुर गा.बि.स वडा नं.५ स्थायी वतन भई हाल जिल्ला बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नं.०५ बस्ने वर्ष ३९ की माता कलंकी सप्लायर्स प्रा.लि.को संचालक मनिषा भट्टराई (ना.प्र. नं. ११४३७, बाँके) फरार
दयाराम थारुको छोरा जिल्ला बाँके साबिक नौबस्ता गा.बि.स वडा नं.७ हालको बैजनाथ गाउपालिका वडा नं.७ स्थायी वतन भएको राप्ती पोलिमर्स प्रा.लि.को संचालक वर्ष ३५ को माया राम चौधरी (ना.प्र.नं. ६६१०४६/३०३) फरार
शिब शंकर सिंहको नाती योगेश बहादुर सिंहको छोरा जिल्ला बाँके साबिक होलिया गा.बि.स वडा नं.४ हालको डडुवा गाउपालिका वडा नं.१ स्थायी वतन भई हाल नेपालगंज उपमहानगरपालिका वडा नं. ९ बस्ने बाँके केमिकल्स प्रा.लि.को संचालक  वर्ष ३५ को सौरभ सिंह (ना.प्र नं. ६६१०२०/२०, बाँके) फरार
बाबु राम गुप्ता (माली) को छोरा जिल्ला बाँके लक्ष्मणपुर गा.बि.स.वडा नं.०५ हालको नरैनापुर गाउपालिका वडा नं.२ स्थायी वतन बाँके केमिकल्स प्रा.लि.को संचालक  वर्ष ३७ को ईन्द्र सैनी (ना.प्र.नं.१६७५ /बाँके) फरार
मिश्री लाल मिश्रको नाती पशुपती दयाल मिश्रको छोरा  जिल्ला बाँके साबिक हिरमिनिया गा.बि.स वडा न.१ हाल जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका वडा नं. ४ बस्ने बाँके समृद्धि एग्रो प्रा.लि को संचालक वर्ष  ३८ को  राम करन मिश्र (ना.प्र.नं. ११८४६) फरार
जसे भण्डारीको नाती मेगे भण्डारीको छोरा जिल्ला रुकुम खलंगा गा.वि.स. वडा नं २ स्थायी वतन भई हाल जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका वडा नं.४ बस्ने अष्टलक्ष्मी बिल्डिङ् प्रोडक्टस् प्रा.लि.का संचालक किरण भण्डारी (ना.प्र.नं. ६५७(००९)/३०५२) फरार
सुभास सिंह ठकुरीको नाती तिलक बहादुर सिंह ठकुरीको छोरा जिल्ला रोल्पा डुवरीङ गा.बि.स. वडा न.४ वतन भई हाल जिल्ला बाँके नेपालगञ्ज उपमहानगपालिका वडा नं ९ बस्ने वर्ष ४६ को नेक्सस इनर्जि प्रा.लि. का संचालक कुमार सिंह ठकुरी (ना.प्र.नं. २८९९०) फरार
जंग बहादुर विश्वकर्माको नाती मोहनलाल विश्वकर्माको छोरा  जिल्ला बाँके बिनौना गा.बि.स. वडा नं.८ वतन भई हाल जिल्ला बाँके राप्ती सोनारी गाउपालिका वडा नं. ५ बस्ने प्राइमफिल्ड एग्रो प्रा.लि. का संचालक  वर्ष ४२ को  तेजु राम वि.क. (ना.प्र.नं. १४१०४, बाँके) फरार
रमै थारुको नाती रुपवा थारुको छोरा जिल्ला बर्दिया ढोडरी गाविस वडा नं ७ वतन भई हाल जिल्ला बाँके जानकी गाउपालिका वडा नं. ३ बस्ने बाँके प्रोसेसिङ इण्डष्ट्रिज प्रा.लि.का संचालक वर्ष ५९ को ठाकुर प्रसाद थारु (ना.प्र.नं.१९०२, बर्दिया) फरार
ठाकुर प्रसाद थारुको छोरा जिल्ला बर्दिया ढोढरी गाविस वडा नं ७ वतन भई हाल जिल्ला बाँके नेपालगंज नगरपालिका वडा नं. ०९ बस्ने बाँके प्रोसेसिङ् इण्डष्ट्रिज प्रा.लिका संचालक वर्ष  ३१ को मुन्सीराम थारु (६५-०१-७३-०१५०४) फरार
मसुरी शम्सेरको नाती दधिची शम्सेरको छोरा जिल्ला बाँके साबिक नेपालगञ्ज उपमहानगरपालिका वडा नं १३ हालको नेपालगञ्ज उपमहानगरपालिका वडा नं २० स्थायी वतन भएको भुमि एग्रो फार्म प्रा.लि.का संचालक वर्ष ६४ को कुशिक शम्सेर राणा (५५८७, बाँके) फरार
राम गोपाल पाण्डेको नाती अजय कुमार पाण्डेको छोरा जिल्ला बाँके जैसपुर गा.बि.स. वडा नं.६ वतन भई हाल जिल्ला बाँके नेपालगञ्ज उपमहानगरपालिका  वडा नं १७ घर भएका रुद्रप्रिया इन्भष्टमेन्ट कम्पनी प्रा.लिका संचालक वर्ष ३६ को नवराज पाण्डे (ना.प्र.नं. ६६१०३१/१८८) फरार
रुद्र बहादुर डाँगीको छोरा जिल्ला दाङ पञ्चकुले गा.बि.स वडा  नं. ५ वतन भई हाल जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका वडा नं. १६ घर भएका   रुद्रप्रिया इन्भष्टमेन्ट कम्पनी प्रा.लिका संचालक वर्ष ४९ को राजेन्द्र बहादुर डाँगी (ना.प्र.नं.५७/९९७, दाङ) फरार
तारा प्रसाद श्रेष्ठको नाती चन्द्र प्रसाद श्रेष्ठको छोरा जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका वडा नं. १३ स्थायी वतन भएका सिनर्जि पोलिमर्स इण्डस्ट्रिज प्रा.लि.का संचालक वर्ष ४५ को राघवेन्द्र श्रेष्ठ (ना.प्र.नं.१२०५) फरार
केशव सिं खड्काको छोरा जिल्ला बाँके नेपालगंज उप महानगरपालिका वडा नं. १३ स्थायी वतन भएका सिनर्जि पोलिमर्स इण्डस्ट्रिज प्रा.लि.का संचालक वर्ष ४५ को बिकास खड्का (ना.प्र.नं.३४७७) फरार
बुद्द कुमार श्रेष्ठको छोरा जिल्ला बाँके साबिक नेपालगंज नगरपालिका वडा नं.१३ हालको परिवर्तित नेपालगंज उप महानगरपालिका वडा नं. १० स्थायी वतन भएका सिनर्जि पोलिमर्स इण्डस्ट्रिज प्रा.लि.का संचालक  वर्ष ४५ को बिकल कुमार श्रेष्ठ(ना.प्र.नं.३८४४, बाँके) फरार
नन्दलाल श्रेष्ठको छोरी निरज विक्रम शाहको श्रीमती जिल्ला बाँके नेपालगंज उप महानगरपालिका वडा नं. १३ स्थायी वतन भई हाल नेपालगंज उपमहानगरपालिका वडा नं.१२ बस्ने सिनर्जि पोलिमर्स इण्डस्ट्रिज प्रा.लि.का संचालक  वर्ष ४३ की शुभेच्छा श्रेष्ठ (ना.प्र.नं.८९५७, बाँके) फरार
शम्भु कुमार मुनंकर्मीको छोरा जिल्ला बाँके साविक नेपालगंज नगरपालिका वडा नं. १३ हालको परिवर्तित नेपालगंज उप महानगरपालिका वडा नं. १० स्थायी वतन भएका सिनर्जि पोलिमर्स इण्डस्ट्रिज प्रा.लि.का संचालक  वर्ष ४४ को शिशिर कुमार श्रेष्ठ (ना.प्र.नं.७५१४, बाँके) फरार
