नेपालगञ्जलाई पश्चिम नेपालको प्रमुख औधोगिक नगरीको रुपमा बिकास गरिने सम्भाबित मुख्य मन्त्रीको आश्वासन

२२ माघ,नेपालगञ्ज/ नेकपा एमाले ५ नम्बर प्रदेशका संसदीय दलका नेता शंकर पोखरेलले नेपालगञ्जलाई औद्योगिक नगरीको रुपमा विकास गरिने बताउनुभएको छ ।

ऐतिहासिक-भौगोलिक रुप पनि प्रदेश नंबर ५,६ र ७ नम्बरको को पनि नेपालगञ्ज केन्द्र रहेको र नया संरचना अनुसार पनि प्रमुख औधोगिक नगरिकै रुपमा विकास गरिने बताउनुभएको हो ।

प्रेस चौतारी नेपालको २० औं स्थापना दिवसको अवसरमा नेपालगञ्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्ने क्रममा शंकर पोखरेलले नेपाललाई पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको नेपालगञ्जलाई औधोगिक नगरिको रुपमा विकास गर्न कुनै कसर बाँकी नराखिने सो अबसरमा आयोजित कार्यक्रममा बिचार ब्यक्त गनुभएको हो ।

एमाले स्थायी कमिटी सदस्य एवं पार्टी भित्र नीति तथा कार्यक्रम विचारका उत्प्रेरकका रूपमा चिनिने स्थायी कमिटि सदस्य शंकर पोखरेलले सोमबार नै नेपालगञ्जमा जारी रहेको ५ नम्बर प्रदेश स्तरीय महोत्सवको पनि एक औपचारीक कार्यक्रम बीच समापन गर्नुभएको छ ।

नेपालगञ्ज उद्योग वाणिज्य संघले गत माघ ११ गते देखि माघ २२ गते सम्म पहिलो पटक सञ्चालन गरिएको प्रदेश स्तरीय महोत्सव समापन गर्दै ५ नं प्रदेशको राजधानी का विषयमा नेपालगञ्ज बासिले उठाएको आवाजलाई व्यवस्थापन गर्न आफूले पहल गर्ने पनि बताउनुभयो ।

सातौं संस्करण अन्तर्गत नेपालगञ्जको सडक डिभिजन कार्यालयको परिसरमा सञ्चालन गरेको उक्त महोत्सवमा नेपाल सरकार तथा निजी क्षेत्रका विभिन्न व्यावसायिक संघसंस्था प्रतिष्ठानहरूको पनि सहभागिता रहेको थियो ।