नेपालगञ्जमा उम्मेदवारहरको चुनाबी अभियान, म जित्छु : उम्मेदवार

 १० मंसिर नेपालगञ्ज/ बांके जिल्लाको चर्चित निर्वाचन क्षेत्र नम्बर २ मा उठेका प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरु आ–आफना राजनितिक प्रतिबद्धताहरु लिएर घरदैलोमा गएर मतदाताहरु भेटघाटमा ब्यस्त रहेका छन । 

स्वतन्त्र उम्मेदवार शिब डोटेल गुलाबको फुल देखी लिएर हाल जनस्तरमा सबै भन्दा बलिया भनी आकंलन गदै चर्चामा रहेका बाम गठबन्धनका तर्फबाट प्रतिनिधी सभा सदस्य उम्मेदवार पशुपती दयाल मिश्रा समेतका उम्मेदवारहरु आ–आफना कार्यकर्ता सहित घरदैलो अभियानमा लागीरहेका छन ।

बांके जिल्लाको यो निर्वाचन क्षेत्र नेपाली कांग्रेसका पूवै सभापती एवम प्रधानमन्त्री स्वर्गिय शुशिल कोइरालाका् गृह जिल्ला एवम क्ष्रेत्र रहेकाले पनि चर्चामा रहेको हो ।  

कोइराला पक्षको बाहुल्यता रहेको बांके कांग्रेसमा शेर बहादुर देउबाले कोइराला पक्षका भनी बांके कांग्रेस सभापती एवम महिला लाई समानुपातीकको लिस्टमा समेत नपारी कोइराला पक्षलाई पत्ता साफ पार्ने देश ब्यापी अभियानमा सांगठनिक रुपले सबै भन्दा कमजोर राप्रपालाई उक्त क्षेत्र दिएपछी यस पटक नेपाली कांग्रेस जनहरुलाई बांके २ मा रुखमा भोट हाल्नेबाट बञ्चीत गराईएको छ । 

किनकी यो निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्य पदका लागी रुख चिन्ह हुने छैन भने जनआन्दोलन ०६२/०६३ का बिरोधी रहेका ततकालनि एवम राजतन्त्रका पक्षपाती एबम हिमायतीको नारा बोकेका पश्चगामीहरुको पक्षमा जबरजस्ती भोट हाल्न लादीएको भन्दै नेपाली कांग्रेस उम्मेदवार घोषणा सगै असन्तुष्ट रहेर बांकेको नेपाली कांग्रेस पार्टी कार्यालयमा बिरोध सोरुप तालाबन्दी समेत गरेको यस अघि सार्वजनिक भइसकेको छ । 

जबरजस्ती राजतन्त्रबादी बनाएर लादीएको र राजतन्त्रबादीहरुलाई भोट माग्न नेपाली कांग्रेसका प्रजातन्त्रका पक्षपाती इमान्दार कार्यकर्ता कांग्रेसकै घर राजतन्त्रको नारा लिएर भोट माग्न समस्या भैरहेको पनि बाध्यताले केही हामीहरु घरदैलोमा लाग्नुको अर्को बिकल्प नभएको स्रोतले बताएको छ ।

राप्रपा बांकेमा पनि उम्मेदवारको बिषयलाई लिएर ब्यापक असन्तुष्टी रहेको  छ । ९० प्रतिशतले गौरब चन्दलाइ उम्मेदवार बनाउने निर्णय गरेको र टिकट ओम प्रकाश अजादलाई दिइएको भन्दै राप्रपा भित्र पनि असन्तुष्टी ब्यापक बीच निर्वाचनमा होमिएको अवस्था बांके २ मा रहेको छ । 

त्यसैगरी चर्चामा रहेका उम्मेदवारहरु मध्य पूर्व मन्त्री समेत रहिसकेका इस्तियाक राइ छन । सुरक्षाको कारण देखाउदै दिनभरी नेपालमा रातपरेपछी भारतको रुपैडिहामा सुरक्षित मानेर बस्ने गरेका थिए ।
नगरिकता समेत भारतको भएकोमा केही समय अगाढी भारतीय नागरिकता परित्याग गरेको निकट स्रोतले बताएको छ ।
भारतको रुपैडिहामा बस्ने र नेपालगञ्जमा राजनिति गरेर मन्त्री समेत भइसकेका इस्तियाक राई बिगतमा भैसी तथा रांगाको ब्यापार गर्ने गरेकोमा हाल जग्गा र इ–रिक्साका ब्यापारी पनि हुन । इस्तियाक राइ मुस्लिम उम्मेदवारको नाममा बढी चर्चामा रहेका उम्मेदवार हुन । 

बांके २ मा प्रतिनिधी सभा सदस्य पदका उम्मेदवारहरुमा क्रमश नयां जनशक्तीबाट बेद प्रशाद आर्चाय, राष्ट्रिय जनता पार्टीबाट बिजय गुप्ता समेत १७ जना उक्त पदका लागी प्रतिस्पर्धा गरिरहेका छन ।

एकीकृत राप्रपाको जितले मात्र जनताको समस्या सम्बोधन हुने !