नेत्र बहादुर राईको नाती विरेन्द्र कुमार राईको छोरा जिल्ला सल्यान खलंगा गाविस वडा नं ५ वतन भई हाल जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं. ८ बस्ने  हिल्सा इन्भेष्टमेन्ट प्रा.लि. का संचालक वर्ष ३० को दिपेन्द्र  राई (ना.प्र.नं.५५-०१-७०-००३३४ फरार
राम बहादुर  ‍ओली का छोरा जिल्ला बाँके महादेवपरी गाविस वडा नं ०२ स्थायी वतन भएका  हिल्सा इन्भेष्टमेन्ट प्रा.लि. का संचालक वर्ष २६ को राजन ओली (ना.प्र.नं.६६-०२-७३/६३१) फरार
नरे दमाईको नाती शेते दमाईको छोरा जिल्ला बाँके साबिक बनकटुवा गा.बि.स वडा नं. ९ हालको परीवर्तित वैजनाथ गाउपालिका वडा नं. ६ स्थायी वतन भएका धनलक्ष्मी अल सपिङ सेन्टरको संचालक वर्ष ४५ को  पल बहादुर दमाई (ना.प्र.नं.९५५२) फरार
परे वि.क.को नाती सुकिराम वि.क.को छोरा जिल्ला रुकुम (पश्चिम) साबिक बाँफिकोट नगरपालिका वडा नं.९ हालको परिवर्तित बाँफिकोट गाउँपालिका वडा नं.३ स्थायी वतन भई हाल जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका वडा नं. २ बस्ने होटल दर्शन एण्ड रेष्टुरेण्टका संवालक वर्ष ५८ को दल बहादुर वि.क. गहतराज (४६५३/१८११, बाँके) फरार
गम्भीर बहादुर श्रेष्ठको छोरा जिल्ला सल्यान साबिक खलंगा गा.बि.स वडा नं. ५ हालको परिवर्तित शारदा नगरपालिका वडा नं.२ स्थायी वतन भएका  वर्ष ७० को दमन कुमार श्रेष्ठ (ना.प्र.नं.२०५) फरार
रमेश बहादुर पछाईको छोरा जिल्ला बाँके साबोक नेपालगंज नगरपालिका वडा नं. ८ हालको परिवर्तित नेपालगंज उपमहानगरपालिका ०७ स्थायी वतन भएका वर्ष ३२ को पुकार पछाई (ना.प्र.नं.६६१०१९/२९४५) फरार
ईन्द्र विर रायको नाती रुद्र विर रायको छोरा  काठमाडौं जिल्ला टोखा नगरपालिका वडा नं. ५ स्थायी वतन भएको वर्ष ६४ को असन्तविर राय (ना.प्र.नं.२४३)
कुमार बहादुर गरुङको नातिनी, हेमराज गुरुङको छोरी राजेन्द्र वीर रायको श्रीमती जिल्ला वर्दिया सानोश्री ०४ माईती भई हाल जिल्ला बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० बस्ने वर्ष ४२ की तारा गुरुङ (ना.प्र.नं.१४२६७, बाँके) फरार
सुमेर दत्त मिश्रको नाती मिश्री लाल मिश्रको छोरा जिल्ला बाँके साबिक महेन्द्रनगर गा.बि.स वडा नं. ७ परिवर्तित हर्मिनिया गा.बि.स वडा नं.१ हालको परिवर्तित डुडुवा गाउपालिका वडा नं. ६ स्थायी वतन भई हाल  बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका वडा नं.४ बस्ने  वर्ष  ७० को शंकर दयाल मिश्र (ना.प्र.नं.१६३६६) फरार
मिश्री लाल मिश्रको नाती शंकर दयाल मिश्रको  छोरा  जिल्ला बाँके साबिक हिरमिनिया गा.बि.स वडा नं.२ हालको परिवर्तित डुडुवा गाउपालिका मिश्री लाल मिश्रको वडा नं. ६ वतन भई बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका वडा नं.४ बस्ने  वर्ष ४० को मोहनराम मिश्र (ना.प्र.नं.१३४०२, बाँके) फरार
रामचन्द्र श्रेष्ठको छोरा  जिल्ला बाँके साबिक नेपालगंज नगरपालिका वडा न.१७ हालको परिवर्तित नेपालगंज उपमहानगरपालिका वडा नं. १३ स्थायी वतन भएको आन्तरिक लेखा परीक्षक वर्ष ५१ को विनम कुमार श्रेष्ठ (ना.प्र.नं.१७३५३, बाँके) फरार
हर्ष देव गैरेको छोरा जिल्ला बाँके साबिक सितापुर गा.बि.स वडा नं.७ हालको परिवर्तित खजुरा गाउपालिका वडा नं. २ स्थायी वतन भएका वर्ष ४० को गैरे एसोसियट्सका  भुवन प्रसाद गैरे (ना.प्र.नं.१९२५३, बाँके) फरार
बिन्द्रा प्रसाद कुर्मीको छोरा जिल्ला बाँके साबिक ईन्द्रपुर गा.बि.स वडा नं.२ हालको परिवर्तित जानकी गाउपालिका वडा नं. ३ स्थायी वतन भएका वर्ष ५१ को टि.के.एसोसियट्सका तुलाराम कुर्मी (ना.प्र.नं.१८४६९, बाँके) फरार
दाताराम न्यौपानेको छोरा जिल्ला झापा  साबिक राजगढ गा.बि.स वडा नं. ८ हालको परिवर्तित बाह्रदशी गाउपालिका वडा नं.३ स्थायी वतन भएका वर्ष ४३ को के.पि.एन.एसोसियट्सका केशव प्रसाद न्यौपाने (५९१५५०२२, झापा) फरार
नन्दराम श्रेष्ठको छोरा  काठमाडौ जिल्ला काठमाडौं महानगरपालिका वडा नं.१, नक्साल स्थायी वतन भएका वर्ष ४८ को सुरेश श्रेष्ठ एण्ड  एसोसियट्सका सुरेश चन्द्र श्रेष्ठ (ना.प्र.नं.७४, काठमाडौं) फरार
बीरेन्द्र मान श्रेष्ठको छोरा जिल्ला बाँके नेपालगंज नगरपालिका वडा नं.८ हालको परिवर्तित नेपालगंज उपमहानगरपालिका वडा नं.७ स्थायी वतन भएका वर्ष ३९ को रबिन मान श्रेष्ठ (ना.प्र.नं.१२७१०) फरार
धनीराम बि.क. छोरी तिलक बि.क.को श्रीमति जिल्ला रुकुम, मुसिकोट नगरपालिका  वडा नं.५ घर भई हाल बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ५ बस्ने वर्ष ४४ की कमला वि.क. (ना.प्र.नं.११२(००९) छुट२६५४) फरार
श्याम बहादुर थापा क्षेत्रीको छोरा जिल्ला बर्दिया गुलरिया नगरपालिका साविक वडा नं ८  हाल वडा नं ६ बस्ने बर्ष ४२ को कर्णाली डेभलपमेन्ट बैंक लि. मा कार्यरत कर्मचारी सागर थापा (ना.प्र.नं. २६९३८ बर्दिया) फरार
भिम बहादुर थापाको नाती फत्ते बहादुर थापाको छोरा जिल्ला सल्यान खलंगा गाबिस वडा नं.०६  स्थायी वतन भई हाल जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका वडा नं. १३ बस्ने राप्ती पोलिमर्स प्रा.लि.को संचालक  वर्ष  ५५ को बस्ने  को महेश जंग थापा(ना.प्र.नं १८२७, सल्यान, मिति २०७८/०१/३१ मृत्यु भएको) मृत्यु भएको
राम प्रसाद कश्यपको छोरा जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका वडा नं. ७ वतन भएको  कर्णाली डेभलपमेण्ट बैंक लि.को तत्कालिन कर्मचारी धनन्जय कश्यप (ना.प्र.नं.२५९८,बाँके-मिति २०८२/०१/०५ गते मृत्यु भएको) मृत्यु

