कांग्रेसले पनि खाता खोल्यो, मनाङ ‘क’ मा चिन्त बहादुर घले विजयी

२२ मंसिर नेपालगञ्ज/ मनाङको प्रदेशसभा ‘क’ मा नेपाली कांग्रेसका चिन्त बहादुर घले विजयी हुनुभएको छ । ९ सय ९८ मत ल्याएर उहाँ विजयी हुनुभएको हो । 

उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका दोर्जे डण्डुल गुरुङले ८ सय ९६ मत ल्याउनुभयो । १ सय २ मतान्तरले कांग्रेसका घलेले एमालेका गुरुङलाई चुनावी परिणाममा पछि पार्नुभएको हो । प्रतिनिधिसभा र प्रदेशसभा ‘ख’ को मतगणना चलिरहेको छ ।