१५ जेष्ठ, नेपालगञ्ज/ नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४२ जना पुगेको छ । बिहिबार अपरान्ह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको मिडिया ब्रिफिङमा थप १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ।
मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछील्लो पटक संक्रमित पाइएकाहरुमा धरानको बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पिसिआर बिधिबाट गरिएको परिक्षणमा सप्तरीका २ जना, कोशि अस्पतालमा गरिएको परिक्षणमा झापाका २५ जना, हेटौडामा गरिएको परिक्षणमा हेटौंडाका मकवानपुरका १, पोखरामा गरिएको परिक्षणमा स्यांगजाका ३ जना, नेपालगञ्ज स्थित भेरी अस्पतालको ल्याबमा गरिएको परिक्षणमा बर्दियाका ३ जना र नेपालगञ्जका १ जना गरि ४ जना, गरि बाँकेका १६, त्यसैगरि काठमाण्डौं स्थित स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा धनुषाका २९ जना, महत्तरी जिल्लाका २९ जना, रौतहटका ३, सप्तरीका १२ जना, सर्लाहीका ६ जना सिरहाका ६, दोलखाका २ जना, सोलुखुम्बुका २ जना, बीरेन्द्रनगर सर्खेतमा गरिएको परिक्षणमा सुर्खेतका १३ जना, दैलेखका ८ जना र बझांगका १ जना, धुलीखmे अस्पतालमा गरिएको परिक्षणमा रौतहतकै १७ जना गरि हाल सम्म कुल १ सय ५६ जना थप नयां संक्रमित पाइएका हुन ।
नेपालमा बिहिबार सम्म १ हजार ४२ जनाका कोरोना संक्रमित रहेको र संक्रमित मध्ये १ सय ८३ जना उपचार पछी निको भएर घर फर्किइसकेका छन् भने ५ जनाको मुत्यू भएको छ ।
नेपालका ७७ जिल्ला मध्य हाल सम्म ५१ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । जसमा प्रदेश नम्बर १ को ८ जिल्लाका १२९ जना, प्रदेश २ मा ८ जिल्लाका ४१५ जना, बाग्मतीको १२ जिल्लामा ४४ जना, गण्डकी प्रदेशको ४ जिल्लाका १७ जना, प्रदेश नम्बर ५ को ९ जिल्लाको ३६९ जना, कर्णाली प्रदेशको ३ जिल्लाका ४७ जना र सुदुरपश्चिमका ७ जिल्लाा २१ जना गरि १ हजार ४२ जना संक्रमित भएको पाइएको हो ।
हाम्रो संरचना । १५ जेष्ठ २०७७, बिहीबार १५:५३