भएको

बैक अपचलन अर्थात कसूर के कसरी भयो ?

आर्थिक अपचलनको (नक्कली ऋण लगायतको रकम समावेश नभएको) रकमको प्रारम्भिक अनुमान  (मिति२०८१/०९/११ को विवरण)

SN Bank Name Ac Number As Per Book As per Bank Statement Difference
1 Himalayan Bank Ltd. 02001937590027&02001937590017 179,895,753.66 35,696.36 179,860,057.30
2 Prabhu Bank Ltd. 0050009893100016&0050009893100028 323,125,218.89 703,625.46 .5
3 Siddhartha Bank Ltd. 01515090323&01515006745 204,919,903.84 312,449.37 204,607,454.47
4 Sanima Bank Ltd. 017010010000365&017010510000044 207,253,091.10 281,417.59 206,971,673.51
5 Sunrise Bank Ltd. 05010201815014&0500201815701001 212,872,197.70 18,126.21 212,854,071.49
6 Civil Bank Ltd. 21955216570014 138,322,735.61 73,717.50 138,249,018.11
Total 1,266,388,900.80 1,425,032.49 1,264,963,868.31
Miscellaneous
  Difference before NRB RTGS Account     1,264,963,868.31
  Difference in RTGS AC         16,791,594.22
  Difference in Bank Balance       1,281,755,462.53
  Receivable from Niraj Bikram Shah(Advance) 1,190,000.00
  Inter-branch unsettled amount 50,325,830.10
  Total amount misappropriated 1,333,271,292.63

संस्थाको नाममा रहेका शंकास्पद कारोबार भएका खाताहरु मध्ये नेपाल राष्ट्र बैंक र अन्य बिभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा मिति २०८१/०९/११ गतेको बैंक स्टेटमेन्ट अनुसार वास्तविक बैंक मौज्दात रु.१४,२५,०३२।४९ (चौध लाख पच्चीस हजार बत्तीस रुपैयाँ उनान्चास पैसा) मात्रै रहेको तर संस्थाको लेजरमा रु.१,२६,६३,८८,९००।८० (एक अर्ब छब्बीस करोड त्रिसठ्ठी लाख अठासी हजार नौ सय असी पैसा) मौज्दात देखिएको ।

नेपाल राष्ट्र बैंकको खातामा रहेको बैंक मौज्दातको समेत हिसाब मिलान गरिसकेपछि लेजर मौज्दात भन्दा वास्तविक बैंक मौज्दात रु.१,२८,१७,५५,४६२।५३ (एक अर्ब अठ्ठाईस करोड सत्र लाख पचपन्न हजार चार सय बैसठ्ठी रुपैयाँ त्रिपन्न पैसा) ले कम रहेको देखिएको ।

साथै, तत्कालिन प्रमुख कार्यकारी अधिकृत निरज बिक्रम शाहको नाममा रहेको रकम रु.११,९०,०००।०० (एघार लाख नब्बे हजार रुपैयाँ) र अन्तरशाखा हिसाब मिलान नगरी राखेको रकम रु.५,०३,२५,८३०।१० (पाँच करोड तीन लाख पच्चीस हजार आठ सय तीस रुपैयाँ दश पैसा) समेत गरी कुल रु.१,३३,३२,७१,२९२।६३ (एक अर्ब तेत्तीस करोड बत्तीस लाख एकहत्तर हजार दुई सय बयानब्बे र पैसा त्रिसठ्ठी) हिनामिना गरेको प्रारम्भिक अनुमान रहेको ।

 

बैंक मौज्दात र लेजर मौज्दातको फरकको कारण विश्लेषण गर्दा बैंकका पदाधिकारीहरु र खाता सञ्चालकहरुले मिलेमतोमा आफुखुसी व्यक्तिगत प्रयोजनका लागि चेक काटी रकम निकाल्ने गरेको । सो रकम बिभिन्न व्यक्तिहरु मार्फत् नगदै निकाल्ने गरेको तर संस्थाको प्रणालीमा सो रकम प्रविष्ट गर्ने नगरेको ।

हिसाब मिलानको दिन जस्तै; असार मसान्त, नेपाल राष्ट्र बैंकको निरीक्षण र लेखापरीक्षणको सिलसिलामा बिभिन्न बैंकमा रहेको खाताको हिसाब मिलान भएको देखाउन देहाय बमोजिम बैंकको नक्कली लेटरप्याड, नक्कली हस्ताक्षर र नक्कली बैंक व्यालेन्स सर्टिफिकेट बनाउने गरेको देखिएको । (२०८० असार मसान्तको बैंक व्यालेन्स सर्टिफिकेटहरुको प्रमाण संलग्न)

क्र.सं. बैंकको नाम किर्ते व्यालेन्स सर्टिफिकेट अनुसार रु. छानबिनको क्रममा बैंकबाट सोझै माग गरी प्राप्त व्यालेन्स सर्टिफिकेट अनुसार रु.
हिमालयन बैंक लिमिटेड खाता नं. २१९५५२१६५७००१४ १३,८३,५४,७९३।७३ ,११,८३९।०३
हिमालयन बैंक लिमिटेड खाता नं. ०२००१९३७५९००१७ १६,७१,२८,१९८।७२ २२,६४,२१४।४६
हिमालयन बैंक लिमिटेड खाता नं. ००१९३७५९००४४ २२,४२,९७७।६५ २२,४२,६६८।३४
प्रभु बैंक लिमिटेड ००५०००९८९३१०००१६ ३३,३९,०९,४८२।०१ ,१३,३७,७५७।७७
सिद्धार्थ बैंक लिमिटेड