एकीकृत राप्रपा राष्ट्रबादीका प्रवक्ता तथा बाँके प्रतिनिधि सभा क्षेत्र न. २ का उम्मेदवार तेजनारायण कंडेलले आफुले जितेमा जनताको जन-जिविकाको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो तथा मतदाता भेटघाटपछि आयोजित कोणसभामा सो कुरा बताएका हुन । 
उनले आफु घरदैलोमा पुग्दा मतदाताको न्यानो स्वागत संगै विभिन्न विकास निर्माणको कुरा माग भएर आउने गरेको बताए । कतै बाटोघाटो, नाली र विजुलीका पोलहरु नपुगेकोे, खानेपानी समस्या रहेको जस्ता मागहरु आउने गरेको बताए ।
उनले आफ्नो चुनावी अभियानले पार्टी र मतदाता दुबैलाई हौसला थपेको बताए । एकीकृत राप्रपा राष्ट्रबादीले विभिन्न पाँच मुख्य एजेण्डासहित चुनावी मैदानमा उत्रिएको छ । राजसंस्था र हिन्दूराष्ट्रको स्थापना लगायतका रहेका छन् ।

लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई प्रतिवद्धता

आगामी मंसिर २१ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन सक्रिय रहने बाँकेका बिद्यार्थीहरुले प्रतिबद्धता जनाएका छन् ।
लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधी सभा क्षेत्र नम्बर २ मा राप्रपाका ओप्रकाश आजाद, प्रदेश सभा–२ क बाट निरन्जनसिंह सिजापति र प्रदेश सभा–२ ख बाट सुरेन्द्र हमाल प्रतिस्पर्धामा छन् । तिनै जना उम्मेदवारप्रति क्षेत्र नम्बर २ मा जनलहर बढिरहेका बेला बिद्यार्थीहरुले पनि जिताउन सक्रिय भूमिका निभाउने प्रतिवद्धता जनाएका हुन् ।

बामगठबन्धनको पक्षमा नेपालगन्ज उद्योगबाणिज्य संघ

नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैष्यले बामगठबन्धनका लागि मत मागेका छन् । बैष्यले प्रचार अभियानलाई सम्बोधन गर्दै बाम गठबन्धनले जितेमा मात्र सबैको भलो हुने बताएका हुन ।
उनले भने–‘ठूला पार्टीको तर्फबाट बाँकेमा पहिलो पटक बामगठबन्धनले तीन वटै सिटमा मधेशी अनुहारलाई उम्मेदवार बनाएको छ ।  
म नन्दलाल बैष्य नेपालगन्जबासीको हैसियतले बाँके र नेपालगन्जको विकासको लागि बाम गठबन्धनलाई जिताउन अपिल गर्दछु ।’
मुस्लिम समुदायद्वारा बामगठबन्धनको प्रचार अभियानमा निकालिएको सो र्यालीलाई नेपाल मुस्लिम ईत्तेहाद संगठनका केन्द्रीय अध्यक्ष ताज मोहम्द, बाँके क्षेत्र नं। २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार पशुपतिदयाल मिश्र, क्षेत्र नं। २ क र ख का उम्मेदवार कामता प्रसाद सोनखर र विजयकुमार गुप्ताले सम्बोधन गरेका थिए ।

परिवर्तनको सपना साकार गर्न बामगठबन्धलाई जिताउन आग्रह

बाँकेको निर्वाचन क्षेत्र नम्बर ३ का बाम गठबन्धनका उम्मेदवारहरुले पञ्चायतकालमा नेकपा एमालेका तत्कालिन अध्यक्ष तथा पूर्व प्रधानमन्त्री स्व।मनमोहन अधिकारीलाई सेल्टर दिएर सुरक्षा दिने सीतापुर र राधापुरबासीका सपना साकार हुने दिन आएको बताएका छन । 

आमसभामा प्रतिनिधीसभाका उम्मेदवार नन्दलाल रोकाय र प्रदेशसभा २ का उम्मेदवार बाबुराम गौतमले हिजो पंचायतका कालरात्रीमा समाजवादको परिकल्पना गर्दै स्व. मनमोहन अधिकारीलाई सेल्टर दिने सीतापुर र राधापुरका जनता हुन, अब राधापुर र सीतापुरबासीको सपना साकार हुने दिन आउदैछ । नन्दलालको अगुवाईमा सीतापुर र राधापुरमा पंचायतकालदेखि नै बामपन्थीको बर्चश्व रहदै आएको छ ।

सीतापुर र राधापुरमा  घरदैलो र आमसभा सम्पन्न गरेको छ । प्रतिनिधीसभा उम्मेदवार नन्दलाल रोकाय र प्रदेशसभा २ का उम्मेदवार बाबुराम गौतमको सहभागितामा राधापुरमा भएको घरदैलोमा स्थानीय बासिन्दाले उम्मेदवारहरुलाई भव्यरुपमा स्वागत गरेका थिए । बामपन्थिको गढको रुपमा रहेको राधापुरबासीले बिगतमा झै यसपटक पनि आफुहरुको मत बाम उम्मेदवारलाई भएको बताए ।

वडा अध्यक्ष सुमन मल्ल सहितका स्थानीय बासिन्दाहरुले यसपटक बिगतमा भन्दा बढि भोट बाम उम्मेदवारहरुले पाउने बताए । उम्मेदवार रोकाय र गौतमले राधापुरबासीबाट पाएको सम्मान आफुहरुका लागि सदै स्मरणीय रहने बताउदै राधापुरको विकासका लागि सधै प्रयासरत रहने बताए ।