०१५१५०९०३२३

१६,९५,६४,४७७।०२ ,८४,७४१।५५
लक्ष्मी सनराइज बैंक लिमिटेड

०५०१०२०१८१५०१४

१९,३६,५१,१९७।३९ ,०३,०८७।९९
सानिमा बैंक लिमिटेड

१७०१०५१०००००४४

१८,७२,४६,६८२।२९ ,७३,५६६।८५

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संस्थाले कायम गर्नु पर्ने अनिवार्य नगद अनुपात मौज्दात कायम राख्ने प्रयोजनको लागि खोलिएको खातामा अपर्याप्त मौज्दात राखी नियमानुसार राख्नु पर्ने अनिवार्य नगद अनुपात मौज्दात खातामा नभएतापनि खातामा कायम रहेको भनी विवरण नेपाल राष्ट्र बैंकमा रिर्पोटिङ गर्ने गरेको देखिएको । सो कार्यमा प्रमुख कार्यकारी अधिकृत लगायत समिर विक्रम शाह संलग्न भएको देखिएको ।

व्यवस्थापन समूहलाई प्राप्त उजुरी र छानबिनको सिलसिलामा प्राप्त जानकारी अनुसार तत्कालिन प्रमुख कार्यकारी अधिकृत तथा उच्च पदस्थ कर्मचारीहरुले बैंक व्यालेन्स नभएको चेक राखी ढुकुटीबाट नगदै रकम लिने गरेको ।

१) यस बैंकको चेकबाट अन्य बैंकमा रहेको मौज्दात झिकी बैंकमा नबुझाई अन्यत्र लगेर,

२) खातामा Balance  नभएकै अवस्थामा  Cheque Clearing  मार्फत रकमान्तर चेक भुक्तानी गरेर,

३) Vault  बाट र  Counter  बाट नगदै पैसा झिकेर,

४) नक्कली ऋणी तथा Dummy) ऋणी र परियोजना ऋण लगानी गरेको देखाई रकम आफैले प्रयोग गर्नुका साथै आंशिक धितो फुकुवा गरेर,

५) जालसाजीपुर्ण तरीकाले खाता र रकम दुरुपयोग गरी Cash Reserve Ratio (CRR)  मा रकम जम्मा गरेको देखाएर,

६) संस्थाको सम्पत्ती अनाधिकृत रुपमा प्रयोग गरेर,

७) निक्षेपको लागि गैरकानूनी रुपमा कमिशन भुक्तानी गरेको समेत व्यहोराको जाहेरी दरखास्त ।

 

बैक घोटाला भएको जाहेरीमा के छ ! जाहेरी दरखास्तको छोटकरी विवरण:

  • नगद तथा बैंक व्यालेन्स हिसाब हिनामिना गरी अपचलनः-

कर्णाली डेभलपमेन्ट बैंकका तत्कालिन सञ्चालक, प्रमुख कार्यकारी अधिकृत तथा कार्यरत पदाधिकारी र कर्मचारीहरुले निक्षेपकर्ता र वित्तीय संस्थाको हित प्रतिकुल हुने गरी संस्थाको सम्पत्ति हिनामिना गरेको देखिएको । सो संस्थाको नाममा बिभिन्न बैंकस्थित खाताहरुबाट रकम अपचलन भएको सम्बन्धमा संस्थाका खाता, बही, बैंक स्टेटमेन्ट एवं बिभिन्न बैंकहरुबाट प्राप्त कागजातको अध्ययन विश्लेषण र संस्थाका आन्तरिक लेखापरीक्षकबाट लेखापरीक्षण सम्पन्न गराई निजबाट पेश भएको प्रतिवेदनको आधारमा संस्था र बिभिन्न बैंकबाट अनधिकृत रुपमा आपसी मिलेमतो गरी रु. १,२७,२१,६३,०००।- (अक्षेरेपी एक अर्ब सत्ताइस करोड एक्काईस लाख त्रिसट्ठी हजार रुपैयाँ) अपचलन हिनामिना भएको छ ।

अपचलनमा देहायका विधीहरु प्रयोग भएको देखिन्छ !

  • संस्थाको बिभिन्न बैंकस्थित खाताबाट नगद झिकिएको तर यस संस्थाको बैंकिङ्ग प्रणालीमा प्रविष्टी नगरी नगद अन्यत्रै लगिएको,
  • यस संस्थाको अन्य बैंकमा रहेको खातामा नगद जम्मा गर्न पठाइएको तर सम्बन्धित बैंकमा जम्मा नभएको,
  • पदाधिकारी एवं कर्मचारीहरुको खातामा मौज्दात पर्याप्त नभएता पनि नगद काउण्टरबाट भुक्तानीपुर्जा र चेकमार्फत नगदै रकम लिने दिने गरेको ।

बिभिन्न बैंक खाताहरु मार्फत अपचलन भएको रकमको संक्षिप्त विवरण देहाय बमोजिम रहेको छः-

बैंकको नाम

बैंकबाट नगद झिकिएको तर संस्थाको बैंकिङ्ग प्रणालीमा प्रविष्ट नगरेको

नगदजम्मागर्न पठाएको तर बैंकमा जम्मा नगरेको

जम्मा रकम रु.

सेञ्चुरी बैंक 9,55,00,000.00 1,20,00,000.00 10,75,00,000.00
सिभिल बैंक 11,80,00,000.00 2,05,00,000.00 13,85,00,000.00
हिमालयन बैंक 26,80,35,000.00 26,80,35,000.00
लक्ष्मी सनराइज बैंक 24,28,28,000.00 24,28,28,000.00
प्रभु बैंक 17,68,00,000.00 5,00,00,000.00 22,68,00,000.00
सानिमा बैंक 15,70,00,000.00 5,00,00,000.00 20,70,00,000.00
सिद्घार्थ बैंक 6,10,00,000.00 2,05,00,000.00 8,15,00,000.00
जम्मा 1,11,91,63,000.00 15,30,00,000.00 1,27,21,63,000.00

अपचलनको क्रममा यस संस्थाका तत्कालिन प्रमुख कार्यकारी अधिकृतहरु, वित्त विभाग प्रमुख, मुख्य शाखा प्रमुख, अपरेसनमा काम गर्ने कर्मचारीहरु लगायत चेकमा हस्ताक्षरकर्ताहरु, चेकको रकम बुझिलिने कर्मचारीहरु, सो रकम बुझी लिई संस्थाको भल्ट वा दैनिक बैंकिङ् कारोबारमा राख्नु पर्ने जिम्मेवारीमा रहेका कर्मचारीहरु लगायत उक्त कार्य गर्न आदेश दिने व्यक्तिहरु तथा रकम प्रयोगकर्ताहरु अपचलनमा संलग्न देखिएका छन् ।

  • अन्तर-शाखा कारोबार मार्फत अपचलनः

केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरुको बीचमा हुने अन्तर–शाखा कारोबारको सिलसिलामा शाखा कार्यालयबाट केन्द्रीय कार्यालयमा नगद फण्ड ट्रान्सफर हुने गरेको, केन्द्रीय कार्यालय मार्फत सो फण्ड कर्णाली डेभलपमेन्ट बैंकको अन्य बैंकस्थित खाताहरुमा दाखिला गर्न पठाएको तथ्य संस्थाको कागजात/हिसाबबाट देखिएतापनि सम्बन्धित बैंकमा सो फण्ड रकम दाखिला भएको नदेखिएको । सोको विवरण देहायबमोजिम रहेको छः

  • अन्तर-शाखा कारोबार अन्तर्गत अपचलन भएको खुद रकम रु. १,००,५०,५४१।४० (अक्षरेपी रु. एक करोड पचास हजार पाँच सय एकचालिस र पैसा चालिस) लामो समय देखि हिसाब मिलान नभई बक्यौता रहेको देखिएको । सोको विवरण देहाय बमोजिम छः
Particulars Balance Rs. Debit Rs. Credit Rs.
IBT -3,179,316.02 1,939,561,698.81 1,936,382,382.79
Bansgadhi, Bardiya 416,550.00 0.00 416,550.00
Bhurigoan A/C 37,858,738.69 0.00 37,858,738.69
Gulariya A/C -598,341.40 598,341.40 0.00
Khajura Banke A/C -4,750,000.00 4,750,000.00 0.00
Lamahi, Dang -2,000,000.00 2,000,000.00 0.00
Tulsipur A/C -17,713.86 17,713.86 0.00
Head Office -37,780,458.82 37,780,458.82 0.00
Total -10,050,541.40    
  • मिति २०७४।०९।०५ गते तुल्सीपुर शाखाबाट रु. १,२५,००,०००।- (एक करोड पच्चीस लाख रुपैयाँ) केन्द्रीय कार्यालयमा फण्ड ट्रान्सफर गरी मुख्य शाखाका तत्कालिन शाखा प्रमुख दीपा थापा मार्फत प्रभु बैंकमा जम्मा गर्न पठाएको कागजातबाट देखाएतापनि सो रकम बैंकमा दाखिला नभएको । सो कार्यमा तुल्सीपुर शाखाका तत्कालिन शाखा प्रमुख मुकेश गौतम, मुख्य शाखाका तत्कालिन प्रमुख दीपा थापा, मुख्य शाखाका तत्कालिन अपरेशन ईन्चार्ज पवन सिंह थारु र तत्कालिन प्रमुख वित्त अधिकृत निरज विक्रम शाह संलग्न रहेको ।

  • मिति २०७४।१२।०२ गते भालुवाङ शाखाबाट रु. १,००,००,०००।– (एक करोड रुपैयाँ) केन्द्रीय कार्यालयमा फण्ड ट्रान्सफर गरी मुख्य शाखाका तत्कालिन शाखा प्रमुख दीपा थापा मार्फत प्रभु बैंकमा जम्मा गर्न पठाएको देखाएतापनि सो रकम सम्बन्धित बैंकमा दाखिला नभएको । सो कार्यमा भालुवाङ् शाखाका तत्कालिन इन्चार्ज सौरभ खड्का, मुख्य शाखा कार्यालयका प्रमुख दीपा थापा, मुख्य शाखाका तत्कालिन अपरेशन ईन्चार्ज पवन सिंह थारु र तत्कालिन प्रमुख वित्त अधिकृत निरज विक्रम शाह संलग्न रहेको ।

  • मिति २०७४।०९।३० गते कर्णाली डेभलपमेन्ट बैंकको सिटिजन्स बैंक, नेपालगंजस्थित खाताबाट प्रभु बैंकस्थित खातामा रु. १,००,००,०००।- (एक करोड रुपैयाँ) रकमान्तर (ट्रान्सफर) गरेको संस्थाको हिसाबबाट देखाएतापनि सो रकम प्रभु बैंकको खातामा दाखिला नभएको । सो कार्यमा तत्कालिन कर्मचारी बेदप्रकाश सिंह ठकुरी, तत्कालिन प्रमुख वित्त अधिकृत निरज विक्रम शाह र तत्कालिन प्रमुख कार्यकारी अधिकृत राजेन्द्र बीर राय संलग्न भएको ।

  • मिति २०७४।०५।०८ गते कर्णाली डेभलपमेन्ट बैंकको भुरीगाउँ शाखाबाट रु. १,००,००,०००।– (एक करोड रुपैयाँ) केन्द्रीय कार्यालयमा फण्ड ट्रान्सफर गरी मुख्य शाखाबाट सिद्घार्थ बैंकमा दाखिला गर्न पठाएको देखाएतापनि सो रकम सिद्घार्थ बैंकमा दाखिला नभएको। सो कार्यमा भुरीगाउँ शाखाका तत्कालिन शाखा प्रमुखन नर्जित बस्नेत, प्रधान कार्यालयका बरिष्ठ सहायक समीर बिक्रम शाह, प्रधान कार्यालयका कनिष्ठ अधिकृत मानबहादुर चौधरी र तत्कालिन प्रमुख कार्यकारी अधिकृत राजेन्द्र बीर राय संलग्न रहेको ।

  • हकप्रद शेयर (Right Share) हिसाब मार्फत अपचलनः

कर्णाली डेभलपमेन्ट बैंकले मिति २०७१।०३।१३ गते २:१ र मिति २०७३।०४।१७ मा १:२.२५ का दरले हकप्रद शेयर जारी गरी संस्थापक शेयरधनीको नाममा रकम जम्मा गर्ने प्रयोजनको लागि सोही संस्थामा कल इन एडभान्स (Call in Advance) हिसाब नामको खाता खोली संस्थापक शेयरधनीहरुलाई रकम जम्मा गर्न सूचना जारी गरेको ।

यसरी जम्मा भएको रकमको विश्लेषण गर्दा ठूलो रकम नगदै जम्मा भएको । रु. १०,००,०००।– (दश लाख रुपैयाँ) भन्दा बढीको कारोबारको स्रोत पुष्टी नगरेको, जम्मा गर्ने व्यक्तिको नाम उल्लेख नगरेको, जम्मा गर्नेको दस्तखत किर्ते गरेको देखिएको र कारोबार समय पश्चात ढिलो गरी अनियमित समयमा नगद जम्मा भएको जस्ता कैफियत देखिएको ।

यसर्थ सो हिसाबमा नगदै जम्मा नगरी रु. ५,७४,७५,०००.०० (अक्षेरेपी रु. पाँच करोड चौरहत्तर लाख पचहत्तर हजार) जम्मा भएको देखाउने कार्यमा तत्कालिन कर्मचारीहरु बेद प्रकाश सिंह ठकुरी, मानबहादुर चौधरी र समजलाल चौधरी संलग्न रहेको । वास्तविक रुपमा रकमजम्मा नै नगरी गैरकानूनी रुपमा हकप्रद शेयर प्राप्त गरी अपचलन गर्ने देहाय बमोजिमका संस्थापक/पदाधिकारी लगायतका अन्य संस्थापक पदाधिकारी र सलग्न व्यक्तिहरु:

 

क्र.सं. मिति संस्थापक शेयर धनी रकम रु. प्रविष्ट गर्ने कर्मचारी समय    (अपरान्ह)
1 २०७१।०३।३१ शंकर दयाल मिश्र 10,00,000.00 बेद प्रकाश सिंह 6:27:30
२०७१।०३।३२ पशुपति दयाल मिश्र 10,00,000.00 समजलाल चौधरी 6:59:43
२०७१।०३।३२ राजेन्द्र बीर राय 59,50,000.00 समजलाल चौधरी 8:05:24
4 २०७१।०३।३२ असन्तविर राय, विष्णु प्रसाद कक्षपति, ओपी राना समेत 63,25,000.00 समजलाल चौधरी 8:08:05
5 २०७१।०३।३२ तारा गुरुङ 32,00,000.00 समजलाल चौधरी 8:08:47
२०७४।०३।२६ नाम उल्लेख नभएको 1,75,00,000.00 मानबहादुर चौधरी 5:26:51
7 २०७४।०३।२८ नाम उल्लेख नभएको 40,00,000.00 मानबहादुर चौधरी 5:28:05
२०७४।०३।२९ नाम उल्लेख नभएको 84,00,000.00 मानबहादुर चौधरी 6:17:13
२०७४।०३।२९ नाम उल्लेख नभएको 39,00,000.00 मानबहादुर चौधरी 5:11:54
10 २०७४।०३।२९ नाम उल्लेख नगरी संस्थापक (Promoter) मात्र उल्लेख भएको 62,00,000.00 मानबहादुर चौधरी 5:12:43
    जम्मा ५,७४,७५,०००.००    
  • अनाधिकृत रुपमा निक्षेप स्वीकार गरी अपचलनः

नेपाल राष्ट्र बैंकको मिति २०८१।०८।११ गतेको निर्णयानुसार कर्णाली डेभलपमेन्ट बैंकलाई निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने अभिप्रायले नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ बमोजिम थप निक्षेप संकलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाई शीघ्र सुधारात्मक कारबाही गरिएको भएतापनि सो बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत निरज बिक्रम शाहले मिति २०८१।०८।१३ गते सबै शाखा कार्यालयहरुलाई परिपत्र जारी गरी “कर्जा प्रवाह बाहेक नियमित बैंकिङ काम कारबाही तथा कर्जा असुली कार्य नियमित रहेको हुँदा निर्धक्कसँग बैंकिङ कारोबार गर्नु” भनी परिपत्र गरेको देखिएको ।

सो परिपत्र पश्चात बिभिन्न शाखा कार्यालयबाट ३५२ नयाँ निक्षेप खाता खोली रु. १४,५७,१८,९६२।३० (अक्षेरेपी रु. चौध करोड सन्ताउन्न लाख अठार हजार नौ सय बैसठ्ठी पैसा तीस) निक्षेप संकलन गरी निक्षेपकर्तालाई थप जोखिममा पारेको हुँदा सो रकम तत्कालिन प्रमुख कार्यकारी अधिकृत नीरज बिक्रम शाहबाट बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ को दफा १२ र दफा १४ तथा मुलुकी अपराध संहिता, २०७४ को कसुर कायम गरी असुल उपर गर्नुपर्ने देखिएको ।

  • गैरकानूनी रुपमा कर्जा लेनदेन मार्फत गरिएको अपचलनः

क) कर्णाली डेभलपमेन्ट बैंकले कर्जा प्रवाह गर्दा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई जारी निर्देशन तथा परिपत्रहरु र कर्णाली डेभलपमेन्ट बैंकको कर्जा नीति विपरित देहाय बमोजिम कर्जा लेनदेन गरी बैंकको स्रोत र साधनको दुरुपयोग गरी बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ को कसुर गरेको देखिएकोले कर्णाली डेभलपमेन्ट बैंकबाट प्रवाह भएका कर्जा फाइलहरुका निर्णयकर्ता, प्रकृयामा संलग्न पदाधिकारी तथा कर्मचारीहरु एवं ऋणी तथा सलंग्न अन्य व्यक्ति उपर समेत बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम कारबाही प्रक्रिया अगाडी बढाउनु पर्ने देखिएको।

  • व्यवसाय सञ्चालन गर्न सक्ने वित्तीय हैसियत नभएका तथा आफूले अनुचित प्रभाव पार्न सक्ने व्यक्ति वा व्यक्तिको नाममा कम्पनी स्थापना गरी गराई त्यस्तो व्यक्ति वा संस्था मार्फत कर्जा लिए दिएको ।
  • नक्कली ऋणी खडा गरी त्यस्तो ऋणी मार्फत कर्जा लिए दिएको ।
  • कर्जा लिने प्रयोजनको लागि कम्पनी दर्ता गर्ने र दर्ता भए लगतै काल्पनिक एवं अवास्तविक विवरणको आधारमा कर्जा प्रवाह गर्ने गरेको ।
  • कर्जा सुविधा उपलब्ध गराए बापत अनुचित लाभ लिएको ।
  • कम्पनीको विगत कारोबार नभएको, कर चुक्ता नभएको, लेखापरीक्षण प्रतिवेदन नभएको, वित्तीय प्रक्षेपण नलिएको र परियोजना नभएतापनि कर्जा प्रवाह गरेको ।
  • कर्जा जुन प्रयोजनको लागि लिएको हो, सो प्रयोजनमा नलगाई अन्यत्रै लैजाने गरेको ।
  • अनियमितता गरी प्रवाह भएको पुरानो र खराब कर्जालाई कागजी रुपमा नयाँ कम्पनी खडा गर्ने लगायतका कार्य गरी नयाँ कर्जा सिर्जना गरी अनियमितता गरेको ।
  • धितोको गलत र अधिकमूल्याङ्कन गरेको तथा केहीकर्जामा अन्तिम मूल्याङ्कन प्रतिवेदन बिना नै कर्जा प्रवाह गरेको ।
  • संस्थाका पदाधिकारी तथा कर्मचारीहरुले कर्जा प्रवाह/असुलीको क्रममा कर्जा सम्बद्घ व्यक्ति, कम्पनी तथा ऋणीसँग कारोबार गरेको ।
  • ऋणिको नाममा जग्गापास भएपछि धितो राख्ने शर्तमा औद्यौगिक कर्जा शिर्षकमा कर्जा प्रवाह गर्ने र सो कर्जा उद्योगको लागि प्रयोग गर्ने नगरेको ।

उपर्युक्त अनुसार बि.सं.२०८१ चैत मसान्त सम्ममा अनियमित कर्जाको सावाँ रु. ९७,११,२५,४८१।८६ (सन्तानब्बे करोड एघार लाख पच्चीस हजार चार सय एकासी रुपैयाँ छ्यासी पैसा), सो मितिसम्मको बक्यौता व्याज रु. ३४,५३,६५,२४३.०६ (चौतीस करोड त्रिपन्न लाख पैसठ्ठी हजार दुई सय त्रिचालीस रुपैयाँ शून्य छ पैसा) गरी कुल    रु. १,३१,६४,९०,७२४.९२ (एक अर्ब एकतीस करोड चौसठ्ठी लाख नब्बे हजार सात सय चौबीस रुपैयाँ बयानब्बे पैसा) बक्यौता रहेको छ ।

ख) कर्णाली डेभलपमेन्ट बैंकबाट प्रवाह भएका कर्जाहरु मध्ये गैरकानूनी तवरबाट अनियमितता/अपचलन गरेका कर्जाहरुको विवरण देहाय बमोजिम छः

सि.नं ऋणीको नाम कर्जाको प्रकार बाँकी साँवा रु बाँकीव्याज रु. (२०८१ चैत मसान्तसम्मको) जम्मा लेना रु. कसुरको विवरण
प्रतिक इण्डस्ट्रिज प्रा.लि.
व्यावसायीक ओ.डि
19,999,920.00
4,336,165.96
24,336,085.96
दफा ७, ८ र १३ को कसुर
प्रतिक इण्डस्ट्रिज प्रा.लि. औद्योगिक कर्जा 30,000,000.00 9,277,776.40 39,277,776.40 दफा ७, ८ र १३ को कसुर
प्रतिक इण्डस्ट्रिज प्रा.लि. औद्योगिक कर्जा 90,000,000.00 27,137,369.32 117,137,369.32 दफा७, ८ र १३ को कसुर
अष्ट लक्ष्मी बिल्डिङ्ग प्रोडक्ट्स प्रा.लि नयाँ ऋणी खडा गरी कर्जा चुक्ता गराएको दफा ७, ८ र १३ को कसुर
हिमाली लालीगुराँस एग्रो रिसोर्ट कृषीकर्जा 45,000,000.00 2,623,608.99 47,623,608.99 दफा ८
यरमियाह एग्रो प्रा.लि. कृषीकर्जा 29,779,733.98 530,424.66 30,310,158.64 दफा ८
प्रतिक निर्माण सेवा हायरपर्चेज कर्जा 4,180,974.39 1,006,717.37 5,187,691.76 दफा ७, ८ र १३ को कसुर
प्रतिक निर्माण सेवा हायरपर्चेज कर्जा 3,164,192.68 1,346,262.01 4,510,454.69 दफा ७, ८ र १३ को कसुर
प्रतिक निर्माण सेवा हायरपर्चेज कर्जा 1,426,532.33 585,199.36 2,011,731.69 दफा ७, ८ र १३ को कसुर
१० डि.एन.टि. ईन्भेष्टमेन्ट प्रा.लि. ग्राहक पुनरुत्थान 24,000,000.00 12,000,103.59 36,000,103.59 दफा ७, ८ र १३ को कसुर
११ डि.एन.टि. ईन्भेष्टमेन्ट प्रा.लि. रियल स्टेट कर्जा 20,000,000.00 47,919,420.57 67,919,420.57 दफा ७, ८ र १३ को कसुर
१२ हिल्सा ईन्भेष्टमेन्ट क. प्रा.लि. व्यावसायीक ओ.डि 52,500,000.00   53,427,501.97 105,927,501.97 दफा ७, ८ र १३ को कसुर
१३ हिल्सा ईन्भेष्टमेन्ट क. प्रा.लि. ग्राहक पुनरुत्थान 24,000,000.00 14,001,903.19  38,001,903.19 दफा ७, ८ र १३ को कसुर
१४ शम्शेरगञ्ज इंग्लिश मिडिएम बोर्डिङ स्कूल प्रा.लि. व्यावसायीक ओ.डि.        39,390,900.00        22,392,839.84         61,783,739.84 दफा ७, ८ र १३ को कसुर
१५ शम्शेरगञ्ज इंग्लिश मिडिएम बोर्डिङ स्कूल प्रा.लि. ग्राहक पुनरुत्थान         1,899,272.92            466,561.96         2,365,834.88 दफा ७, ८ र १३ को कसुर
१६ राप्ति पोलिमर्स प्रा.लि. इण्डस्ट्रियल कर्जा 90,604,416.12 51,525,054.41  142,129,470.53 दफा ७, ८ र १३ को कसुर
१७ सुदर्सन अटो पार्टस् व्यावसायीक ओ.डि. 19,500,000.00   627,396.44   20,127,396.44 दफा ८
१८ एस.के. स्टोर व्यापारीक कर्जा 60,000,000.00     2,882,052.99   62,882,052.99 दफा ८
१९ भुमी एग्रो फार्म प्रा.लि. कृषीकर्जा 15,700,000.00     6,756,802.46   22,456,802.46 दफा ७ र ८
२० भुमी एग्रो फार्म प्रा.लि. ग्राहक पुनरुत्थान कर्जा   437,037.74      172,513.82 6,09,551.57 दफा ७ र ८
२१ प्राइम फिल्ड एग्रो प्रा.लि. कृषी कर्जा 29,500,000.00     10,102.74   29,510,102.74 दफा ८
२२ प्राइम फिल्ड एग्रो प्रा.लि. व्यावसायीक ओ.डि. 20,000,000.00          4,492.29  20,004,492.29 दफा ८
२३ नेक्सस् इनर्जी प्रा.लि. व्यावसायीक ओ.डि. 50,000,000.00    4,282,149.46 54,282,149.46 दफा ७, ८ र १३ को कसुर
२४ सिनर्जी पोलिमर्स प्रा.लि. नयाँ ऋणी खडा गरी कर्जा चुक्ता गराएको दफा ७, ८ र १३ को कसुर
२५ वैदिक कन्सट्रक्सन प्रा.लि. गैर बैंकिङ् सम्पत्ति सकार गरिएको दफा ७ र १३ को कसुर
२६ माता कलंकी सप्लायर्स प्रा.लि. व्यावसायीक ओ.डि. 80,000,000.00     6,308,411.95   86,308,411.95 दफा ७, ८ र १३ को कसुर
२७ बेचनलाल भुजुवा कृषी कर्जा 8,000,000.00 5,499,117.81    13,499,117.81 दफा ७, ८ र १३ को कसुर
२८ बेचनलाल भुजुव आवधिक कर्जा   2,034.00              14.28          2,048.28 दफा ७, ८ र १३ को कसुर
२९ त्रिसरा ईण्डष्ड्रिज प्रा.लि. व्यावसायीक ओ.डि 7040547.7 5,459,964.59    12,500,512.29 दफा ७, ८ र १३ को कसुर
३० त्रिसरा ईण्डष्ड्रिज प्रा.लि. इण्डस्ट्रियल कर्जा 15000000.00 4,953,416.75    19,953,416.75 दफा ७, ८ र १३ को कसुर
३१ त्रिसरा ईण्डष्ड्रिज प्रा.लि. इण्डस्ट्रियल कर्जा 80000000.00    26,165,991.86  106,165,991.86 दफा ७, ८ र १३ को कसुर
३२ नेचर नेपाल ईण्डष्ड्रिज प्रा.लि. व्यावसायीक ओ.डि 14999920.00 2,621,824.49   17,621,744.49 दफा ७, ८ र १३ को कसुर
३३ नेचर नेपाल ईण्डष्ड्रिज प्रा.लि. इण्डस्ट्रियल कर्जा 15000000.00  4,833,029.25    19,833,029.25 दफा ७, ८ र १३ को कसुर
३४ नेचर नेपाल ईण्डष्ड्रिज प्रा.लि. इण्डस्ट्रियल कर्जा 80000000.00    26,211,052.28  106,211,052.28 दफा ७, ८ र १३ को कसुर
  जम्मा 97,11,25,481.86 34,53,65,243.06 1,31,64,90,724.92
  • लेखापरीक्षक उपर कारवाहीः

संस्थामा गम्भीर प्रकृतिको आर्थिक अपचलन विद्यमान रहेको अवस्थामा बैंक हिसाब जस्ता महत्वपूर्ण हिसाब विवरणहरु परीक्षण नगरी हिसाबकिताब तथा वित्तीय विवरण प्रमाणित गरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६६ र बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ को दफा (१४) को उलंङ्घन गरेको देखिएको हुँदा संस्थाका देहाय बमोजिमका आन्तरिक तथा बाह्य लेखा परीक्षकहरुलाई बैंक तथा वित्तीय संस्था ऐन, २०७३ को दफा १०३ र दफा १०४ तथा बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ को दफा (१४) बमोजिमको कसूरमा कारबाही गर्ने ।

बैक घोटला मिलाउने आन्तरिक लेखापरीक्षकहरु कार्बाहीमा परेकाहरुको बिवरण …….

सि.नं. आथिक वर्ष लेखापरीक्षक
२०७०।७१ देखि २०७२।७३ बिनमकुमार श्रेष्ठ (स.नं. बि ५७३)
२०७३।७४ र २०७४।७५ गैरे एसोसियट्सका भुवन प्रसाद गैरे (स.नं. बि ३९५९)
२०७५।७६ देखि २०७८।७९ टि.के.एसोसियट्सका तुलाराम कुर्मी
२०७९।८० यु.डि. एण्ड एसोसियट्सका उपेन्द्र देवकोटा
२०८०।८१ (दुई त्रयमासको मात्र प्रतिवेदन पेश गरेको) बि.लामा एसोसियट्सका बसान्त लामा

बाह्य लेखापरीक्षकः

सि.नं. आथिक वर्ष लेखापरीक्षक
२०७०।७१ र २०७१।७२ के.पि.एन. एसोसियट्सका केशव प्रसाद न्यौपाने
२०७२।७३ देखि २०७४।७५ सुरेश श्रेष्ठ एण्ड एसोसियट्सका सुरेश चन्द्र श्रेष्ठ
२०७५।७६ देखि २०७७।७८ के.पि.एन. एसोसियट्सका केशव प्रसाद न्यौपाने
२०७८।७९ (प्रारम्भिक प्रतिवेदन मात्र पेश गरेको) प्रतिक श्रेष्ठ एण्ड एसोसियट्सका प्रतिक श्रेष्ठ
  • लेखापरीक्षण समिति उपर कारवाहीः

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६१ ले लेखापरीक्षण समितिलाई बैंक वा वित्तीय संस्थाको आन्तरिक नियन्त्रण व्यवस्था उपयुक्त भए नभएको र भएमा सो को पालना भए नभएको अनुगमन तथा सुपरिवेक्षण गर्नु पर्ने कर्तव्य तोकेतापनि सो बमोजिम कर्तव्य पालना नगरी संस्थागत सुशासन र आन्तरिक नियन्त्रण प्रणालीमा प्रत्यक्ष असर पर्न गई संस्थाको सम्पत्ती तथा दायित्वमा प्रतिकुल असर पार्ने कसुर गरेको हुँदा देहाय बमोजिम लेखापरीक्षण समितिका पदाधिकारी उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १०३ र दफा १०४ बमोजिम कारबाही प्रक्रिया अगाडी बढाउने ।

आर्थिक वर्ष लेखा परीक्षण समिति कैफियत
२०७०।७१ देखि २०८०।८१ सम्म टंक बहादुर बस्नेत, संयोजक

उषा कुमारी भण्डारी, संयोजक

युवराज अधिकारी, संयोजक

दिनेश कुमार रावत, सदस्य

निरज बिक्रम शाह, सदस्य

दिनेश कुमार रावत, सदस्य

मुकेश गौतम, सदस्य

बेदप्रकाश सिंह ठकुरी, सदस्य

नर्जित बस्नेत, सदस्य

ईन्द्रजीत घर्तीमगर, सदस्य

सौरभ खड्का, सदस्य

हरिहर प्रसादश्रेष्ठ, सदस्य

आर्थिक अपचलन भएको मिति देखि हाल सम्म बिभिन्न समयका लेखापरीक्षण समितिका संयोजक तथा सदस्यहरु
  • विविध अपचलनः

क) कर्णाली डेभलपमेन्ट बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत नीरज बिक्रम शाहले देहाय बमोजिम बिभिन्न शिर्षकमा नगद बुझी लिई चुक्ता नगरी संस्थालाई हानी नोक्सानी पुर्‍याएकोले कानूनी प्रक्रिया अगाडी बढाई असुल उपर गर्ने ।

मिति शिर्षक रकम कैफियत
२०२२/०९/३० Advance to other Work ४,००,०००।०० भौचरमा कुनै विवरण उल्लेख नभएको
Other Advance ६,३०,८२४।१७ भौचरमा कुनै विवरण उल्लेख नभएको
बिभिन्न मिति Sundry Debtors १६,००,००८।१४ हिसाब मिलान नगरी बक्यौता रहेको
जम्मा २६,३०,८३२।३१

ख) अन्य भुक्तानी दिनुपर्ने (Other Payables) हिसाबमा रकम नभएतापनि सो हिसाबमा बिना भौचर खर्च लेखी बिभिन्न व्यक्तिहरुलाई देहाय बमोजिम भुक्तानी दिई रु. २५ लाख अपचलन गरेको । सो कार्यमा भुक्तानी पाउने व्यक्ति कमला बि.क. र भुक्तानी दिने गौमति गुरुङ र नीरज बिक्रम शाह माथि आवश्यक कानूनी कारबाही तथा असुली प्रक्रिया अगाडी बढाउने ।

मिति भुक्तानी पाउने व्यक्ति रकम विवरण
२०७९।०९।१७ कमला बि.क. १०,००,०००।०० ऋणी तिलक बि.क.को श्रीमतीको नेपाल बैंक लि. नेपालगंज शाखा स्थित खाता नं. ००४०११०७२९१७७९०००००१ अपरेशन फाँटमा कार्यरत कर्मचारी गौमति गुरुङको युजर आईडिबाट भुक्तानी भएको देखिएको ।
२०७९।०९।२३ ८,००,०००।०० अपरेशन फाँटमा कार्यरत कर्मचारी गौमती गुरुङको युजर आईडिबाट भुक्तानी भएको देखिएको ।
२०७९।०९।२३ ७,००,०००।०० अपरेशन फाँटमा कार्यरत कर्मचारी गौमति गुरुङ्को युजर आईडिबाट भुक्तानी भएको देखिएको ।
जम्मा २५,००,०००।००

ग) संस्थाका तत्कालिन मुख्य शाखा प्रमुख दीपा थापाले रकम हिनामिना गरी आईएमई मनी ट्रान्सफरसँग लिनुपर्ने देखाएको बिभिन्न मितिको जम्मा रकम रु. २५,६७,१५१।१९ निजबाट असुल उपर तथा आवश्यक कारबाही गर्न कानूनी प्रक्रिया अगाडी बढाउनुपर्ने ।

घ) संस्थाको तत्कालिन समयमा सञ्चालनमा रहेको फुलटेक्रा शाखाबाट रु. ४० लाख तत्कालिन शाखा प्रमुख ईन्द्रकली गुरुङ्बाट भुक्तानी भई रकम हिनामिना भएको देखिएको हुँदा सो रकम असुल उपर तथा आवश्यक कारबाही गर्न कानूनी प्रक्रिया अगाडी बढाउनुपर्ने भन्ने समेत व्यहोराको जाहेरी दरखास्त ।